back
CTIZAN AD

तेरिया भन्छिन्-‘मेरो ओठ सबैभन्दा सेक्सी लाग्छ’

वि.सं.२०७६ साउन ३ शुक्रवार

1.4K 

shares


१० क्लासको परीक्षा दिएर विदा मनाउन भारतबाट नेपाल आएकी तेरियाले एक युट्युव च्यानलसँग कुरा गर्दै आफूलाई शरीरको सबैभन्दा सेक्सी अंग ओठ लाग्ने बताएकी छन् ।
प्रेम गर्नु भएको छ भनेर गरिएको प्रश्नमा अहिले सम्म नगरेको र पहिलो कैरियर बनाउने ध्यानमा लागेकोले अहिले प्रेमबारे नसोचेको बताएकी छन् १६ वर्षीया तेरियाले ।

रुपन्देहीको रुद्रपुर गाविस सुनगाभा चोककी बासिन्दा तेरिया डान्स इण्डिया डान्स र भारतीय टेलिभिजन कर्लस च्यानलबाट प्रशारण हुने ‘झलक दिखलाजा सिजन ९’ की विजेता हुन् । तेरिया मगरलाई गायन क्षेत्र पनि मन पर्छ । उनी गायिका पनि हुन् । उनको स्वरमा पहिलो गिती एल्बम ‘तिम्रो मायाले बाँधेर राख’ बजारमा आइसकेको छ ।

सानै उमेरदेखि नृत्यमा चासो राख्ने तेरिया नृत्य क्षेत्रमा आउनुको मुख्य श्रेय आफ्ना हजुरबालाई दिन्छीन् । त्यसो त उनले आफूलाई यहासम्म ल्याइपुर्याउन आमा अनिता फौजा मगरले गरेको संघर्ष सधै स्मरण गरेको बताउँछिन् । आमा नभएको भए यहाँसम्म आइपुग्न नसक्ने बताउने तेरिया मगरले आमासँग धेरैपटक रोएको पनि बताउँछिन् ।

त्यस्तै तेरियालाई नेपालको सबैभन्दा राम्रो र घुम्न मन लागेको ठाउँ इलाम रहेको छ भने उनीसँग सबैभन्दा महँगो समान मोबाइल रहेको छ । उनलाई वान पिस लुगामा सहज लाग्छ भने उनलाई मन पर्ने कलर ब्ल्याक एण्ड ह्वाइट भएको बताउँछिन् ।

त्यस्तै नेपालकी हट नायिका प्रियंका कार्की रहेको बताउने तेरियालाई मनपर्ने र स्टाइलिस्ट नायिका साम्राज्ञी हुन् । उनले प्रेम गर्ने सहि उमेर भनेर गरिएको प्रश्नमा त्यो मानिसमा डिपेन्ड हुने बताउँछिन् । साथै छोरी हुनुको फाइदामा दाइजो को कुरा गर्दा दाइजो माग्नु अवैद्यानिक रहेको बताउँछिन् ।

त्यस्तै तेरियाले कुनै पनि फिल्ममा न्यूड सिन दिनुपर्यो भने के गर्नुहुन्छ भनेर गरिएको प्रश्नमा ‘त्यो फिल्म नै खेल्दिन’ भनेर जवाफ दिएकी छन् ।

वि.सं.२०७६ साउन ३ शुक्रवार ०९:२५ मा प्रकाशित

देशभर प्रदर्शन हुँदै ‘भागदौड’

देशभर प्रदर्शन हुँदै ‘भागदौड’

काठमाडौँ । यही असार २६ गतेदेखि चलचित्र ‘भागदौड’ देशभर प्रदर्शन...

मदनकृष्ण श्रेष्ठको जीवनीमा फिल्म बनाउँदै निर्देशक चाम्स

मदनकृष्ण श्रेष्ठको जीवनीमा फिल्म बनाउँदै निर्देशक चाम्स

काठमाडौँ । कलाकार मदनकृष्ण श्रेष्ठको जीवनीमा आधारित चलचित्र ‘मदनकृष्ण’ बन्ने...

आइएमईको सांगितिक एम्वेष्डरमा प्रकाश सपुत नियूक्त

आइएमईको सांगितिक एम्वेष्डरमा प्रकाश सपुत नियूक्त

काठमाडौँ । आइएमई लिमिटेडको सांगीतिक दूतमा चर्चित गायक तथा अभिनेता...

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

काठमाडौं । गजलकार जिबी सुनारद्वारा लिखित गजल संग्रह ‘पार्शल’ शनिबार...