back
CTIZAN AD

बीस अर्बको ट्रेजरी बिल बिक्री गरिँदै

वि.सं.२०७६ असार ३० सोमवार

852 

shares

३० असार, काठमाडौँ । नेपाल राष्ट्र बैंकले सोमबार रु २० अर्ब बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ ।
केन्द्रीय बैंकले बोलकबोलको प्रक्रियाबाट उक्त परिमाणको ट्रेजरी बिल बिक्री गर्न लागेको हो ।
बैंकले यही असार ३१ गते बोलकबोल प्रक्रियामा सहभागी हुने बैंक तथा वित्तीय संस्थाको सूची सार्वजनिक गर्दै कुन संस्थाले के कति मात्रामा ट्रेजरी बिल खरीद गर्न लागेको हो जानकारी दिने जनाएको छ ।
बैंकले यसअघि यही असार २३ गते पनि ट्रेजरी बिल बिक्री गरेको थियो । त्यस्तै बैंकले आज मात्रै रु ११ अर्ब बराबरको विकास ऋणपत्रको बोलकबोल गरेको छ ।
‘विकास ऋणपत्र २०८४ ग’ नाम दिइएको उक्त ऋणपत्रमा बैंक तथा वित्तीय संस्था, गैरबैंक वित्तीय संस्था, बीमा कम्पनी, सङ्गठित संस्था तथा नेपाली नागरिकले खरीद प्रक्रियामा सहभागिता जनाएका छन् । उक्त विकास ऋणपत्र २०८४ असार ३० गते साँवा भुक्तानी हुनेछ । व्याज भुक्तानी भने अर्धवार्षिक रूपमा हुने र आर्जित व्याजमा समेत व्याजकर लाग्ने व्यवस्था गरिएको छ ।

वि.सं.२०७६ असार ३० सोमवार ०९:३४ मा प्रकाशित

बाइक-स्कुटर साटेर टियागो इभि चढ्ने मौका : टाटा मोटर्सको ‘स्विच टु टियागो इभी’ एक्सचेन्ज क्याम्प

बाइक-स्कुटर साटेर टियागो इभि चढ्ने मौका : टाटा मोटर्सको ‘स्विच टु टियागो इभी’ एक्सचेन्ज क्याम्प

काठमाडौं । नेपालमा विद्युतीय सवारीसाधनप्रति बढ्दो आकर्षणलाई लक्षित गर्दै सिप्रदी...

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर...

नेप्से परिसूचक एक दशमलव ६४ प्रतिशतले घट्यो

नेप्से परिसूचक एक दशमलव ६४ प्रतिशतले घट्यो

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ४६ दशमलव ७८...

महालक्ष्मी विकास बैंकद्धारा दिगो बैकिङ्ग प्रबद्र्धनको लागि पदयात्रा

महालक्ष्मी विकास बैंकद्धारा दिगो बैकिङ्ग प्रबद्र्धनको लागि पदयात्रा

काठमाडौँ । ग्राहकहरुलाई अत्याधुनिक, सुरक्षित तथा सहज डिजिटल बैंकिङ्ग सुविधा...