back
CTIZAN AD

यमनमा हिंसा जारी, २० जना हुथी विद्रोही मारिए

वि.सं.२०७६ असार २९ आइतवार

975 

shares


२९ असार , एडेन । यमनको सरकारी फौजले मुलुकको दक्षिणपूर्वी प्रान्त मारिबमा गरेको आक्रमणमा २० जना हुथी विद्रोही मारिएको जनाएको छ ।

सेनाको विज्ञप्तिमा मारिब प्रान्तको पश्चिमस्थित सेरवाह जिल्लामा हुथी विरुद्ध सेनाले राखेको बारुदी सुरुङमा परेर ती विद्रोही मारिएको उल्लेख छ । बारुदी सुरुङ विस्फोटबाट अरु धेरै विद्रोही घाइते भएका छन् ।

सरकारको नियन्त्रणमा रहेको मारिब प्रान्तको सेरवाहमा केही दिनदेखि सरकारी फौज र हुथी विद्रोहीबीच भिषण संघर्ष जारी छ । यसै महिनाको शुरुमा हुथी विद्रोहीले प्रहार गरेको क्षेप्यास्त्रले गभर्नर भवन पूर्णरुपमा क्षतिग्रस्त भएको थियो ।

साउदी गठबन्धनको सहयोगमा परिचालित यमनी सरकारी फौज गत अप्रिल २०१५ देखि नै मुलुकको उत्तर, पूर्व र पश्चिमी क्षेत्रमा संघर्षरत छ ।

यमनमा सन् २०१४ देखि नै गृहयुद्ध जारी छ । विद्रोहीहरुले राजधानी साना सहित मुलुकका अधिकांश स्थानलाई आफ्नो नियन्त्रणमा लिएका छन् ।

यमनी गृहयुद्धका कारण १० हजारभन्दा बढीको ज्यान गइसकेको छ भने तीस लाखभन्दा बढी मानिस विस्थापित भएका छन् ।

वि.सं.२०७६ असार २९ आइतवार १२:४० मा प्रकाशित

अमेरिका खाडी मुलुकको सुरक्षा स्थिरता कायम गर्न प्रतिवद्ध : रुबियो

अमेरिका खाडी मुलुकको सुरक्षा स्थिरता कायम गर्न प्रतिवद्ध : रुबियो

। वासिङ्टनले अमेरिका–इरान समझदारीले खाडी सहयोग परिषद् (जीसीसी) राज्यहरूको सार्वभौमिकता,...

आँधीले जापानमा उडान प्रभावित

आँधीले जापानमा उडान प्रभावित

टोकियो । दुई शक्तिशाली उष्णकटिबन्धीय आँधी जापानतर्फ अघि बढेसँगै देशका...

भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु

भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु

ला गुआइरा (भेनेजुएला) । उत्तरी भेनेजुएलामा बुधबार राति एक मिनेटभन्दा...

भेनेजुएला भूकम्प अपडेट : ३२ जनाको मृत्यु, ७०० जना घाइते

भेनेजुएला भूकम्प अपडेट : ३२ जनाको मृत्यु, ७०० जना घाइते

काराकास । भेनेजुएलामा बुधबार साँझ आएको शक्तिशाली भूकम्पमा कम्तीमा ३२...

द्वन्द्व सुरु भएयता ‘स्टेट अफ हर्मुज’ हुँदै ३६ वटा वस्तुवाहक जहाज आवतजावत

द्वन्द्व सुरु भएयता ‘स्टेट अफ हर्मुज’ हुँदै ३६ वटा वस्तुवाहक जहाज आवतजावत

पेरिस । इरानसँग सम्बन्धित द्वन्द्व सुरु भएयता सोमबार ‘स्टे«ट अफ...

केन्यामा इबोला क्वारेन्टाइन सुविधासम्बन्धी तयारीका काम तत्काल रोक्न आदेश

केन्यामा इबोला क्वारेन्टाइन सुविधासम्बन्धी तयारीका काम तत्काल रोक्न आदेश

नैरोबी  ।  केन्याले अमेरिकी सहयोगमा निर्माणाधीन इबोला क्वारेन्टाइन सुविधासम्बन्धी तयारीका...