back
CTIZAN AD

तेह्रौ ईक्यान बृहत शैक्षिक मेला आयोजना हुँदै

वि.सं.२०७६ असार २४ मंगलवार

1.2K 

shares

२४ असार, काठमाण्डौं । नेपाल शैक्षिक परामर्श (ECAN)   को आयोजनामा तेह्रौ ईक्यान बृहत शैक्षिक मेलाको आयोजना हुँदैछ ।

असार २६ देखि २९ गतेसम्म राजधानीको भृकुटी मण्डपमा आयोजना गर्न लागिएको शैक्षिक मेलाको पूर्ण तयारी भएको नेपाल शैक्षिक परामर्श संघले मंगलबार पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ ।

‘विश्व ग्लेवल भिलेजको रुपमा परिवर्तित भइरहेको बर्तमान परिवेशमा नेपाली विद्यार्थीहरुलाई स्वदेशी एवंम् विदेशी शिक्षा प्रणाली तथा प्राप्त योग्यताको भावि सम्भावना एवम् अवसरहरु जस्ता विषयमा प्रयाप्त सूचना प्रवाह गर्नुका साथै स्वदेशी तथा विदेशी शैक्षिक संस्थाहरु, विश्व विद्यालयहरु र त्यहाँ प्राप्त हुनसक्ने छात्रवृत्ति, सुविधा एवम् गुणस्तरीय शिक्षामा नेपाली विद्यार्थीहरुको समूचित पहुँचका लागि परामर्श सेवा प्रदान गर्ने हाम्रो उद्धेश्य एवम् दायित्व हो ।’ संघद्धारा जारी विज्ञप्तिमा भनिएको छ ।

नेपाल सरकार, शिक्षा विज्ञान प्रविधि मन्त्रालय र जिल्ला प्रशासन कार्यालय, काठमाण्डौंबाट स्वीकृति प्राप्त यो मेलाको एक लाख ५० हजारले अवलोकन गर्ने अपेक्षा गरिएको छ । मेलामा शैक्षिक परामर्श व्यवसायीहरु, स्वदेशी तथा विदेशी शैक्षिक संस्थाहरु तथा भारत, चीन, बंगलादेश, जापान, फ्रान्स, अमेरिका, बेलायत, न्युजिल्याण्ड, अष्ट्रेलिया, आयरल्याण्ड, नर्वे, फिनलैण्ड, मलेसिया, जर्मन, रुस, डेनमार्क लगायतका देशका कलेज तथा विश्वविद्यालयका प्रतिनिधिहरुको समेत सहभागीता रहने संघद्धारा जारी विज्ञप्तिमा जनाइएको छ ।
चारदिन आयोजना हुने उक्त शैक्षिक मेलामा चारैदिन रक्तदान, डेन्टल क्याम्प तथा प्राथमिक उपचारका कार्यक्रमहरु समेत गरिने बताइएको छ ।

उक्त मेलामा सहभागी भएर यस महत्वपूर्ण अवसरलाई भरपुर सदुपयोग गर्न पनि सम्पूर्ण नेपाली विद्यार्थी, अभिभावक, समुदायलाई अनुरोध गरिएको ईक्यानका अध्यक्ष विष्णुहरि पाण्डेद्धारा जारी विज्ञप्तिमा जनाइएको छ ।

वि.सं.२०७६ असार २४ मंगलवार १८:१० मा प्रकाशित

झिनो अङ्कले बढ्यो नेप्से परिसूचक

झिनो अङ्कले बढ्यो नेप्से परिसूचक

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आजे...

रूपन्देहीमा माइक्रो बस दुर्घटनामा सहचालकको मृत्यु

रूपन्देहीमा माइक्रो बस दुर्घटनामा सहचालकको मृत्यु

रूपन्देही । ओमसतिया गाउँपालिका २ सरस्वती टोलस्थित सडकमा भैरहवाबाट बुटवलतर्फ...

ड्रेस टु इम्प्रेस’ १३ औँ संस्करणमा चार फेशन डिजाइनर भए उत्कृष्ट

ड्रेस टु इम्प्रेस’ १३ औँ संस्करणमा चार फेशन डिजाइनर भए उत्कृष्ट

काठमाडौँ । फेसनसम्बन्धी नेपालको अग्रणी एकेडेमी स्कूल अफ फेसन एन्ड...

महालक्ष्मी विकास बैंकद्धारा विभिन्न संस्थागत सामाजिक उत्तरदायित्वका कार्यक्रमहरु सम्पन्न

महालक्ष्मी विकास बैंकद्धारा विभिन्न संस्थागत सामाजिक उत्तरदायित्वका कार्यक्रमहरु सम्पन्न

काठमाडौँ । महालक्ष्मी विकास बैंकले वित्तीय साक्षरता, शिक्षा, स्वास्थ्य, दैवी...

सिटिजन्स बैंकले गर्यो सातै प्रदेशमा वित्तीय साक्षरता र सामाजिक उत्तरदायित्वका कार्यक्रम

सिटिजन्स बैंकले गर्यो सातै प्रदेशमा वित्तीय साक्षरता र सामाजिक उत्तरदायित्वका कार्यक्रम

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आम सर्वसाधारणलाई वित्तीय सचेतना...

मिटरब्याज पीडितद्वारा सरकारसँग वार्ताका लागि समिति गठन

मिटरब्याज पीडितद्वारा सरकारसँग वार्ताका लागि समिति गठन

मिटरब्याजविरुद्ध आन्दोलनरत किसान–मजदुरले सरकारसँग वार्ताका लागि ६ सदस्यीय वार्ता समिति...