back
CTIZAN AD

नेपालको कृषिक्षेत्रमा ओमानी लगानी ल्याउन राजदूतको पहल

वि.सं.२०७६ असार ३० सोमवार

726 

shares

१५ जुलाई ओमान । ओमानका लागि नेपाली राजदूत शर्मिला ढकालले नेपालको कृषिमा लगानी गर्न ओमान सरकारसमक्ष प्रस्ताव राखेकी छन् ।

ओमान सरकारका कृषि तथा माछापालन मन्त्री हामिद अल सईद अल औफिबीच जुलाई ८ मा सम्पन्न भेटवार्तामा राजदूत ढकालले नेपालको कृषि क्षेत्रमा लगानी गर्न प्रस्ताव गरेकी हुन् ।
राजदूत ढकालले राखेको प्रस्तावलाई ओमान सरकारले सकारात्मक रुपमा लिएको दूतावासले जनाएको छ । नेपाल र ओमान बिचको आपसी हितमा काम गर्न ओमान सरकार सदैव तयार रहेको प्रस्तावको जवाफमा मन्त्री औफीले भनेका छन् ।

नेपालमा कृषि क्षेत्रमा पर्याप्त सम्भावना रहेको र अर्र्गा्निक रुपमा कृषिजन्य उत्पादन गर्न सके विश्व व्यापारिकरण मार्फत बजार पाउने भएकाले पनि ओमानलाई लगानी गर्न राजदूत ढकालले प्रस्ताव गरेकी थिइन् ।

यस अवसरमा नेपालको कृषि तथा जडिबुटी , फलफूल र तरकारी उत्पादनको सम्भाब्यताको बारेमा पनि छलफल भएको ओमानका लागि नेपाली राजदूत ढकालले जानकारी दिएकी छन् ।

वि.सं.२०७६ असार ३० सोमवार ११:३९ मा प्रकाशित

कम्युनिस्ट नेता मोहनविक्रम सिंह लन्डन भ्रमणमा, कम्युनिस्ट एकतामा जोड

कम्युनिस्ट नेता मोहनविक्रम सिंह लन्डन भ्रमणमा, कम्युनिस्ट एकतामा जोड

लन्डन । नेपालका वरिष्ठ कम्युनिस्ट नेता मोहन विक्रम सिंहले बेलायत...

नर्वेमा आयोजित एभरेष्ट कपको उपाधि नेपालय क्लवलाई

नर्वेमा आयोजित एभरेष्ट कपको उपाधि नेपालय क्लवलाई

नर्वे । एनआरएनए नर्वेको आयोजनामा भएको मैत्रीपूर्ण एभरेष्ट कप फूटबल...

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११५औँ अन्तर्राष्ट्रिय समन्वय परिषद्...

अमेरिकामा नेपाल डे, नेपाली संस्कृति र समुदायको एकता प्रदर्शन

अमेरिकामा नेपाल डे, नेपाली संस्कृति र समुदायको एकता प्रदर्शन

फेयर लन, न्युजर्सी । अमेरिकामा नेपाल डे एनजे २०२६ भव्य...

जय नेपाल इन्टनरनेसनल फाउन्डेशनको अध्यक्षमा डा. पण्डित

जय नेपाल इन्टनरनेसनल फाउन्डेशनको अध्यक्षमा डा. पण्डित

काठमाडौँ । जय नेपाल इन्टरनेसनल फाउन्डेशन (जेएनआइएफ) को पहिलो वार्षिक...