back
CTIZAN AD

विषादी परीक्षण गराउनै पर्ने सर्वोच्चको फैसला

वि.सं.२०७६ साउन १ बुधवार

1.8K 

shares

१ साउन, काठमाण्डौं । सर्वोच्च अदालतले विषादी परीक्षण गराउनै पर्ने फैसला गरेको छ ।
भारतबाट आयात हुने तरकारी तथा फलफूलको विषादी परीक्षण नगरीकन ल्याउने सरकासको पछिल्लो निर्णयका विरुद्धमा भएको रिट दायरका सम्बन्धमा सर्वोच्च अदालतले अल्पकालिन आदेशलाई निरन्तरता दिएको हो ।

अधिवक्ता स्वगत नेपाल, विष्ण प्रसाद तिमिल्सीना र कंचनकृष्ण न्यौपानेले दायर गरि रिट उपर सुनुवाइ गर्दै सर्वोच्च अदालतका माननीय न्यायाधिश आनन्दमोहन भट्टराईले गरेको अल्पकालिन आदेशलाई निरन्तरता दिदैं सर्वोच्च अदालतका माननीय न्यायाधिश हरिकृष्ण कार्की र बम कुमार श्रेष्ठको संयूक्त इजलासले ‘विषादी परिक्षण नगर्ने निर्णय कार्यान्वयन नगर्नु’ भनि फैसला गरेको छ । सरकारको आषाढ २ ते विषादी परीक्षण गरेर मात्र प्रवेश दिने आफ्नै निर्णय आषाढ १९ मा उल्टीएपछि सरोकारवालाहबाट तिब्र विरोध भएको थियो ।

यसै विषयलाई लिएर अष्ट ज अभियान नेपाल र नागरिक आन्दोलन संयोजन समिति नामक संस्थाले असार २३ गते माइतीघर मंडलामा मौन प्रदर्शन गरेका थिए भने असार २९ मा राष्ट्रिय कृषक समुह महासंघ नेपाल, अष्ट ज अभियान नेपाल, कृषि उत्पादन तथा बजारिकरण संजाल, किसान चौतारी, नेपाल, च्याउ उत्पादक किसान संघ, सेफ फुड अलायन्स, यूवा कृषि मन्च, मौरीपालन केन्द्रीय सहकारी संघ, ग्रामिण कृषि कार्यकर्ता संजाल, नेपाल तरकारी तथा फलफूल व्यवसायी महासंघ लगायतका संघ संस्थाले एउटै व्यानरमा रहेर माइतीघर मण्डलादेखि नयाँ वानेश्वर सम्म सडक प्रदर्शन गरेका थिए ।

वि.सं.२०७६ साउन १ बुधवार ०९:२२ मा प्रकाशित

नर्वेमा एनआरएनएको नेतृत्वमा बाढी–पहिरो पीडितका लागि राहत सङ्कलन गरिने

नर्वेमा एनआरएनएको नेतृत्वमा बाढी–पहिरो पीडितका लागि राहत सङ्कलन गरिने

ओस्लो, नर्वे । नेपालमा बाढी–पहिरोबाट प्रभावित परिवारका लागि नर्वेमा रहेका...

बाढीपीडितको सहयोगमा अखिल (क्रान्तिकारी) र वाईसीएल

बाढीपीडितको सहयोगमा अखिल (क्रान्तिकारी) र वाईसीएल

काठमाडौं । बाढीबाट प्रभावित नागरिकलाई सहयोग गर्ने उद्देश्यले विद्यार्थी संगठन...

शव खोजी तथा व्यवस्थापनमा नेपाली सेनाको अपरेसन तीव्र

शव खोजी तथा व्यवस्थापनमा नेपाली सेनाको अपरेसन तीव्र

काठमाडौं । रसुवाको भोटेकोशीमा गत बुधबार आएको विनाशकारी बाढीपछि बेपत्ता...

रसुवा सडक सञ्जालमा पुनः जोडियो

रसुवा सडक सञ्जालमा पुनः जोडियो

काठमाडौं । टोखा–छहरे–गड्खार पुल–आप्र–नर्जा–लच्याङ–सरमथली–पाटीखर्क हुँदै बोगटीटार–कालिकास्थान–धुन्चे सडकखण्ड सञ्चालनमा आएको छ।...

भोटेकोशी बाढीमा एनआईसी एशिया बैंकका तीन शाखा पूर्णरुपमा ध्वस्त, कर्मचारीहरु सुरक्षित

भोटेकोशी बाढीमा एनआईसी एशिया बैंकका तीन शाखा पूर्णरुपमा ध्वस्त, कर्मचारीहरु सुरक्षित

काठमाडाैँ । गत बुधवार रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको भीषण...