२६ असार, मुगु । मुगु जिल्लाको मुगुम कार्मारोड गाउँपालिकाको पाटन क्षेत्र इार्सा सँकलन गर्न आउनेका लागि दुर्घटना बिमा लागु गरेको छ । गाउँपालिकाको असार २१ गते बसेको चौथो गाउँसभाले जोखिम मोलेर पाटन क्षेत्रमा यार्सा टिप्न जाने महिला, पुरुस, बालबालिकाको, बिमा गर्ने निर्णय गरेको हो । पाइलट प्रोजेक्टका रुपमा यार्सा संकलनका लागि ५ लाख रुपैयाँको बिमा गरिएको छ ।
गाउँपालिकाले यार्सा संकलन क्रममा लेक लागेर , कुनै दुर्घटना परेर अकालमा ज्यान गएको खण्डमा राहत प्रदान गर्न आर्थिक वर्ष आगामि आव ०७६÷७७ देखि लागु हुने गरी जिवन बिमा र्काक्रम घोषणा गरेको हो । यार्सा टिप्न लेकतिर जाँदा अकालमा जयान गुमाउने जोकोहिलाई प्रथमपटक थोरै राहत दिने उद्देश्यले यार्सा दुर्घटना बिमा कार्यक्रम नीतिगत रुपमा गाउँसभाले पारित गरेको प्रमुख प्रशासकीय अधिकृत विकास शर्मा रिजालले जानकारि दिईन ।
यार्सा संकलनकको मृत्यु भए पनि घरपरिवारले राहत पाउन् भन्ने यसको मुख्य लक्ष्यका साथ यो कार्यक्रम ल्याएको उनको भनाइ छ । घोषणा गरिएको यार्सा दुर्घटना बिमा कार्यक्रमको उपलब्ध र प्रभावकारिता हेरेर अर्कोपटक बढि बजेट छुटयाइने उनले बताए ।
वि.सं.२०७६ असार २६ बिहीवार ०८:५५ मा प्रकाशित


























