back
CTIZAN AD

पदका लागि जहाँ पनि विवाद,अनेरास्ववियुको कार्य विभाजन विवाद मिलेन

वि.सं.२०७३ मंसिर ४ शनिवार

1K 

shares

४ मङ्सिर, काठमाडौँ । नेकपा (एमाले) निकट अनेरास्ववियुको कार्य विभाजनसम्बन्धी विवाद अझै मिल्न सकेको छैन ।

पार्टीले अनेरास्ववियुको कार्य विभाजनसम्बन्धी विवाद मिलाउने जिम्मा विद्यार्थी इन्चार्ज तथा केन्द्रीय सदस्य रवीन्द्र अधिकारीलाई दिए पनि विवाद अझै नमिलेको अनेरास्ववियुका उपाध्यक्ष महेश बर्तौलाले आज जानकारी गराउनुभयो ।

विवाद मिलाउन पटक–पटक बैठक बसे पनि मिल्न नसकेको उहाँले बताउनुभयो । विवादका कारण महाधिवेशन भएको आठ महिना भएपनि अखिलका सचिवालय र केन्द्रीय सदस्यको कार्यविभाजन अझै हुन सकेको छैन ।

अनेरास्ववियुको विधानअनुसार १५ विभाग हुने व्यवस्था भए पनि अध्यक्ष नवीना लामाले २२ विभाग गठन गरेपछि विवाद भएको थियो । अध्यक्ष लामाले विवाद मिलिसकेको भन्दै महासचिव ऐन महर बाहिर रहेकाले पूर्णता दिन नसकेको बताउनुभयो । “बाइसवटा विभागबाट विधानअनुसार १५ विभागमा झारेर विवाद मिलाइएको छ”– उहाँले भन्नुभयो, “अब चाँडै पदाधिकारी बैठकबाट कार्य विभाजनको विवाद मिलाउँछौँ ।”

कार्य विभाजनसम्बन्धी अध्यक्ष नवीना लामा र महासचिव ऐन महरबीच विवाद हँुदा अझै समाधान हुन नसकेको हो । महरले एकपक्षीय रुपमा अध्यक्ष लामाले कार्य विभाजन गरेको भन्दै असन्तुष्टि जनाउँदै आएका छन् ।

अध्यक्ष लामाले सचिवालय सदस्य र केन्द्रीय सदस्यको कार्य विभाजन भएपछि पदाधिकारी र प्रदेशको विभाजन गरिने बताउनुभयो । रासस

वि.सं.२०७३ मंसिर ४ शनिवार १४:२७ मा प्रकाशित

भोटेकोसी बाढीपीडितका लागि देवचुली नगरपालिकाको ८ लाख सहयोग

भोटेकोसी बाढीपीडितका लागि देवचुली नगरपालिकाको ८ लाख सहयोग

नवलपरासी । रसुवा जिल्लाको भोटेकोसी नदीमा आएको भीषण बाढी तथा...

कृत्रिम अभाव र कालोबजारी रोक्न धादिङबेँसीमा बजार अनुगमन

कृत्रिम अभाव र कालोबजारी रोक्न धादिङबेँसीमा बजार अनुगमन

धादिङ । त्रिशूली नदीमा आएको बाढीले मलेखुस्थित फुर्केखोला पुल बगाएपछि...

आफन्तको खबर पाउन परिवारजन आतुर

आफन्तको खबर पाउन परिवारजन आतुर

महोत्तरी । भोेटेकोशी बाढीसँगै बेपत्ता भएका आफन्तको खबर पाउन परिवारजन...

भोटेकोशी बाढीः सम्पर्कविहीन हुने पर्यटकको संख्या ६४४ पुग्यो, खोजी कार्य तीव्र

भोटेकोशी बाढीः सम्पर्कविहीन हुने पर्यटकको संख्या ६४४ पुग्यो, खोजी कार्य तीव्र

काठमाडौँ । भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण ठूलो संख्यामा...

छ देशका ४५ विदेशीसहित ३३६ जनाको हवाई उद्धार

छ देशका ४५ विदेशीसहित ३३६ जनाको हवाई उद्धार

काठमाडौँ । रसुवामा आएको बाढीका कारण प्रभावित ३३६ जनाको हवाई...

पश्चिम नवलपरासीमा पाँच शव

पश्चिम नवलपरासीमा पाँच शव

नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) । रसुवाको भोटेकोशी नदीमा आएको बाढीले...