back
CTIZAN AD

छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ६ जनाको मृत्यु

वि.सं.२०७६ असार २६ बिहीवार

978 

shares

२६ असार, काठमाडौं । काठमाडौ, नवलपरासी (पश्चिम), रूपन्देही, चितवन, कास्की र झापामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ६ जनाको मृत्यु भएको छ ।

लाजिम्पाटस्थित सडकमा बा ९३ प २०५० नम्बरको स्कुटरलाई हाल नम्बर नखुलेको रातो कारले बिहीबार बिहान ठक्कर दिएर भएको दुर्घटनामा गम्भीर घाइते भएका स्कुटरमा सवार भिम बहादुर गुरुङको ट्रमा सेन्टरमा उपचारको क्रममा मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका सन्तोष घर्तीको शिक्षण अस्पताल महाराजगंजमा उपचार भइरहेको छ । फरार कार चालकको प्रहरीले खोजी गरिरहेको छ ।

 त्यस्तै  रामग्रामनगरपालिका-१० नदवास्थित सडकमा यू.पी५६एबी५५३७ नम्बरको मोटरसाइकल र ना५८प८२९५ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई बुधबार दिउँसो दुर्घटना हुँदा गम्भीर घाइते भएका मोटरसाइकल चालक रुपन्देही रोहिणी गाउँपालिका४ खुरिया बस्ने २१ वर्षीय राम लखन चौधरीको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको छ ।दुर्घटनामा घाइते भएका अन्य २ जनालाई पुरानो मेडिकल कलेज भरतपुर पठाइएको छ । दुवै मोटरसाइकललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यसैबीच लुम्बिनी सांस्कृतिक नगरपालिका- ८ भैसहियास्थित सडकमा लु ४० प ७३१० नम्बरको मोटरसाइकल अनियन्त्रित भई बुधबार बेलुका दुर्घटना हुँदागम्भीर घाइते भएका मोटरसाइकल चालक सोही स्थान बस्ने १९ वर्षीय बसन्त खत्रीको मेडिकल कलेज भैरहवामा उपचारको क्रममा मृत्यु भएको छ । त्यस्तै राप्ती नगरपालिका-६ हर्दिचोकस्थित सडकमा बुधबार बेलुका ना५ ख ७२९३ नम्बरको ट्रकको ठक्करबाट गम्भीर घाइते भएका पैदलयात्री रौतहटचपुर नगरपालिका-८ बस्ने ३५ वर्षीय दुस्ख माझीको सरकारी अस्पताल भरतपुरमा उपचारको क्रममा मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका सोही स्थान बस्ने ४५ वर्षीय गोबिन्द माझीको सोही अस्पतालमा उपचार भइरहेको छ ।

 त्यस्तै पोखरा महानगरपालिका-३० घोतघोतेस्थित सडकमा बुधबार दिउँसो ना५ ख ८७१४ नम्बरको गुडिरहेको बसबाट खसेर गम्भीर घाइते भएका बसमा सवार रुपाकोट गाउँपालिका-६ बस्ने ६७ वर्षीय बिर्ख बहादुर गुरुङको फिष्टेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ । गाडी र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यसैगरी कनकाई नगरपालिका-४ स्थित सडकमा मे ३ प ७६६७ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई बिहिबार बिहानसडकसाईडको डिभाईडरमा ठोक्किएर दुर्घटना हुँदा गम्भीर घाइते भएका चालक भोजपुर नगरपालिका-२ हेलोङ्छा बस्ने २७ वर्षीय सन्तोष तामाङको बिएण्डसि अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको छ ।

दुर्घटना भएका स्थानहरूमा तत्काल खटिएको स्थानीय प्रहरीले उद्धार एवम् दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ ।

वि.सं.२०७६ असार २६ बिहीवार १५:१३ मा प्रकाशित

विपद्का बेला अत्यावश्यक सामग्री ढुवानी सहज बनाउन चेम्बरले खोल्यो सहजीकरण डेस्क

विपद्का बेला अत्यावश्यक सामग्री ढुवानी सहज बनाउन चेम्बरले खोल्यो सहजीकरण डेस्क

काठमाडौँ । विपद्का कारण सिर्जित विषम परिस्थितिमा अत्यावश्यक सामग्रीको ढुवानी...

सबै मिलेर पीडित नागरिकको उद्धार र राहतमा लागौँः नेता शाही

सबै मिलेर पीडित नागरिकको उद्धार र राहतमा लागौँः नेता शाही

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी, संसदीय दलका नेता ज्ञानेन्द्रबहादुर शाहीले...

मिजार परिवारले जग्गा किनेको ५१ वर्षपछि पाए लालपुर्जा

मिजार परिवारले जग्गा किनेको ५१ वर्षपछि पाए लालपुर्जा

बनेपा (काभ्रे) । धुलिखेल नगरपालिका–८ पुतली मिजारले ५१ वर्षपछि लालपुर्जा...

काँग्रेसभित्र महाधिवेशन विवाद चर्किँदै, संस्थापन इतर समूहद्वारा मंसिरमा महाधिवेशनको प्रस्ताव

काँग्रेसभित्र महाधिवेशन विवाद चर्किँदै, संस्थापन इतर समूहद्वारा मंसिरमा महाधिवेशनको प्रस्ताव

काठमाडौं । नेपाली कांग्रेसभित्र १५ औँ महाधिवेशनलाई लिएर विवाद बढिरहेको...

नागरिक जोगाउन हरप्रयास भैरहेको छ – प्रधानमन्त्री बालेन

नागरिक जोगाउन हरप्रयास भैरहेको छ – प्रधानमन्त्री बालेन

प्रधानमन्त्री बालेन्द्र शाहले भोटेकोशी बाढीपछि सरकारले उद्धार, राहत तथा पुनर्स्थापनाबारे...