back
CTIZAN AD

लिबियाको पश्चिमी किनाराबाट ५३ आप्रवासीको उद्धार

वि.सं.२०७६ असार २९ आइतवार

852 

shares


२९ असार,त्रिपोली । लिबियाली तटीय रक्षकहरुले शनिबार राजधानी त्रिपोलीबाट करिब ६० किलोमिटर पश्चिमको सब्राथा तटीय जलक्षेत्रबाट ५३ जना अवैध आप्रवासीलाई उद्धार गरेको छ ।

लिबियाली तटीय रक्षकका अनुसार सब्राथा जलक्षेत्रका रबरको डुङ्गामा सवार उनीहरुलाई उद्धार गरिएको छ । अफ्रिकाका विभिन्न मुलुकका ती आप्रवासीमा १० जना महिला र एक बालक पनि रहेका छन् ।

तटीय रक्षकका तर्फबाट जारी विज्ञप्तिमा उद्धार गरिएका आप्रवासीलाई मानवीय र स्वास्थ्य सेवा उपलब्ध गराइएको उल्लेख छ । राष्ट्रसंघीय उच्चायुक्त (युएनएचसीआर) ले समुद्रबाट उद्धार गरिएको आप्रवासीलाई लिबियामा बन्दी नबनाउन आग्रह गरेको छ ।

युरोप प्रवेश गर्न चाहने अफ्रिकी र एसियाली आप्रवासीहरु लिबियाको जलक्षेत्र हुँदै असुरक्षित तरिकाबाट डुङ्गाबाट यात्रा गर्ने गर्दछन् । पछिल्लो समय लिबियामा चर्किएको सशस्त्र हिंसाका कारण आप्रवासीको समेत हत्या हुन थालेको छ ।

वि.सं.२०७६ असार २९ आइतवार १२:३१ मा प्रकाशित

अमेरिका खाडी मुलुकको सुरक्षा स्थिरता कायम गर्न प्रतिवद्ध : रुबियो

अमेरिका खाडी मुलुकको सुरक्षा स्थिरता कायम गर्न प्रतिवद्ध : रुबियो

। वासिङ्टनले अमेरिका–इरान समझदारीले खाडी सहयोग परिषद् (जीसीसी) राज्यहरूको सार्वभौमिकता,...

आँधीले जापानमा उडान प्रभावित

आँधीले जापानमा उडान प्रभावित

टोकियो । दुई शक्तिशाली उष्णकटिबन्धीय आँधी जापानतर्फ अघि बढेसँगै देशका...

भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु

भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु

ला गुआइरा (भेनेजुएला) । उत्तरी भेनेजुएलामा बुधबार राति एक मिनेटभन्दा...

भेनेजुएला भूकम्प अपडेट : ३२ जनाको मृत्यु, ७०० जना घाइते

भेनेजुएला भूकम्प अपडेट : ३२ जनाको मृत्यु, ७०० जना घाइते

काराकास । भेनेजुएलामा बुधबार साँझ आएको शक्तिशाली भूकम्पमा कम्तीमा ३२...

द्वन्द्व सुरु भएयता ‘स्टेट अफ हर्मुज’ हुँदै ३६ वटा वस्तुवाहक जहाज आवतजावत

द्वन्द्व सुरु भएयता ‘स्टेट अफ हर्मुज’ हुँदै ३६ वटा वस्तुवाहक जहाज आवतजावत

पेरिस । इरानसँग सम्बन्धित द्वन्द्व सुरु भएयता सोमबार ‘स्टे«ट अफ...

केन्यामा इबोला क्वारेन्टाइन सुविधासम्बन्धी तयारीका काम तत्काल रोक्न आदेश

केन्यामा इबोला क्वारेन्टाइन सुविधासम्बन्धी तयारीका काम तत्काल रोक्न आदेश

नैरोबी  ।  केन्याले अमेरिकी सहयोगमा निर्माणाधीन इबोला क्वारेन्टाइन सुविधासम्बन्धी तयारीका...