back
CTIZAN AD

अमेरिका भ्रमणमा रहेका मुख्यमन्त्री समक्ष प्रदेश १ को नाम ‘किरात प्रदेश’ राख्न माग

वि.सं.२०७६ असार २६ बिहीवार

1K 

shares

११ जुलाई, न्यूयोर्क । अमेरिका भ्रमणमा रहेका प्रदेश १ का मुख्यमन्त्री शेरधन राईको प्रमुख आतिथ्यतामा अमेरिकाको न्युर्योकमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

सो अवसरमा सहभागीहरुले प्रदेश १ को नाम किराँत प्रदेश राख्नुपर्ने माग गरेका थिए ।

न्यूयोर्कस्थित महावाणिज्यदूतावासको आयोजनामा सम्पन्न उक्त परिचयात्मक कार्यक्रममा मुख्यमन्त्री राईले नयाँ ढंगबाट प्रदेश १ को विकास गर्ने बताउँदै संसारकै होचो ठाउँ र संसारकै अग्लो सगरमाथा प्रदेश १ मा रहेको समेत बताए ।

उनले प्रदेश १ पर्यटकहरुको लागि विशेष प्रदेश भएको बताउँदै युवाहरुको लागि रोजगारीको व्यवस्था, कृषकहरुको लागि विशेष व्यवस्था तथा व्यापार व्यवसायका लागि आयात–निर्यातको विशेष व्यवस्था गरिने बताए । त्यस्तै प्रदेश १ मा पर्यटक भित्राउन फास्ट ट्रयाकको विशेष व्यवस्था, खेलकुदको क्षेत्रमा विशेष कामहरु अगाडि बढाएर स्पोर्ट जोनका रुपमा प्रदेश १ लाई विकास गरिने बताएका थिए ।

न्यूयोर्क क्विन्स ज्याक्सन हाइट्समा आयोजित अन्तक्रिया कार्यक्रम महावाणिज्यदूत पुष्प भट्टराईद्धारा सञ्चालन गरेका थिए ।
उक्त कार्यक्रममा संयुक्त राष्ट्रसंघका लागि स्थायी प्रतिनिधि अमृत राईले नेपालको स्थायी विकासमा योगदान कसरी गर्न सकिन्छ भन्ने विषयमा सबैले सोच्नुपर्ने बताए ।  कार्यक्रममा विभिन्न संस्थाका प्रतिनिधिबाट प्रश्न तथा सुझावहरु राखिएका थिए ।

युनाइटेड किरात राई अर्गनाइजेशन अफ अमेरिकाका केन्द्रीय सभापति मुना राईले प्रदेशको नाम किराँत प्रदेश राख्न किन ढिलाई गरिएको भन्ने प्रश्न मुख्यमन्त्री समक्ष राखेकी थिइन् । राईले किराँत जात नभएर प्रदेश १ को इतिहास भएकोले इतिहास कायम राख्नका लागि प्रदेशको नाम किराँत प्रदेश हुनुपर्ने बताइन् ।

त्यस्तै डाक्टर तारा निरौलाले पनि प्रदेश १ को विकास कसरी गर्न सकिन्छ भन्ने विषयमा सुझाव राखेका थिए । ब्यानसाई विमल खड्काले झापा जिल्लामा पनि केही विकास गर्न सकिने योजना र सोँच रहेको बताएका थिए भने गायक राजेन्द्र राईले आफ्नो मोरङ जिल्लामा खेलकुद मैदान नभएकोले विद्यार्थीहरुले समस्या भएकोले सहयोगको आग्रह गरेका थिए ।

त्यस्तै पेम्बा गेल्वु शेर्पाले नेपालमा टुरिजमको व्यवस्था राम्रो गर्न सके नेपालको विकासमा ठूलो टेवा पुग्ने बताएका थिए भने जाङ्वु शेर्पाले हिमाल नजिक बाटो पुर्याउदा हिमाललाई मात्र नभएर त्यस क्षेत्रमा बसोबास गर्ने व्यवसायीलाई पनि असर पर्ने बताइन् ।

ति प्रश्न तथा सुझावको जवाफ दिँदै मुख्मन्त्री राईले सहमतिको आधारमा समय अनुकुल प्रदेशको नाम किरात सगरमाथा प्रदेश वा किरात प्रदेश, सगरमाथा प्रदेश, कोशी प्रदेश मध्यबाट केही सम्भावना रहेको बताएका थिए ।

वि.सं.२०७६ असार २६ बिहीवार १५:१३ मा प्रकाशित

एनआरएनए अफ्रिकाद्वारा राहत संकलनलाई तिब्रता, एक करोड रुपैयाँभन्दा बढी राहत सहयोग जुट्ने अपेक्षा

एनआरएनए अफ्रिकाद्वारा राहत संकलनलाई तिब्रता, एक करोड रुपैयाँभन्दा बढी राहत सहयोग जुट्ने अपेक्षा

लागोस, नाइजेरिया । नेपालमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत...

धौलागिरी गाउँपालिका समाज अमेरिकाको अध्यक्षमा नवराज फगामी

धौलागिरी गाउँपालिका समाज अमेरिकाको अध्यक्षमा नवराज फगामी

अमेरिकामा रहेका धौलागिरी गाउँपालिकावासी नेपालीहरूलाई संगठित गर्दै धौलागिरी गाउँपालिका समाज...

एनआरएनए एनसीसी संघ नर्वेको १८औँ वार्षिक साधारणसभा सम्पन्न

एनआरएनए एनसीसी संघ नर्वेको १८औँ वार्षिक साधारणसभा सम्पन्न

ओस्लो । गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् नर्वेको...

एनआरएनएद्वारा उद्धार कोषमा एक करोड हस्तान्तरण

एनआरएनएद्वारा उद्धार कोषमा एक करोड हस्तान्तरण

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले बाढी तथा डुबानबाट...

उद्धार तथा राहतका लागि चौथो दिन पनि यसरी खटियाे फिल्डमा एनआरएनए

उद्धार तथा राहतका लागि चौथो दिन पनि यसरी खटियाे फिल्डमा एनआरएनए

काठमाडौं । रसुवा र नुवाकोटमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको...