back
CTIZAN AD

टंक कार्कीका यस्ता सुझाव, सुन्लान् त ओलीले !

वि.सं.२०७६ असार २६ बिहीवार

936 

shares

पार्टी एकता गरिँदा गरिएका कबुल केन्द्रिय कमिटीबाट अनुमोदन गर्न र अनुपालन गर्न, सरकारले पार्टी होइन पार्टीले सरकार चलाउने वातावरण सृजना गर्न, पार्टी एकता दुईटा स्कुलको एकता पनि भएकाले त्यसका आफ्नै संवेदनशीलता छन्, तिनको हेक्का राख्न, पार्टीमा गुटहरुको अस्तित्व यथार्थ रहेकोले तिनलाई मर्यादित बनाउन, गुटमा न बाँधिनेहरुलाई पनि अटाउने ठाउँ दिन, पार्टीमा संख्या वृद्धिको नाउँमा मुस्तण्ड र थैलि शाहहरुको प्रवेश रोक्न, पार्टीको खस्किँदो वैचारिक स्तर तथा बढ्दो सांस्कृतिक एवम् वर्गीय विचलन हृदयंगम गरेर सच्याउन कार्कीले माग गरेका छन् ।

नेकपाका बौद्धिक नेता टंक कार्कीले नेकपाको अग्रगतिका लागि महत्वपूर्ण सुझाव सार्वजनिक गरेका छन् । नेकपा नेपाली कम्युनिष्ट आन्दोलनको विकासको एक विशिष्ट चरणमा आईपुगेको छ भन्दै उनले प्रचुर सम्भावना र भयानक तगारा पनि तेर्छिएकौ उल्लेख गरेका छन् । उनले नेतृत्वको काम तगराहरु पन्छाएर आफ्नो मिशन र सामूहिक शक्तिलाई अग्रगति दिनका लागि पार्टीलाई कसैको नीजि परियोजनाका रुपमा नलिइ सामूहिक बुद्धि र प्रयत्नको कर्मथलो बनाउन आग्रह गरेका छन् ।

उनले पार्टी एकता प्रक्रिया यथाशक्य शिघ्र सम्पन्न गर्न, पार्टीको संस्थागत व्यवस्था क्रियाशील बनाउन, विषयको गम्भीरता अनुसार, सचिवालय, स्थायी समिति र केन्द्रिय कमिटीमार्फत निर्णय प्रक्रिया अघि बढाउँदै कमिटी प्रणाली स्थापित गर्न, माथि देखि तलै सम्म संस्थागत निर्णय प्रणाली स्थापित नहुँदा निर्णयको प्रभावकारिता र स्वामित्वग्रहणमा परेको नकारात्मक असरलाई गम्भिरताका साथ लिन एवम् वाणीमा संस्थागत निर्णयको प्रतिबिम्ब गराउनका लागि आँशु कवि हुन छोडनुपर्ने सुझाव दिएका छन् ।

आन्तरिक शक्ति सन्तुलन मिलाउन र गुटको सम्मोहनमा मात्रै नबाँधिन्र सुझाव दिँदै उनले स्रोतसाधन बाँढ्न कन्जुसलाई बलियोले पनि लुट्छ र घरमा बिग्रह हुँदा जोरिपारीलाई खुँदो पल्टिन्छ भनेका छन् ।

यसैगरी उनले पार्टीलाई शक्ति लिप्साको भ¥याङ्ग नबनाउन, प्रधानमन्त्री भईसकेकाहरुले घरिघरि प्रधानमन्त्रीको सपना नदेख्न, कतिचोटी मन्त्रि चाहिने त्यो टुंगो गर्न, पार्टीमा आफ्ना अनुभव र ज्ञानले नयाँपिढीलाई दीक्षित गर्न, जिम्मेवारीको बाँडफाँडमा गुट र नातालाई होइन गुणलाई प्राथमिकता दिन, तुष्टीकरणको नीति छोडन र सबै प्रकारका उदांगतालाई रोक्न आग्रह गरेका छन् ।

पार्टी एकता गरिँदा गरिएका कबुल केन्द्रिय कमिटीबाट अनुमोदन गर्न र अनुपालन गर्न, सरकारले पार्टी होइन पार्टीले सरकार चलाउने वातावरण सृजना गर्न, पार्टी एकता दुईटा स्कुलको एकता पनि भएकाले त्यसका आफ्नै संवेदनशीलता छन्, तिनको हेक्का राख्न, पार्टीमा गुटहरुको अस्तित्व यथार्थ रहेकोले तिनलाई मर्यादित बनाउन, गुटमा न बाँधिनेहरुलाई पनि अटाउने ठाउँ दिन, पार्टीमा संख्या वृद्धिको नाउँमा मुस्तण्ड र थैलि शाहहरुको प्रवेश रोक्न, पार्टीको खस्किँदो वैचारिक स्तर तथा बढ्दो सांस्कृतिक एवम् वर्गीय विचलन हृदयंगम गरेर सच्याउन कार्कीले माग गरेका छन् ।

यसका साथै उनले स्वच्छ, सरल र फारुतिनो शासनको प्रत्याभूति दिन, देश र जनताको हित नै सत्ताको प्रयोजन हो भनेर आत्मसात गर्न, जनतासँगको प्रतिबद्धता नबिर्सी सत्ता सम्हाल्न तथा आफूलाई जनताको वारिस मात्रै सम्झन र त्यसको दुरुपयोग गर्ने वा अधिनायक बन्ने जनादेशका रुपमा नबुझ्न उनले सल्लाहा दिएका छन् । साथै पार्टी केन्द्रिय कमिटीको शिघ्र बैठक बोलाउन तथा महाधिवेशन घोषणा गर्न पनि नेतृत्वलाई सुझाएका छन् ।

वि.सं.२०७६ असार २६ बिहीवार १६:५६ मा प्रकाशित

विपद्का बेला अत्यावश्यक सामग्री ढुवानी सहज बनाउन चेम्बरले खोल्यो सहजीकरण डेस्क

विपद्का बेला अत्यावश्यक सामग्री ढुवानी सहज बनाउन चेम्बरले खोल्यो सहजीकरण डेस्क

काठमाडौँ । विपद्का कारण सिर्जित विषम परिस्थितिमा अत्यावश्यक सामग्रीको ढुवानी...

सबै मिलेर पीडित नागरिकको उद्धार र राहतमा लागौँः नेता शाही

सबै मिलेर पीडित नागरिकको उद्धार र राहतमा लागौँः नेता शाही

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी, संसदीय दलका नेता ज्ञानेन्द्रबहादुर शाहीले...

मिजार परिवारले जग्गा किनेको ५१ वर्षपछि पाए लालपुर्जा

मिजार परिवारले जग्गा किनेको ५१ वर्षपछि पाए लालपुर्जा

बनेपा (काभ्रे) । धुलिखेल नगरपालिका–८ पुतली मिजारले ५१ वर्षपछि लालपुर्जा...

काँग्रेसभित्र महाधिवेशन विवाद चर्किँदै, संस्थापन इतर समूहद्वारा मंसिरमा महाधिवेशनको प्रस्ताव

काँग्रेसभित्र महाधिवेशन विवाद चर्किँदै, संस्थापन इतर समूहद्वारा मंसिरमा महाधिवेशनको प्रस्ताव

काठमाडौं । नेपाली कांग्रेसभित्र १५ औँ महाधिवेशनलाई लिएर विवाद बढिरहेको...

नागरिक जोगाउन हरप्रयास भैरहेको छ – प्रधानमन्त्री बालेन

नागरिक जोगाउन हरप्रयास भैरहेको छ – प्रधानमन्त्री बालेन

प्रधानमन्त्री बालेन्द्र शाहले भोटेकोशी बाढीपछि सरकारले उद्धार, राहत तथा पुनर्स्थापनाबारे...