back
CTIZAN AD

कतारको कमाई मिमोसामार्फत् स्वदेशमा लगानी

वि.सं.२०७६ असार २४ मंगलवार

1.4K 

shares

२४ असार, काठमाण्डौं ।  बैदेशिक रोजगारीका लागि कतार पुगेका युवाहरुको सयुक्त लगानीमा मिमोसा मल्टीप्रपोज नामक व्यवसायिक कम्पनी संचालन भएको छ ।

आफै मालिक आफै श्रमिक बन्नुपर्छ भन्ने उद्धेश्यले कतारबाट उक्त कम्पनीमा लगानीगर्ने युवाहरु मध्ये केहि युवाहरु स्वदेश फर्किएर काठमाण्डौंको चावहिलमा मिमोसा मल्टि प्रर्पोज प्रा.लि मार्फत विविध व्यवसाय संचालनमा ल्याएका हुन् ।

नेपालमै स्वरोजगार हुनुपर्छ भन्दै राजधानीको चावहिलमा मिमोसा रेष्टुरेन्ट एण्ड थकाली किचेन, मिमोसा ट्राभल्स एजेन्सी र मिमोसा आयुवेर्दिक क्लिनिक संचालनमा ल्याइएका छन् भने अहिले उनीहरुले करिब २०–२२ जना युबाहरुलाई रोगगार दिएका छन् ।

करिब ५० लाखको सुरुवाती लगानीमा संचालनमा आएको यो मल्टि कम्पनीको असार १६ गते नेपालका चर्चित कलाकार दिपकराज गिरीले एक विशेष कार्यक्रमका बिच औपचारिक रुपमा उद्घाटन गरेका थिए ।

उद्घाटनका क्रममा प्रमुख अतिथि गिरीले विदेशबाट स्वदेश फर्किएर युवाहरुले संयुक्त रुपमा लगानी गरेर व्यवसायमा लागेको सह्राना गर्दै अन्य युवाहरुको लागि पनि यो कार्य उदाहरणीय रहेको भन्दै सफलताको शुभकामना दिएका थिए ।

त्यसैगरी कतारमा गएका युबाहरुकै लगानीमा उक्त कम्पनी संचालन भएको हुँदा कतारको रोयल नेपाली रेस्टुरेण्टको सभाहलमा एक औपचारिक कार्यक्रम गरेर भव्यताका साथ ओपनिङ्ग गरिएको थियो ।

कार्यक्रममा करिब तीनसय जना नेपालीहरुको बाक्लो उपस्थिथि रहेको थियो ।  कार्यक्रममा डिएमआइका दिपक ढकाल, जागरुक युवा समाज नेपाल कतारका अध्यक्ष राज चुवान, सद्भाव युवा समाजका सल्लाहकार सुरेश तामाङ, वेयलफेयरका अध्यक्ष दिपक थापा, खोटाङ सेवा समाजका अध्यक्ष रुद्र शर्मा लगायतले ब्यवसायिक सफलताको शुभकामना दिएका थिए ।

कार्यक्रमको समापन गर्दै सोहि कम्पनी कतारका अध्यक्ष्य मोहन श्रेष्ठले कतारमा कमाएको केहि पैसा घर खर्चबाट बचेको स्वदेशमै लगानी गर्नुपर्छ भन्ने उद्धेश्यले नेपालमा सामुहिक लगानीमा बहुउद्देश्यीय कम्पनी स्थापना गरिएको बताए । साथै यस कम्पनिले नेपाल भ्रमण बर्ष २०२० लाई सहयोग पुर्याउने लक्ष्य लिएको पनि जानकारी दिएका थिए भने कार्यक्रमको संचालक सचिब हिरा बिकले गरेका थिए ।

वि.सं.२०७६ असार २४ मंगलवार १४:३० मा प्रकाशित

कञ्चनपुरमा जापनिज इन्सेफ्लाइटिसको जोखिम कायमै

कञ्चनपुरमा जापनिज इन्सेफ्लाइटिसको जोखिम कायमै

कञ्चनपुर । चार वर्षदेखि जापनिज इन्सेफ्लाइटिस पुष्टि भएका बिरामी नदेखिएको...

आज साउने सङ्क्रान्ति पर्व, विविध कार्यक्रम गरी मनाइँदै

आज साउने सङ्क्रान्ति पर्व, विविध कार्यक्रम गरी मनाइँदै

काठमाडौँ । सौरमासअनुसार प्रत्येक वर्ष साउन १ गते मनाइने साउने...

आज देशैभरी वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षाको चेतावनी

आज देशैभरी वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षाको चेतावनी

काठमाडौँ । देशभर मनसुन वायुको प्रभाव कायम रहँदा आज पनि...

झिनो अङ्कले बढ्यो नेप्से परिसूचक

झिनो अङ्कले बढ्यो नेप्से परिसूचक

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आजे...

रूपन्देहीमा माइक्रो बस दुर्घटनामा सहचालकको मृत्यु

रूपन्देहीमा माइक्रो बस दुर्घटनामा सहचालकको मृत्यु

रूपन्देही । ओमसतिया गाउँपालिका २ सरस्वती टोलस्थित सडकमा भैरहवाबाट बुटवलतर्फ...

ड्रेस टु इम्प्रेस’ १३ औँ संस्करणमा चार फेशन डिजाइनर भए उत्कृष्ट

ड्रेस टु इम्प्रेस’ १३ औँ संस्करणमा चार फेशन डिजाइनर भए उत्कृष्ट

काठमाडौँ । फेसनसम्बन्धी नेपालको अग्रणी एकेडेमी स्कूल अफ फेसन एन्ड...