back
CTIZAN AD

एनआरएनए स्पेनको पाइभास्कोमा कमला बराल विजयी

वि.सं.२०७६ असार २४ मंगलवार

786 

shares

९ जुलाई, स्पेन । गैरआवासीय नेपाली संघ स्पेनको क्षेत्रिय समिति पाईभास्कोको अध्यक्षमा कमला बराल (कमलाकिशु) निर्वाचित भएकी छन् ।

जुलाई ७ मा सम्पन्न समितिको दोश्रो अधिबेशनमा भएको निर्वाचनमा अध्यक्ष बरालले १ सय ४१ मत ल्याएर प्रतिद्धन्द्धी मालती पन्तलाई पछि पारेकी थिइन् । पन्तले १४० मत प्राप्त गरेकी थिइन् । त्यस्तै केन्द्रीय सदस्यमा कृष्ण प्रसाद सिग्देलले १ सय ५१ मत ल्याएर विजयी भएका थिए भने उनका प्रतिद्धन्द्धी टंकनाथ बरालले १ सय २४ मत ल्याएर पछि परेका थिए ।

त्यस्तै सचिवमा खगेन्द्र बम (जेकी) ले १ सय ४९ मत पाप्त गरेर विजय बनेका थिए भने उनका प्रतिद्धन्द्धी सन्जय सुवेदीले १ सय १५ मत पाप्त गरेका थिए ।

त्यस्तै समितिको कोषाध्यक्षमा गेल्जेन शेर्पा, महिला संयोजकमा उमा गुरुङ, युवा संयोजकमा डेविट कार्की निर्विरोध निर्वाचित भएका छन् भने सदस्यहरुमा रमेश पण्डित, अन्जनदा यादव, महेश घिमीरे, शिव सापकोटा, दामोदर निरौला, सविन पोखरेल र बाबुराम सुवेदी चुनावी प्रतिश्पर्धाबाट विजयी भएका हुन् ।

नवनिर्वाचित अध्यक्ष बरालले पाइभास्कोबासी नेपाली समुदायको हकहितमा कामगर्ने प्रतिवद्धता जनाउँदै सबैलाई एकताबद्ध बनाएर लैजाने बताइन् । त्यस्तै केन्द्रीय सदस्य सिग्देलले केन्द्र र क्षेत्रको विचको समन्वयमा नेपाल र नेपालीबीच सहकार्यता बढाउनमा केन्द्रित रहने बताए ।

वि.सं.२०७६ असार २४ मंगलवार १८:२३ मा प्रकाशित

नेपाल डे न्यु जर्सीको आय–व्यय सार्वजनिक

नेपाल डे न्यु जर्सीको आय–व्यय सार्वजनिक

न्युजर्सी । अमेरिकाको फेयर लनमा गत जुन ६, २०२६ मा...

नेपाल आदिवासी जनजाति महासंघ अमेरिकाद्धारा सरकारको ध्यानाकर्षण

नेपाल आदिवासी जनजाति महासंघ अमेरिकाद्धारा सरकारको ध्यानाकर्षण

अमेरिका । नेपाल नेपाल आदिवासी जनजाति महासंघ अमेरिकाले राज्यको संरचना...

खुल्ला कविता प्रतियोगितासहित मनाइयो अफ्रिकामा २१३ औं भानु जयन्ती

खुल्ला कविता प्रतियोगितासहित मनाइयो अफ्रिकामा २१३ औं भानु जयन्ती

नैरोबी, केन्या । २१३ औं भानु जयन्तीको अवसरमा अन्तर्राष्ट्रिय नेपाली...

नेजस नर्बेको ११ औं रनिङ्ग कप भलिबल प्रतियोगिताको अन्तिम तयारी पूरा

नेजस नर्बेको ११ औं रनिङ्ग कप भलिबल प्रतियोगिताको अन्तिम तयारी पूरा

प्रेमपरियार, नर्वे । नेपाली जन सम्पर्क समिति जे एस एस...

‘ब्रेन ड्रेन’ लाई ‘ब्रेन गेन’ मा रूपान्तरण गर्ने एनआरएनएको अभियान

‘ब्रेन ड्रेन’ लाई ‘ब्रेन गेन’ मा रूपान्तरण गर्ने एनआरएनएको अभियान

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्गतको स्किल, नलेज एण्ड...

महिला समाज कतारको अध्यक्षमा शुष्मा खतिवडा निर्वाचित

महिला समाज कतारको अध्यक्षमा शुष्मा खतिवडा निर्वाचित

दोहा । नेपाली महिला समाज कतारको १५औँ स्थापना दिवस तथा...