back
CTIZAN AD

पालिका बीचको सीमा विवाद, यस्तो सम्म भयो

वि.सं.२०७६ असार ३० सोमवार

1.1K 

shares

३० असार, काठमाण्डौं । प्रदेश एउटै कर्णाली । पार्टी एउटै नेकपा । न प्रदेश एउटै भएर समझदारी गर्ने प्रयास भयो न त पार्टी एउटै भएर नै । हाम्रो समाजमा हाम्रा जनप्रतिनिधि कसरी चलेका छन् यो एउटै घटनाले देखाएको छ । समाजवादी सभ्यता अंगिकार गनुपर्ने नेकपाका जनप्रतिनिधि सीमा विवादमा यस्तो रडाको गर्छन, जुन पत्याउनै नसकिने छ ।

विवाद धेरै प्रकारका हुन्छन् । सीमा विवाद धेरै संवेदनशील र महत्वको हुन्छ । परिवार र सम्पत्तिको हिसाबमा उव्जनी नै नहुने र प्रयोग नै नगर्ने एक टुक्रा जमिनका लागि मारपिट हुन्छ व्यवहारमा । त्यसैगरी एक इन्च भूमि विदेशीलाई छाड्न हुँदैन र दिदैँनौ भन्ने अडान स्वभाविक हुन्छ । तर, यहाँ ल्याउन खोजिएको प्रसंग त्यस्तो होइन ।

जाजरकोट र सुर्खेत जिल्लाको सीमा क्षेत्रमा पर्ने छेडाचौर यतिबेला विवादित भूमि बनाइएको छ । यो विवादित भूमिका विषयमा सर्वोच्च अदालतसम्म मुद्दा पुग्यो जग्गा कतापट्टीको भन्ने सम्बन्धमा । सर्वोच्चले खोल्सालाई सीमाना बनाइदियो भनेर हाम्रो हो भन्ने एकपक्ष र विवादीत भूमिको लालपूर्जा र तिरो सुर्खेत मालपोतमा तिर्ने गरेको अर्को पक्षको दावी छ । यो दावी अदालतले पनि प्रष्ट किनारा लगाएन भन्ने टिप्पणी छेडाचौरवासीको छ । दुई जिल्लाको सीमामा रहेको छेडा बजार अहिले विवादको विषय मात्र होइन क्रिडास्थल समेत बन्न पुगेको छ ।

शुक्रबार सुर्खेतको सिम्ता गाउँपालिकाका अध्यक्ष कविन्द्र कुमार केसी आएर छेडाचौरमा बोर्ड टाँसे लगत्तै जाजरकोटको शीवालय गाउँपालिकाका अध्यक्ष नरेन्द्र कुमार शाहिको टोली आएर सो बोर्ड उखलेर शिवालय गाउँपालिकाको बोर्ड राखेको प्रहरीले समेत बताएको थियो ।


सुर्खेतको सिम्ता गाउँपालिकाले पनि सो भूमि आफ्नो १ नम्बर वडामा रहेको बताउने गरेको र जाजरकोटको शिवालयले पनि आफ्नो १ नम्बर वडामै रहेको भनिरहेकै स्थितिमा सिम्ताका अध्यक्ष कविन्द्रले बोर्ड राखेपछि त्यसको प्रतिरोधमा शिवालयले सो बोर्ड तोडफोड गरी आफ्नो राखेको बताइएको थियो ।

यस सम्बन्धमा सिम्ता गाउँपालिकाका अध्यक्ष कविन्द्र कुमार केसीले संसारन्यूजसँग भने, ‘डाँडा वा भल (पानी ढलो) अर्थात् खोलाको दुवै तर्फका सीमा निर्धारण हुँदा छेडाचौर सुर्खेतमा स्वत ः पर्छ । तर, हामीले विवादमा अराजकता ल्याउनका लागि नभएर सीमा क्षेत्रबाट सुर्खेत प्रवेश गर्दा सामाजिक श्रोत नक्शा राखेर गाउँपालिकाको मुख्य श्रोत सम्पदाको परिचय दिन उपर्युक्त हुने देखि ८ ८ १२ साइजको ठूलो बोर्ड राखेको हो । बोर्डकै कारण आपत्ति जनाउनु पर्दैनथ्यो । पत्राचार गरेर समाधान निस्कन्थ्यो । बैठक र समझदारीले टुंगिन्थ्यो तर शिवालयका मित्रहरुले कस्तो शैली अपनाउनु भयो त्यो प्रष्टै देखिन्छ ।’ ‘सुर्खेतको मालपोतमा त्यहाँका जग्गाको खरिद बिक्रि भैरहेको छ भनेपछि त्यहाँको भूमि कता भन्ने कुरो स्वत ः प्रष्टै छ तथापि हामी समझदारीमै टुंग्याउने पक्षमा छौं ।’ उनले थपे ।

जाजरकोटको शिवालय १ का वासिन्दा भने अदालतले आफ्नो पक्षमा बोलेको बताउँछन् । सीमाको छेडा बजारमा जाजरकोटको नागरिकले टहरा बनाएर बसेको र भूमि चाँहि सुर्खेत तर्फको भन्नेहरु पनि भेटिन्छन् । ठूला–ठूला विवाद निरुपण गर्नुपर्ने स्थानीय सरकार बोर्ड राख्ने र फाल्नेमा उत्तेजित हुन स्वभाविक नभएको स्थानीयवासीको भनाइ छ । यस सम्बन्धमा शिवालय गाउँपालिकाका अध्यक्ष नरेन्द्र कुमार शाहिसँग प्रतिक्रिया लिन खोज्दा सम्पर्क हुन सकेको छैन ।

वि.सं.२०७६ असार ३० सोमवार ११:५९ मा प्रकाशित

खाडीको जीवनभन्दा गाउँ प्यारो

खाडीको जीवनभन्दा गाउँ प्यारो

ढोरपाटन (बागलुङ) । हिजोआज तेजबहादुर घर्तीमगरलाई खाडीको जीवनभन्दा आफ्नै गाउँघरको...

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

रसुवा । गत वर्षको असार २४ गते ल्हेन्दे खोलामा आएको...

राष्ट्रियसभाः शोक प्रस्ताव पारित

राष्ट्रियसभाः शोक प्रस्ताव पारित

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा ‘विनियोजन विधेयक, २०८३’ का सम्बन्धमा...

अमेरिका खाडी मुलुकको सुरक्षा स्थिरता कायम गर्न प्रतिवद्ध : रुबियो

अमेरिका खाडी मुलुकको सुरक्षा स्थिरता कायम गर्न प्रतिवद्ध : रुबियो

। वासिङ्टनले अमेरिका–इरान समझदारीले खाडी सहयोग परिषद् (जीसीसी) राज्यहरूको सार्वभौमिकता,...

आँधीले जापानमा उडान प्रभावित

आँधीले जापानमा उडान प्रभावित

टोकियो । दुई शक्तिशाली उष्णकटिबन्धीय आँधी जापानतर्फ अघि बढेसँगै देशका...

भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु

भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु

ला गुआइरा (भेनेजुएला) । उत्तरी भेनेजुएलामा बुधबार राति एक मिनेटभन्दा...