back
CTIZAN AD

शिक्षक लाईसेन्स : निम्न माध्यामिक तहको विज्ञान विषयको नमुना विषयगत प्रश्न संगालो

वि.सं.२०७६ साउन ३ शुक्रवार

1.8K 

shares


३ साउन, काठमाडौँ । शिक्षक लाईसेन्सको तयारी गरिरहेकाहरुको आबश्यकतालाई मध्यनजर गर्दै हामीले विभिन्न विषयहरुको सम्भावित वस्तुगत पश्नको संगालो ल्याउने गरेका छौँ र आज निम्न माध्यामिक तहका विज्ञान विषयका लागि उपयोगी हुने खण्ड (ख) शिक्षण सिकाइका तौरतरिका (विधि), सिकाइमा सूचना तथा सञ्चार प्रविधिको प्रयोगसम्बन्धी ज्ञान परिक्षण अन्तर्गत ५ प्रश्न लिएर आएका छौँ ।

यस खण्डमा २५ अङ्का ५ अङ्कभारका दरले पाँच वटा प्रश्नहरु सोधिनेछन् । विज्ञान विषयको शिक्षक लाईसेन्सका परीक्षामा शिक्षण सिकाइका तौरतरिका (विधि), सिकाइमा सूचना तथा सञ्चार प्रविधिको प्रयोगसम्बन्धी ज्ञान परिक्षण अन्तर्गत खण्ड अन्तर्गत सोधिने केही नमुना विषयगत सम्भावित प्रश्नहरु । यस खण्डबाट ५ वटा प्रश्नहरु रहनेछन् ।
यी हुन् शिक्षक लाईसेन्सको निम्न माध्यामिक तह विज्ञान विषयको परीक्षमा सोधिने ५ वटा २५ अङ्कका सम्भावित विषयगत पश्नहरु

निम्न माध्यामिक तहको अध्यापन अनुमतिपत्रमा सोधिने नमुना प्रश्न


तहः निम्न माध्यामिक पत्र : पहिलो (विषयगत)
पूर्णाङ्क : २५
खण्ड : ख
सबै प्रश्नको उत्तर दिनुहोस् ।


प्रश्न नं. १. विज्ञान शिक्षण भनेको के हो ? विज्ञान शिक्षणको महत्वलाई ४ बुँदामा व्याख्या गर्नुहोस् । (१ +४)

प्रश्न .नं. २. विज्ञान प्रक्रियागत सिप भनेको के हो ? ४ वटा आधारभूत विज्ञान प्रक्रियागत सिपलाई छोटकरीमा वर्णन गर्नुहोस् । (१+४)

प्रश्न नं ३. परिमार्जित ब्लुमको टेक्सोनोमी अन्तर्गत संज्ञानात्मक क्षेत्रका तहहरुको सूची बनाई प्रत्येक तहको एक एक ओटा प्रश्न तयार गर्नुहोस् । (१+४)


प्रश्न नं. ४. विशिष्टीकरण तालिका भनेको के हो ? विष्टिीकरण तालिकाको कुनै चारवटा प्रयोगलाई छोटकरीमा वर्णन गर्नुहोस् । (१+४)

प्रश्न नं. ५. कार्यमूलक अनुसन्धान भनेको के हो ? शिक्षकको लागि कार्यमूलक अनुसन्धान आवश्यकता पर्नुका कारणहरु उल्लेख गर्नुहोस् । ( १+४)

वि.सं.२०७६ साउन ३ शुक्रवार ०९:४० मा प्रकाशित

चलचित्र ‘गूरु आमा’को ‘सम्झना साँचौला’ सार्वजनिक

चलचित्र ‘गूरु आमा’को ‘सम्झना साँचौला’ सार्वजनिक

काठमाडौँ । भिन्नै कथावस्तुमा आधारित नेपालीकथानक चलचित्र ‘गूरु आमा’को गीत...

याङजोमको प्रश्न ‘हेल्लो गृष्मा, तिम्रो एसइई कस्तो हुँदैछ ?’

याङजोमको प्रश्न ‘हेल्लो गृष्मा, तिम्रो एसइई कस्तो हुँदैछ ?’

प्रकाश सिलवाल, काठमाडौँ। 'हेल्लो गृष्मा, तिम्रो परीक्षा कस्तो हुँदै छ...

आजदेखि एसइई परीक्षा

आजदेखि एसइई परीक्षा

काठमाडौँ । आजदेखि सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा (एसइई) मा...

सिरुबारीमा मारुत मिसन अभियानः शिक्षकहरूले पाए ’क्वान्टम ऊर्जा’ र ’परा–शिक्षा’को दुर्लभ दीक्षा

सिरुबारीमा मारुत मिसन अभियानः शिक्षकहरूले पाए ’क्वान्टम ऊर्जा’ र ’परा–शिक्षा’को दुर्लभ दीक्षा

स्याङ्जा । गण्डकी प्रदेशको पवित्र पर्यटकीय स्थल सिरुबारीस्थित श्री त्रि–शहीद...

प्रश्नपत्र चुहावटपछि देवचुलीमा विज्ञान परीक्षा पुनः सञ्चालन गर्ने निर्णय

प्रश्नपत्र चुहावटपछि देवचुलीमा विज्ञान परीक्षा पुनः सञ्चालन गर्ने निर्णय

काठमाडाैँ । नवलपुरको देवचुली नगरपालिकामा कक्षा ८ को नगरस्तरीय परीक्षाअन्तर्गत...