back
CTIZAN AD

बंगलादेशका पूर्व राष्ट्रपति एर्सादको निधन

वि.सं.२०७६ असार २९ आइतवार

753 

shares


२९ असार, ढाका । बंगलादेशका पूर्व राष्ट्रपति एवं सैनिक प्रमुख हुसेन मोहम्मद एर्सादको ८९ वर्षको उमेरमा आइतबार निधन भएको छ ।

सन् १९९० मा सत्ता छाड्नुअघि एर्सादले सन् १९८३ देखि १९९० सम्म बंगलादेशको सत्ता समालेका थिए । । एर्सादले सन् १९८२ अप्रिल २४ मा जननिर्वाचित राष्ट्रपति अब्दुस सत्तारलाई सत्ताच्यूत गरी शासनभार आफूले लिएका थिए ।

सन् १९९० मा भएको जनप्रदर्शनबाट सत्ता छाड्न बाध्य भएका एर्सादलाई त्यसपछि भ्रष्टाचारको आरोपमा केही वर्ष जेल सजाय दिइएको थियो ।

पछिल्लो समय जातीय पार्टी खोलेका एर्सादको बुढ्यौली उमेरका जटिलताका कारण निधन भएको उनका पूर्व सहकर्मी एवं सांसद काजी फिरोज रसिदले बताए ।

सैनिक जनरल एर्सादले रक्तपातविहीन राज्यविप्लव मार्फत जननिर्वाचित सरकारबाट सत्ता हत्याएका थिए । उनकै शासनकालमा इस्लामलाई बंगलादेशको राज्यधर्म बनाइएको थियो ।

सन् १९९० को दशकमा सत्ताच्यूत भएपनि उनको जातीय पार्टीले संसदमा तेस्रो स्थान हासिल गरेको थियो । उनी वर्तमान प्रधानमन्त्री शेख हसिनाको पार्टीको एक प्रमुख गठबन्धनमा थियो । एर्साद आफ्नो निर्वाचन क्षेत्रमा निकै लोकप्रिय नेता पनि थिए जहाँबाट उनले लगातार छ पटक संसदीय निर्वाचनमा विजयी भएका थिए ।

वि.सं.२०७६ असार २९ आइतवार १२:२३ मा प्रकाशित

युक्रेनमा रूसी आक्रमण, १४ जनाको मृत्यु

युक्रेनमा रूसी आक्रमण, १४ जनाको मृत्यु

युक्रेन । युक्रेनमा भएको पछिल्लो रूसी आक्रमणमा परी कम्तिमा १४...

हाइटी किल्लामा भागदौड, ३० जनाको मृत्यु

हाइटी किल्लामा भागदौड, ३० जनाको मृत्यु

पोर्ट–अउ–प्रिन्स । हाइटीको ऐतिहासिक पर्यटकीय स्थल सिटाडेल लाफेरियरमा भएको भीडभाडपछि...

इरान-अमेरिका वार्ता निष्कर्षविहीन

इरान-अमेरिका वार्ता निष्कर्षविहीन

इस्लामावाद  । मध्यपूर्वमा चर्किंदै गएको युद्ध अन्त्य गर्ने उद्देश्यले पाकिस्तानको...

फ्रान्समा चार आप्रवासीको मृत्यु : फ्रान्सेली अधिकारी

फ्रान्समा चार आप्रवासीको मृत्यु : फ्रान्सेली अधिकारी

फ्रान्स । उत्तरी फ्रान्सको तटमा नहर पार गर्ने क्रममा बिहीबार...

द्वन्द्वग्रस्त सुडानमा अस्पताल असुरक्षित, हजारौँ नागरिक प्रभावित

द्वन्द्वग्रस्त सुडानमा अस्पताल असुरक्षित, हजारौँ नागरिक प्रभावित

खार्तूम  । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) र संयुक्त राष्ट्र बाल...

इरानमा हिंसामा संलग्न दुईलाई फाँसी, इजरायल-अमेरिकासँगको सम्बन्ध आरोप

इरानमा हिंसामा संलग्न दुईलाई फाँसी, इजरायल-अमेरिकासँगको सम्बन्ध आरोप

तेहरान । इरानले ‘इजरायल र अमेरिकासँग मिलेर काम गरेको’ आरोपमा...