back
CTIZAN AD

आलु चिप्स उद्योग सञ्चालनमा

वि.सं.२०७६ साउन १ बुधवार

1.6K 

shares

– पेमा लामा
१ साउन, बनेपा । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका वडा नं ५ स्थित घोकेचौरमा मङ्गलबारबाट ‘माता चण्डेश्वरी आलु चिप्स’को उद्योग सञ्चालनमा भएको छ । स्थानीय उद्योगी इच्छाराम दाहालले सञ्चालन गरेको उद्योग प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ आलु सुपरजोन काभ्रेपलाञ्चोकको ५० प्रतिशत अनुदानमा औजार खरीद गरी सञ्चालनमा ल्याइएको हो ।
“मेसिन मात्रै रु ३५ लाखमा खरीद गरेका छौँ”, उद्योगी दाहालले भने, “त्यसमा आलु सुपरजोन काभ्रेपलाञ्चोकको ५० प्रतिशत अनुदानमा रु १५ लाख र बाँकी आफैँले खरीद गरेको छु ।” त्यससँगै अन्य सामग्री खरीद गरी रु ५४ लाख ४७ हजार लागतमा सो उद्योग सञ्चालन गरेको उनले बताए ।
चिप्ससँगै आलुको भुजिया र दालमोठसमेत उत्पादन गर्ने गरी अर्को मेसिन थपेर व्यवसायलाई विस्तार गर्न लागिरहेको दाहालले बताए । उद्योगबाट १०० किलो आलुबाट २५ किलो चिप्स उत्पादन हुने उनको भनाइ छ । उद्योग सञ्चालन भएसँगै त्यसका लागि आवश्यक पर्ने आलु यहीँको प्रयोग हुने भएकाले अब किसानले आलु बिक्री भएन भन्ने चिन्ता गर्नु नपर्ने दाहालले बताए ।

उद्योगबाट उत्पादन गरेको चिप्स आफ्नै कर्मचारीबाट बजारमा खुद्रा बिक्री गर्ने गरी तयारी भइरहेको जनाएको छ । वर्षको रु ३६ हजार दिने गरी १० वर्षका लागि आधा रोपनी जग्गा भाडामा लिएर सञ्चालन गरेको सो उद्योगमा सात जनाले काम गर्नेछन् । मङ्गलबारबाट सञ्चालनमा ल्याइएको सो उद्योग आलु सुपरजोन काभ्रेपलाञ्चोकको सञ्चालक समिति अध्यक्ष हरिराम खतिवडाले उद्घाटन गरेका हुन । किसानले नै सञ्चालन गरेको उद्योगलाई ५० प्रतिशत अनुदान औजार खरीदमा सहयोग गरेको उनले बताए । उनले त्यससँगै जिल्लामा यस आर्थिक वर्षमा बेथानचोक गाउँपालिका र बनेपा नगरपालिकामा गरी दुई रष्टिक स्टोर, भकारो सुधार र एक आलु चिप्स उद्योगमा सहयोग गरेको बताए ।

काभ्रेमा उत्पादन भएको आलु विषादीरहित
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ आलु सुपरजोन काभ्रेपलाञ्चोकले जिल्लामा किसानले उत्पादन गरेको आलु विषादीरहित भएको जनाएको छ ।
आलु सुपरजोन कार्यालयका प्रमुख दीपक पौडेलले हिउँदको समयमा किसानले मण्डनदेउपुर र पाँचखालमा उत्पादन गरेका आलुलाई खेतबाट नै नमूना सङ्कलन गरी काठमाडौँस्थित द्रुत विषादी विश्लेषण केन्द्रमा गरिएको अर्गानो फस्फेट र कार्वामेटको परीक्षण गर्ने क्रममा १० दशमलव ११ प्रतिशत मात्रै पाइएको उनले बताए । “३५ प्रतिशतसम्मको आलु खाना मिल्ने हुन्छ, त्यो भन्दा माथि ४५ प्रतिशतसम्मको लागि केही दिन पर्खेर मात्रै खान मिल्ने अवस्था रहेकामा यहाँ उत्पादन भएका आलुमा विषादी नै छैन भन्ने प्रमाण द्रुत विषादी विश्लेषया केन्द्रले गरेको परीक्षणबाट पुष्टि गरेको छ”, कार्यालय प्रमुख पौडेलले भने ।
यसअघि काभ्रेपलाञ्चोकको पाँचखालमा उत्पादन भएको आलु र अन्य तरकारीमा बढी विषादी भएको हल्ला चलाएका कारण उत्पादन गरेको तरकारी बिक्रीमा समस्या उत्पन्न भएको थियो । तर परीक्षणका क्रममा जिल्लामा उत्पादित आलुमा विषादी नभएको देखाएको कार्यालयले जनाएको छ । (तस्वीर उपलब्ध छ)

वि.सं.२०७६ साउन १ बुधवार ०९:२९ मा प्रकाशित

कृत्रिम अभाव र कालोबजारी रोक्न धादिङबेँसीमा बजार अनुगमन

कृत्रिम अभाव र कालोबजारी रोक्न धादिङबेँसीमा बजार अनुगमन

धादिङ । त्रिशूली नदीमा आएको बाढीले मलेखुस्थित फुर्केखोला पुल बगाएपछि...

आफन्तको खबर पाउन परिवारजन आतुर

आफन्तको खबर पाउन परिवारजन आतुर

महोत्तरी । भोेटेकोशी बाढीसँगै बेपत्ता भएका आफन्तको खबर पाउन परिवारजन...

भोटेकोशी बाढीः सम्पर्कविहीन हुने पर्यटकको संख्या ६४४ पुग्यो, खोजी कार्य तीव्र

भोटेकोशी बाढीः सम्पर्कविहीन हुने पर्यटकको संख्या ६४४ पुग्यो, खोजी कार्य तीव्र

काठमाडौँ । भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण ठूलो संख्यामा...

छ देशका ४५ विदेशीसहित ३३६ जनाको हवाई उद्धार

छ देशका ४५ विदेशीसहित ३३६ जनाको हवाई उद्धार

काठमाडौँ । रसुवामा आएको बाढीका कारण प्रभावित ३३६ जनाको हवाई...

पश्चिम नवलपरासीमा पाँच शव

पश्चिम नवलपरासीमा पाँच शव

नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) । रसुवाको भोटेकोशी नदीमा आएको बाढीले...

भोटेकोशी बाढीः खोज तथा उद्धारमा सात हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन

भोटेकोशी बाढीः खोज तथा उद्धारमा सात हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन

काठमाडौँ । भोटेकोशी बाढी प्रभावित क्षेत्रमा खोज, उद्धार तथा राहत...