back
CTIZAN AD

‘यतिबेला शिल्पाले आत्महत्या गरेको भन्ने समाचार आउथ्यो होला’

वि.सं.२०७६ साउन ३ शुक्रवार

1.4K 

shares

फिल्म निर्माता छवि ओझासँग बिहे बन्धनमा बाधिएको तीनवर्ष नवित्दै घरेलु हिंसामा परेको भन्दै प्रहरीमा उजुरी दिन गएकी नायिका शिल्पा पोखरेलले ‘यतिबेला शिल्पाले आत्महत्या गरिन् भन्ने समाचार आउथ्यो होला’ भनेकी छन् ।

उनलाई सम्पत्तिको लोभमा छुट्टिन खोज्नु भएको भनिन्छ नि भनेर सोधिएको प्रश्नमा उनले कसैले सम्पत्तिको लोभ, कसैले ६ महिना अघि विवाह दर्ता गरिएको भनेर बजारमा हल्ला आइरहेको भएपनि हल्ला गर्ने मान्छेलाई आफूले अग्नि साक्षि राखेर बिहे गरेकै दिनबाट उनकी पत्नी भइसकेको थाहा हुनुपर्ने बताएकी छन् । उनले त्यहि मितिबाटै कानुनले मान्यता दिएको र जहाँ माया छ्रैन त्यहाँ सम्पत्तिले केही नगर्ने जवाफ नयाँपत्रिका दैनिकलाई दिएकी छन् ।

उनले आफूमाथि अन्तिम दिन छविले गरेको घरेलु हिंसा सहेर लात्तीले घचेटेर नहिँडेको भए अहिले बोलिरहेको पनि नहुने बताइन् । ‘उहाँलाई मैले त्यहिदिन लात्तीले घचेटेर नहिँडेको भए अहिले बोलिरहेको पनि हुन्नथेँ होला । सायद ‘शिल्पाले आत्महत्या गरिन्’ भनेर समाचार आउथ्योहोला ।

उनले फिल्म खेल्न छविसँग आफू नजिक भएको नभएर छविलेनै पटक–पटक अनुरोध गरेको र छविले फिल्म खेलाइरहन्छन् भनेर विवाह नगरेको बताएकी छन् । उनले छविसँग विहे गर्नुभन्दा तीनवटा फिल्म खेलिसकेकोले फिल्म पाउनका लागि बिहे गर्नुपर्छ भन्ने जरुरी नभएको पनि बताइन् ।

उनले अहिलेसम्मको घटनाले आफ्नो कैरियर र जीवननै ड्यामेज भएको बताउँदै आगामी दिनमा कामलाई निरन्तरता दिने र हाल भोजपुरी फिल्म साइन गरिसकेको र त्यसले अहिलेको पीडा भुलाउन सहयोग गर्ने समेत बताइन् ।

आफ्नो पीडा बाहिर ल्याउँदा कसैले साथ नदिए पनि आफू चुप लागेर नबस्ने समेत बताइन् । तपाईले फिल्मकर्मीहरुबाट कस्तो सहयोग पाउनुभएको छ भनेर सोधिएको प्रश्नमा उनले भनिन् ‘कोही पनि कसैको पक्षमा बोल्नुभएको छैन । केही समय अगाडि स्यारोन श्रेष्ठको कुरा उठ्दा कसैले बोलेनन् । हामी पनि बोल्न डरायौं । उहाँलाई परेको बेला कसैले साथ दिएन । मलाई पनि दिएनन् । मलाई साथ दिएनन् भनेर चुप लागेर भने बस्दिनँ ।’

वि.सं.२०७६ साउन ३ शुक्रवार ०९:३४ मा प्रकाशित

दिपल प्रस्तुत मिस युनिभर्स नेपाल २०२६ को काठमाडौंमा  ग्रान्ड अडिसन सम्पन्न

दिपल प्रस्तुत मिस युनिभर्स नेपाल २०२६ को काठमाडौंमा  ग्रान्ड अडिसन सम्पन्न

काठमाडौं । दिपल प्रस्तुत मिस युनिभर्स नेपाल २०२६ को काठमाडौंमा...

अच्युतराम भण्डारी संगीत प्रतिष्ठानको ४९औँ श्रृंखलामा डा. ध्रुबेश चन्द्र रेग्मीद्वारा राग ‘बागेश्री’ प्रस्तुति

अच्युतराम भण्डारी संगीत प्रतिष्ठानको ४९औँ श्रृंखलामा डा. ध्रुबेश चन्द्र रेग्मीद्वारा राग ‘बागेश्री’ प्रस्तुति

काठमाडौं। अच्युतराम भण्डारी संगीत प्रतिष्ठानको ४९औँ मासिक शास्त्रीय संगीत श्रृंखलामा...

ड्रेस टु इम्प्रेस’ १३ औँ संस्करणमा चार फेशन डिजाइनर भए उत्कृष्ट

ड्रेस टु इम्प्रेस’ १३ औँ संस्करणमा चार फेशन डिजाइनर भए उत्कृष्ट

काठमाडौँ । फेसनसम्बन्धी नेपालको अग्रणी एकेडेमी स्कूल अफ फेसन एन्ड...

अभिनेत्री दिपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया

अभिनेत्री दिपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया

काठमाडौं । अभिनेता तथा निर्देशक दीपकराज गिरीले अभिनेत्री तथा निर्देशक...