back
CTIZAN AD

फागुनमा स्ववियु निर्वाचन गर्न सबै सहमत

वि.सं.२०७३ मंसिर ३ शुक्रवार

726 

shares

३ मङ्सिर, काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले आगामी फागुन १४ गते हुने स्वतन्त्र विद्यार्थी युनियन ९स्ववियु०को निर्वाचनका लागि आज विद्यार्थी सङ्गठनहरुसँग छलफल गरेको छ ।

स्ववियु निर्वाचन नजिकिँदै गर्दा निर्वाचनलाई सफल बनाउने र निर्वाचनसम्बन्धी केही आचारसहिंताका बारेमा विद्यार्थी सङ्गठनसँग छलफल गरिएको त्रिविका उपकुलपति डा तीर्थ खनियाँले जानकारी गराउनुभयो ।

“फागुनमा निर्वाचन गर्नेमा विद्यार्थी सङ्गठनमा विवाद देखिएन”,उहाँले भन्नुभयो, “सबै सकारात्मक हुनुहुन्छ । मिलेर निर्वाचन गर्नेमा सहमत हुनुहुन्छ । त्यसैले निर्वाचन हुन्छ ।”

उहाँले उमेर हदका बारेमा त्रिवि सभाले निर्णय गर्ने जानकारी गराउनुभयो । निर्वाचनमा २८ वर्ष उमेर हदबन्दीको विषयलाई लिएर विद्यार्थी सङ्गठनबीच विवाद हुँदै आएको छ ।

आचारसंहितामा निर्वाचन भड्किलो नबनाइने, सभा गर्न नपाइने, क्याम्पस स्वयंले नै उम्मेदवारको परिचयात्मक कार्यक्रम गर्ने, कुनै सङ्गठनमा उम्मेदवारको विवाद भएमा केन्द्रीय नेतृत्वले मिलाउने, समानुपातिकको सूची पहिल्यै बुझाउनुपर्ने जस्ता कुरा उल्लेख गरिएको अनेरास्ववियुका उपाध्यक्ष महेश बर्तौलाले जानकारी दिनुभयो ।

उहाँले आचारसंहितामा स्ववियुमा निर्वाचित भइसकेपछि बदमासी गर्ने स्ववियु पदाधिकारीलाई फिर्ता बोलाउन सक्ने व्यवस्था गर्न त्रिविसँग माग गरिएको पनि बताउनुभयो ।

विसं २०६५ यता त्रिविमा स्ववियु निर्वाचन हुन सकेको छैन । त्रिविले पटक- पटक निर्वाचन घोषणा गरे पनि स्थगन हुँदै आएको थियो । छलफलमा नेविसङ्घका महामन्त्री सरोज थापा, अखिल ९क्रान्तिकारी०का अध्यक्ष नरेन्द्र न्यौपाने लगायत १६ सङ्गठनका प्रतिनिधिको सहभागिता थियो ।

वि.सं.२०७३ मंसिर ३ शुक्रवार १२:१६ मा प्रकाशित

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपलब्धिहरू सार्वजनिक

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपलब्धिहरू सार्वजनिक

काठमाडौँ । प्रधामन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय तथा  कार्यालय मातहतका विभिन्न...

‘सिसीको बिर्को फेर्दैमा पुनर्गठन हुँदैन’ – महेश बस्नेत

‘सिसीको बिर्को फेर्दैमा पुनर्गठन हुँदैन’ – महेश बस्नेत

काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेतले पार्टीभित्र देखिएको नेतृत्व...

गृहमन्त्रीलाई रक्षा बमको सुझाव–‘पीडित परिवारसँग भेटेर माफी माग्नुस्’

गृहमन्त्रीलाई रक्षा बमको सुझाव–‘पीडित परिवारसँग भेटेर माफी माग्नुस्’

काठमाडौं । जेन्जी अभियन्ता रक्षा बमले बारा जिल्लामा बलात्कारपछि हत्या...

कांग्रेस महाधिवेशन रोक्न माग गर्दै देउवा र पूर्णबहादुर खड्का सर्वोच्चमा

कांग्रेस महाधिवेशन रोक्न माग गर्दै देउवा र पूर्णबहादुर खड्का सर्वोच्चमा

काठमाडौं । नेपाली कांग्रेसको आन्तरिक विवाद थप चर्किँदै गएपछि १५...

प्रधानमन्त्री कार्यालयले भन्यो – प्रधानमन्त्रीको मुस्ताङ भ्रमण निजी

प्रधानमन्त्री कार्यालयले भन्यो – प्रधानमन्त्रीको मुस्ताङ भ्रमण निजी

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को मुस्ताङ भ्रमणलाई लिएर...

प्रधानमन्त्री खम्पा गुम्बा दर्शन गर्न गएको राप्रपा नेता ज्ञानेन्द्र शाहीको दाबी

प्रधानमन्त्री खम्पा गुम्बा दर्शन गर्न गएको राप्रपा नेता ज्ञानेन्द्र शाहीको दाबी

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता...