back
CTIZAN AD

हिमपात पीडित कृषकलाई प्रदेश सरकारको रु ४९ लाख राहत

वि.सं.२०७६ असार ३० सोमवार

1K 

shares

३० असार, कास्की । स् गत वर्षको हिउँदयाममा हिमपात र चिसोका कारण पशु चौपायाको क्षति भएर पीडित बनेका मुस्ताङका पशुपालक कृषकलाई गण्डकी प्रदेश सरकारले राहत प्रदान गरेको छ । प्रदेश सरकारकोे भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले यही असार २७ देखि २९ सम्म मुस्ताङका पाँचवटै गाउँपालिकाका पीडित ३७७ किसानलाई रु ४९ लाख २२ हजार ५० राहतस्वरुप वितरण गरेको मन्त्रालयका सचिव दुर्गाप्रसाद दवाडीले बताए ।
हिमपातले कृषकले पालेका भेँडा, च्याङ्ग्रा, याक, घोडालगायत घरपालुवा पशु चौपायको क्षति हुँदा कृषक पीडित बनेका थिए । मन्त्री लेखबहादुर थापामगर, मन्त्रालयका अधिकृत तथा भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र म्याग्दीका प्रमुख सहितको टोलीले कृषकलाई राहत वितरण गरेको थियो । मन्त्रालयले क्षति भएको चौँरी गाई ठूलो प्रतिगोटा रु चार हजार, घोडा रु तीन हजार, गाई रु एक हजार ५०० तथा च्याङग्रा, भेडा, बाख्राको रु ९५० का दरले राहत वितरण गरेको दवाडीले जानकारी दिए ।
हिमपातले जिल्लामा सबैभन्दा बढी लोमान्था लोमान्थाङ गाउँपालिकामा क्षति पु¥याएको थियो । यहाँका २११ कृषकका दुई हजार ७६६ पशु चौपाया हिमपात र चिसोबाट मरेकाले उनीहरुलाई रु २८ लाख ९९ हजार ८५० राहत वितरण गरिएको छ । त्यस्तै थासाङ गाउँपालिकामा ७३ कृषकको ५८० पशु चौपाया क्षति भएकोमा रु पाँच लाख ९३ हजार ८५०, बाह्रगाउँ मुक्तिक्षेत्र गाउँपालिकामा १३ कृषकलाई रु एक लाख ३३ हजार ५००, दामोदरकुण्ड गाउँपालिकामा ४८ कृषकलाई रु छ लाख ७५ हजार ७५० तथा घरपझोङ गाउँपालिकामा ३२ कृषकलाई छ लाख १९ हजार १०० राहत वितरण गरिएको मन्त्री थापाले बताए ।
हिमपातले जिल्लाका ३७७ कृषक पीडित बनेका थिए । राहत वितरण गर्दैै मन्त्री थापाले प्रदेश सरकार जनताको दुःखमा सधँै साथमा रहेकाले राहत लिएर जनताको घरघरमा आएको बताए ।
प्राकृतिक विपद् एवं महामारीजन्य रोगबाट कृषि तथा पशुपक्षी उत्पादनमा क्षति पु¥याएमा प्रभावित कृषकलाई प्रदेश सरकारको तर्फबाट राहत उपलब्ध गराउने उद्देश्यले चालू वर्षको बजेट तथा कार्यक्रममा समावेश गरिएको आकस्मिक सेवा टेवा कार्यक्रममार्फत कृषकलाई सो सहयोग प्रदान गरिएको मन्त्री थापाले जानकारी दिए ।
हिमपातलगत्तै जिल्ला प्रशासन, कृषि मन्त्रालय तथा भेटेरीनरी अस्पताल म्याग्दीबाट स्थलगत अनुगमनमा गएको टोलीले सङ्कलन गरेको क्षतिको विवरण मूल्याङ्कन गरी कृषकलाई राहत प्रदान गरिएको मन्त्रालयले जनाएको छ ।

वि.सं.२०७६ असार ३० सोमवार १२:१० मा प्रकाशित

खाडीको जीवनभन्दा गाउँ प्यारो

खाडीको जीवनभन्दा गाउँ प्यारो

ढोरपाटन (बागलुङ) । हिजोआज तेजबहादुर घर्तीमगरलाई खाडीको जीवनभन्दा आफ्नै गाउँघरको...

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

रसुवा । गत वर्षको असार २४ गते ल्हेन्दे खोलामा आएको...

राष्ट्रियसभाः शोक प्रस्ताव पारित

राष्ट्रियसभाः शोक प्रस्ताव पारित

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा ‘विनियोजन विधेयक, २०८३’ का सम्बन्धमा...

अमेरिका खाडी मुलुकको सुरक्षा स्थिरता कायम गर्न प्रतिवद्ध : रुबियो

अमेरिका खाडी मुलुकको सुरक्षा स्थिरता कायम गर्न प्रतिवद्ध : रुबियो

। वासिङ्टनले अमेरिका–इरान समझदारीले खाडी सहयोग परिषद् (जीसीसी) राज्यहरूको सार्वभौमिकता,...

आँधीले जापानमा उडान प्रभावित

आँधीले जापानमा उडान प्रभावित

टोकियो । दुई शक्तिशाली उष्णकटिबन्धीय आँधी जापानतर्फ अघि बढेसँगै देशका...

भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु

भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु

ला गुआइरा (भेनेजुएला) । उत्तरी भेनेजुएलामा बुधबार राति एक मिनेटभन्दा...