back
CTIZAN AD

पाँच हजार ६ सय सवारी साधन कारवाहीमा

वि.सं.२०७६ असार २४ मंगलवार

1K 

shares

२४ असार, रसुवा । ट्राफिक नियम पालना गराई सवारी दुर्घटना न्यूनीकरण गर्न जिल्लाका सुरक्षा निकायले गरेका प्रयास सार्थक बन्दै गएको छ । सवारी नियमबारे समय समयमा विद्यालयस्तरदेखि सडकसम्म गरिएका चेतनामूलक प्रशिक्षणका साथै भित्तामा टाँसिएका र वितरण गरिएका सन्देशमूलक सामग्रीले सवारी नियमसम्बन्धी ज्ञान बढ्दै गएका कारण पछिल्लो समय ट्राफिक व्यवस्थापनमा सुधार आएको उक्त कार्यालयले जनाएको छ ।

सवारी नियम उल्लङ्घन गर्ने सवारी चालकलाई गरिएको जरिवानामा समेत कमी हुँदै आएकाले ट्राफिक व्यवस्थापन राम्रो हुँदै आएको यहाँका बासिन्दा बताउँछन् । गत वर्ष सात हजार ६२६ सवारीसाधन कारवाहीमा परेका थिए भने चालू आर्थिक वर्षमा पाँच हजार ६५० सवारीसाधान कारवाहीमा परेको जिल्ला ट्राफिक कार्यालयले जनाएको छ ।

राष्ट्रिय राजमार्गमा सूचीकृत सडकमा भाडाका सवारी साधन गुडाउनुपूर्व यातायात कार्यालयको स्वीकृति लिनुपर्ने कानूनी व्यवस्था भएकाले सो नियम उल्लङ्घन गर्ने चालकबाट चालू आवमा रु ४२ लाख आठ हजार ५०० जरिवाना गरिएको ट्राफिक प्रहरी इञ्चार्ज रामशरण कुमालले जानकारी दिए।

वि.सं.२०७६ असार २४ मंगलवार १४:२९ मा प्रकाशित

प्रदेशहरुका सरकार समस्यामा : प्रचण्ड फर्केपछि ठोस निर्णय हुने

प्रदेशहरुका सरकार समस्यामा : प्रचण्ड फर्केपछि ठोस निर्णय हुने

काठमाडौँ । प्रदेश सरकारहरू फेरबदल हुने चर्चाले यतिबेला राष्ट्रिय राजनीतिमा...

धोबीघाटको अत्याधुनिक ढल प्रशोधन केन्द्र परीक्षण सञ्चालनमा

धोबीघाटको अत्याधुनिक ढल प्रशोधन केन्द्र परीक्षण सञ्चालनमा

काठमाडौँ । ललितपुरको धोबीघाटमा निर्माण सम्पन्न भएको अत्याधुनिक ढल प्रशोधन...

एमालेका तीन मन्त्री र एक राज्यमन्त्री पदमुक्त

एमालेका तीन मन्त्री र एक राज्यमन्त्री पदमुक्त

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले नेपाल कम्युनिष्ट पार्टी...

निजी क्षेत्रलाई सरकारले उच्च प्राथमिकता दिएको छः प्रधानमन्त्री

निजी क्षेत्रलाई सरकारले उच्च प्राथमिकता दिएको छः प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले देशको पर्यटन प्रवद्र्धनका निम्ति द्रुत...

ग्लोबल बैंकले स्थिर सम्पत्ति बिक्री गर्दै, ७ दिनभित्र प्रस्ताव आह्वान

ग्लोबल बैंकले स्थिर सम्पत्ति बिक्री गर्दै, ७ दिनभित्र प्रस्ताव आह्वान

काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो एक शाखा कार्यालयको...

चार मन्त्रीद्वारा सामूहिक राजीनामा

चार मन्त्रीद्वारा सामूहिक राजीनामा

सुर्खेत । कर्णाली प्रदेश सरकारमा सहभागी नेपाली कांग्रेसका मन्त्रीहरूले सामूहिक...