Logo
९ चैत्र २०७९, बिहीबार
     Thu Mar 23 2023
E-paper
  English Edition
   Unicode
Logo

विषादी परीक्षण गराउनै पर्ने सर्वोच्चको फैसला



१ साउन, काठमाण्डौं । सर्वोच्च अदालतले विषादी परीक्षण गराउनै पर्ने फैसला गरेको छ ।
भारतबाट आयात हुने तरकारी तथा फलफूलको विषादी परीक्षण नगरीकन ल्याउने सरकासको पछिल्लो निर्णयका विरुद्धमा भएको रिट दायरका सम्बन्धमा सर्वोच्च अदालतले अल्पकालिन आदेशलाई निरन्तरता दिएको हो ।

अधिवक्ता स्वगत नेपाल, विष्ण प्रसाद तिमिल्सीना र कंचनकृष्ण न्यौपानेले दायर गरि रिट उपर सुनुवाइ गर्दै सर्वोच्च अदालतका माननीय न्यायाधिश आनन्दमोहन भट्टराईले गरेको अल्पकालिन आदेशलाई निरन्तरता दिदैं सर्वोच्च अदालतका माननीय न्यायाधिश हरिकृष्ण कार्की र बम कुमार श्रेष्ठको संयूक्त इजलासले ‘विषादी परिक्षण नगर्ने निर्णय कार्यान्वयन नगर्नु’ भनि फैसला गरेको छ । सरकारको आषाढ २ ते विषादी परीक्षण गरेर मात्र प्रवेश दिने आफ्नै निर्णय आषाढ १९ मा उल्टीएपछि सरोकारवालाहबाट तिब्र विरोध भएको थियो ।

यसै विषयलाई लिएर अष्ट ज अभियान नेपाल र नागरिक आन्दोलन संयोजन समिति नामक संस्थाले असार २३ गते माइतीघर मंडलामा मौन प्रदर्शन गरेका थिए भने असार २९ मा राष्ट्रिय कृषक समुह महासंघ नेपाल, अष्ट ज अभियान नेपाल, कृषि उत्पादन तथा बजारिकरण संजाल, किसान चौतारी, नेपाल, च्याउ उत्पादक किसान संघ, सेफ फुड अलायन्स, यूवा कृषि मन्च, मौरीपालन केन्द्रीय सहकारी संघ, ग्रामिण कृषि कार्यकर्ता संजाल, नेपाल तरकारी तथा फलफूल व्यवसायी महासंघ लगायतका संघ संस्थाले एउटै व्यानरमा रहेर माइतीघर मण्डलादेखि नयाँ वानेश्वर सम्म सडक प्रदर्शन गरेका थिए ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको प्रभाव रहेको छ । मौसम तथा

काठमाडौं । लामो समयदेखि अमेरिकामा समाजसेवामा सक्रिय रहेका कृष्ण लामिछाने मृत भेटिएका छन् ।

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले लोकसेवा आयोगबाट सञ्चालित लिखित परीक्षा तथा अन्तरवार्ताबाट कोशी

काठमाडौं । निरन्तर बढ्दै आएको सुनको भाउ आजको बजारमा भने प्रतितोला ७ सय रुपैयाँले