back
CTIZAN AD

के हो ब्लड मनि ? अब के हुन्छ बिनोद रानाभाटलाई !

वि.सं.२०७६ असार ३० सोमवार

3.3K 

shares

आज यो सन्दर्भमा लेख्न जाँदै गर्दा बिदेशका जेलमा ब्यक्ती हत्याको अभियोगमा थुनामा परेका नेपालीलाई छुटाउन पीडक पक्षले पीडित पक्षलाई सम्बन्धित देशको कानुनी रुपमा फैसला भएको क्षतिपूर्ति बापतको रकम भन्ने बारे तपाईंहरुले बुझिरहनु भएको छ । र समान्यरुपमा यो बुझाइ सहि भए पनि धेरै अर्थमा यो बुझाइ अपुरो मानिन्छ । किनकी ब्लड मनि लाई विश्व शब्दकोषमा दुई प्रकारले व्याख्या गरिएको छ । पहिलो माथी उल्लेखित गरे जस्तै भनिएको छ भने दोश्रो कसैको हत्याका लागि दिइने सुपारी सम्झौता स्वारुपको पैसालाइ पनि ब्लड मनि भनिन्छ ।

घटनाको मुद्दा माथी सम्बन्धित देशको अदालतले गरेको फैसला अनुसार ब्लड मनि तिरेर धेरै नेपाली मृत्युदण्डको मुखबाट बचेका छन् । तर सबै ठाउँ वा सन्दर्भमा यो लागू नहुन पनि सक्छ । अदालतले तोकेको ब्लड मनि माथीको निर्णय अदालतको फैसला अनुसार नै पीडित पक्षले बुझिदिएमा अर्थात ब्लड मनि स्विकार गरिदिएमा थुनामा रहेको ब्यक्ति सबै कानुनी प्रक्रिया पूरा गरि स्वदेश फर्कन पाउछ अन्यथा परिवारले ‘ज्यानको बदला ज्यान’ भनिदिएमा जति सुकै पैसा संकलन गरे पनि त्यो पैसाले थुनामा रहेर सजाय भोगिरहेको ब्यक्तिलाइ बचाउन सकिँदैन ।
मृत्युुदण्डको सजाय सुनाइएका यस्ता प्रकृतिका घटनामा पीडित पक्षका परिवारको निर्णय सर्बमान्य हुन्छ । तर यहाँनेर ध्यान दिनु पर्ने कुरा के भने पिडित परिवारले ब्लड मनि स्विकार्दै मर्ने मरिहाल्यो फेरि अर्काको ज्यान किन लिने भनेर भनियो भने सम्बन्धित देशको सम्मानित अदालतले तोकेको मृत्युदण्ड पनि माफी हुन सक्छ र भएका उदाहरण पनि धेरै छन ।

हालै मात्र एउटा घटना ताजै रुपमा हामी माझ छ । कतारको जेलमा भारतिय नागरिक हत्या गरेको प्रमाणित भएपछि थुनामा रहेका चितवन जिल्लाका बिनोद रानाभाटको घटना । उनी घटनाका दोषी हुन र अदालत ले ३ बर्ष जेल सजायसँगै २ लाख ६० हजार कतारी रियाल ब्लड मनिको फैसला गर्यो । जब यो फैसला आयो तब उनका बारेमा मिडियामा अनेक समाचार र अफवाहहरु फैलाउदै ‘बिनोद रानाभाट बचाउ अभियान’ विभिन्न देशबाट सुरु भयो । हो उनी जेलमा थुनिएका छन उनी माथी हत्या गरेको मुद्दा छ तर उनलाइ मृत्युदण्ड तोकिएको भने होइन ।

विभिन्न ठाउँबाट रानाभाटलाई मृत्युुदण्ड हुने भयो २ लाख ६० हजार कतारी रियाल ब्लड मनि बुझायो भने उनी रिहा हुन्छ्न भन्दै रकम संकलन भैरहेको छ । रकम आवाश्यकता भन्दा धेरै उठेको पनि देखिन थालेको छ । तर एउटा कुरामा कसैले ध्यान दिएन । रकम उठाएर मात्र बिनोद रिहा हुदैनन् । दोब्बर रकम उठे पनि बिनोद रिहा हुदैनन । किनकी बिनोद रानाभाटले तिर्नुपर्ने जुन ब्लड मनिको रकम हो त्यो रकम लिने वा नलिने भन्ने बारेको अन्तिम निर्णय पीडित पक्षको हातको कुरा हो । यदि पीडित पक्षले रकम लिन अस्विकार गरिदिएको खण्डमा बिनोद रानाभाटलाई मृत्युदण्डको सजाय त हुदैन तर आजिवन काराबासको सजाय हुन सक्छ । आजिबन काराबास भनेको कतारि कानुनमा अधिकतम २० बर्ष लाइ मान्यता दिइएको छ ।

यहाँ सबैले ध्यान दिनु पर्ने र अत्यन्तै महत्वपूर्ण कुरा के छ भने सम्बन्धित पीडित पक्ष अहिलेसम्म अदालतको फैसला पछि यो ब्लड मनिका बारेमा केही बोलेको छैन । उनीहरुले यो ब्लड मनिलाइ स्वीकार गर्ने वा नगर्ने भन्ने अबस्थामा पनि छैनन् । तर नेपाली समुदायका तर्फबाट यस्को पहल भने भैरहेको छ । पीडितका परिवार तर्फका ब्यक्तीलाई भेटेर ‘घट्ना घट्यो अब जो थुनामा छ उस्लाइ छुटाउन ब्लड मनि स्वीकार गरिदिनु पर्यो’ भन्दै नेपालका तर्फबाट कतारमा रहनुभएका नेपाली समुदायका अग्रज सागर नेपाल लागिरहनु भएको छ । तर, अहिलेसम्म राजदूताबास मार्फत पीडित पक्ष सँगको सम्बाद जारी रहे पनि कुनै लिखित सहमती वा सम्झौता भने हुन सकेको छैन । यस्को मतलब एकतर्फ आवाश्यकता भन्दा बढी सहयोग रकम सङकल हुने र अर्को तर्फ पीडित परिवारले रकम नस्विकारि दिएमा रानाभाट जेल मुक्त हुन नसक्ने अबस्था छ ।

यस्तो चुनौतीपूर्ण समयमा अहिले नेपालमा अब पैसा उठिहाल्यो रानाभाट रिहाइ भैहाल्छन उनी रिहा मात्र होइन उनलाइ नयाँ जीवनको उपहार पनि दिन सकिने भो भन्ने छ । आखिरमा त्यो होइन । सम्पुर्ण निर्णय पीडितको परिवारको हातमा हुनेछ ।

इस्लामिक कानुन तथा अरबी साहित्यमा एम ए गरि कतारस्थित रास्टृय मानबअधिकार आयोगमा कार्यरत कानुनका बिज्ञ मोहम्मद रमजान अलि मियाका अनुसार यो एउटा नयाँ जीवन पाउने मौका मात्र हो तर यस्मा सबै पैसाले मात्र नयाँ जीवन दिदैन । कानुनी पक्षलाई बुझ्ने हो भने केही कुरा हामीले बुझ्नु पर्ने हुन्छ । सम्मानित अदालतबाट जारी भएको फैसला बमोजिम रानाभाटले अब्दुल्लाह कुटि अशरफ भन्ने भारतिय नागरिकको हत्या गरेको ठहर गरेको छ ।

अरबी वाक्यलाई मध्यनजर गर्ने हो भने प्रस्तुत मुद्दामा कतारी कानुनका दुई धारा आकर्षित भएको देखिन्छ …. हुक्म ए असली र हुक्म ए फरइ । (यी इस्लामिक कानुन का धारा हुन)
फैसलाको दुवै धारामा मृत्युदण्ड तथा आजिवन कारावास तथा फासीको कुनै जिकिर छैन । हो यति कुरा दोस्रो धाराबाट प्रष्ट हुन्छ कि ब्लडमनी नतिरेसम्म कैदमा बस्नु पर्नेछ त्यो पनि कानुनले ब्यवस्था गरे अनुसार जस्को निर्धारण सिविल कोर्टमा च्यालेन्ज गरे वा मृतकको परिवार सहमतिमा आएको आधारमा पनि हुन्छ ।यस फैसलालाई आधार मान्ने हो भने यदि हालसम्म पनि बिनोद रानाभाटको तर्फबाट पुनरावेदन भएको छैन भने पुनरावेदन गर्न मिल्ने आधार समयावधि भित्र हुन पनि सक्छ नहुन पनि सक्छ । यो दुईवटा कुरा फरक–फरक सबुत प्रमाणको आधारमा हुने छन् ।

यसैगरी प्रस्तुत मुद्दालाइ सिविल कोर्टमा च्यालेन्ज पनि गर्न सकिन्छ यदि हामी केही सबुत प्रमाण जुटाउन वा कुनै माध्यमबाट रानाभाट निर्दोष देखिने केही झिनो आधार छ भने ।

इस्लामी शरीयाह कानुन अनुसार दियतको ब्यवस्था अनुरुप परिवारले सहमति जनाएमा ब्लड मनि (भुक्तानी ) अदा गरे पश्चात् फैसला भएको मिति वा आफूले कैदमा रहेको मिति कटाएर बाकी अवधी कट्टा गरि यो फैसला बर्हिगमन अर्थात डिपोर्टेशन मार्फत निज सहजै नेपाल फिर्ता हुन सक्ने प्रसस्त कानुनी ब्यवस्था रहेको छ । कानुनी दफा नम्बर १÷३०६०५१ पुनरावेदन भएको छैन र यसै फैसलालाई अन्तिम मान्ने हो भने बिनोद रानाभाटले ३ वर्ष जेल सजाय काट्नु पर्नेछ र सजाय स्वरुप कतारबाट डिपोर्ट हुनुपर्ने सम्मानित अदालतको फैसलामा जिकिर गरिएको छ । यसलाइ अरबी भाषामा ‘हुक्म ए असली’ भनिन्छ ।

हत्या नै गरेको साबित भए पनि इस्लामी शरीया कानुनमा समुहगत रुपमा हत्या र एकल रुपमा गरेको वा ठहरिएको हत्यामा ठूलो अन्तर देखाइएको छ र हुने सजाय पनि फरक फरक प्रकृतिका छन् ।

कत्ल ए खता
कत्ल ए अमद इत्यादि ..

अनि सजाय (१) कसास अर्थात बराबरी, सोही प्रकृतिको सजाय ज्यानको बदला ज्यान (खुनको बदला खुन)

(२) दियत अर्थात जे जस्तो भएता पनि अर्कोको ज्यान नलिइयोस र आर्थिक मामिलाबाट समाधान ।

यसैगरी ३ वर्ष कारावास र मृतकको परिवारलाइ २,६०००० अक्षेरुपी दुई लाख साठी हजार कतारी रियाल ब्लड मनि पनि तिर्नुपर्ने छ । यस कानुनी प्रावधानलाई ‘हुक्म ए फरई’ भनिन्छ ।
यसैगरी यदि निजले समय अवधी भित्र सो ब्यवस्थापन गर्न नसकेमा यो सजाय लामो समय करावासमा परिणत पनि हुन सक्नेछ जस्लाइ अरबी कानुनमा ‘ताअन’ भनी ब्याख्या गरिएको छ । तर सञ्चार माध्यममा आए जस्तो मृत्युदणड अथवा फासीको सजाय भने हुदैन । यसैगरी सम्बन्धि देशको कानुनि ब्यवस्थाको धज्जी उडाउने खालका समाचार तथा समाजिक संजालमा अस्वभाविक टीका टिप्पणी गर्ने र झुन्ड्याएर मार्ने अनि फासिमा झुन्डयाउने निराधार कुराहरुलाई सम्प्रेषण गरी आम जनमानसमा डर त्रास र भ्रम सृजना नगर्न नगराउन पनि इस्लामिक कानुनका ज्ञाता मोहम्मद रमजान अलि मियाले विनम्र अनुरोध गरेका छन । हो अरबका केही राष्ट्रहरुमा मृत्यु दण्डको कानुनी ब्यवस्था छ तर त्यो अत्यन्तै जटिल र गम्भीर प्रकृतिका मुद्दामा छ र मृत्युदण्डको प्रकृति पनि फरक फरक रहेको छ जस्तै गोलि हानी,लामो समय कारावास, ठूलो जरिवाना देश निकाला इत्यादि ।

बरु सकिन्छ भने यथाशीघ्र मृतक अब्दुल्लाह कुटिको परिवार सङ्ग भेटेर परामर्श गरि मेलमिलापमा आउन आव्हान गर्न पहल गरौं यो भनेको उत्तम र अहम पक्ष हो जुन प्राथमिकतामा पर्नु पर्ने थियोे र हालसम्म हुन नसकेको तर प्रयास जारी छ ।

अब आयो कुरा सहयोग जुटाउने यस बिषयमा एउटा नजिर फेला परेको छ जुन केही बर्ष अगाडि कतारमै यसै प्रकृतिको एउटा घटना घटेको थियोे र सिराहाका चन्द्रशेखर यादवलाइ पनि मृत्युदण्डको सजाय सुनाइएको थियो । उनको रिहाइका लागि कतारको नेपाली समाजले ऐतिहासिक कदम चाल्दै नेपाली राजदुतावास कतार र एनआरएनए एनसिसिको सहयोगमा तत्कालीन राजदूत सुर्यनाथ मिश्रको तदारुकतामा सहयोग संकलन गरि मुद्दाको किनारा लगाइ आरोपित चन्द्रशेखर यादवलाई सकुशल स्वदेश फर्काउन सफल भएको थियोे ।

सम्मानित अदालतको फैसला अध्ययन पश्चात् इस्लामिक कानुनका ज्ञाता कानुनबिद रमजान बाबूले यस मुद्दालाई पनि सोही प्रकृतिको देखेका छन र उद्दार एवं सहयोग पनि सोही बमोजिम गर्दा उचित हुने बताउछन् ।

त्यसैले यो यस्तै प्रकृतिका घटनालाई सामान्य रुपमा लिएर पैसाले काम गरिहाल्छ नि भन्दै हिड्यो भने रानाभाट आजिवन काराबासमा जान पनि सक्छन । रानाभाटका परिवारलाई पनि अब पैसा उठ्यो छोरो फर्केर आइहाल्छ पैसा उठाएर भए पनि छोरालाई बचाइ हाल्छन भन्ने तरिकाले हल्का रुपमा मिडियामा नबोल्न पनि बिनोद रानाभाट सहयोग समुहका संयोजक सागर नेपालले आग्रह गर्नु भयो । नेपाल आफै सक्रिय भएर पिडितका परिवारसँग निरन्तर सम्बाद को प्रयास गर्दै यस घटना र ब्लड मनि स्विकार्न आग्रह गर्ने लबिङ को नेतृत्व पनि गरिरहनु भएको छ ।

लेखक अधिकारी गैर आवासिय नेपाली संघ कतारका कार्यसमिति सदस्य तथा रानाभाट सहयोग समूह कतारका मिडिया संयोजक पनि हुन् ।

वि.सं.२०७६ असार ३० सोमवार १६:५२ मा प्रकाशित

 प्रगतिशील बुद्धिजिवी संघको अध्यक्षमा पोखरेल निर्वाचित

 प्रगतिशील बुद्धिजिवी संघको अध्यक्षमा पोखरेल निर्वाचित

काठमाडौँ । अखिल नेपाल प्रगतिशील बुद्धिजिवी संघको अध्यक्षमा महादीप पोखरेल...

‘हेलो गृह कल सेन्टर’ सञ्चालनमा, यी नम्बरमा फोन गर्न सकिने

‘हेलो गृह कल सेन्टर’ सञ्चालनमा, यी नम्बरमा फोन गर्न सकिने

काठमाडौं ।  गृहमन्त्रालयले आफ्नो कार्यक्षेत्रसँग सम्बन्धि गुनासो,उजुरी तथा सुझाव सङ्कलन...

रासायनिक मल नपाएर समस्यामा म्याग्दीका किसान  

रासायनिक मल नपाएर समस्यामा म्याग्दीका किसान  

म्याग्दी ।  म्याग्दीमा रासायनिक मलको अभाव भएको छ । मुख्य...

गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा आउँछः पर्यटनमन्त्री पौडेल

गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा आउँछः पर्यटनमन्त्री पौडेल

देवदह (रुपन्देही) । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री खडक राज...

फिफा विश्वकप फुटबलः अष्ट्रेलिया पराजित गदै अमेरिका नकआउट चरण प्रवेश

फिफा विश्वकप फुटबलः अष्ट्रेलिया पराजित गदै अमेरिका नकआउट चरण प्रवेश

काठमाडौँ । फिफा विश्वकप फुटबल–२०२६मा अमेरिकाले अष्ट्रेलियालाई पराजित गर्दै नकआउट...

भोलि रास्वपा केन्द्रीय समितिको बैठक  बस्दै

भोलि रास्वपा केन्द्रीय समितिको बैठक बस्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समितिको बैठक बोलाएको...