३ साउन, काठमाण्डौं । त्रिभुवन विश्व विद्यालयका कर्मचारी भर्नामा अनियमितताको आरोपमा भ्रष्टाचार मुद्दा लागेका त्रिवि सेवा आयोगका अवकाशप्राप्त कर्मचारी राम बहादुर पाण्डेले आत्महत्या गरेका छन् ।
मुद्दाकै विषयमा छलफल गर्न गएका पाण्डे त्रिपुरेश्वरस्थित राधा भवनबाट हाम फालेर आत्महत्या गरेका हुन् ।
बिहान करिब साढे ११ बजे भवनको छैटौ तलाबाट हामफलेको प्रहरीले जनाएको छ । घटनास्थलको प्रकृति हेर्दा उनले आत्महत्या नै गरेको देखिएको तथा पोष्टमार्टममार्फत थप पृष्टि हुने प्रहरीले जाएको छ ।
भ्रष्टाचारकै मुद्दाका विषयमा छलफल गर्न र वकिललाई पैसा दिन भनेर १० हजार रुपैयाँ बेकेर उनी त्यहाँ पुगेको पनि शुक्रबारको नयाँपत्रिका दैनिकमा समाचार छ ।
आफ्ना वकिल नभेटेपछि उनी अर्का वकिलसँग कुरा गरेर बाहिरीएका थिए । उनी खसेको तलामा रेलिङ समेत भएकाले कसैले धेकेलेर वा चिप्लिएर खस्ने सम्भावना नरहेको प्रहरीको भनाइ छ ।
पाण्डे अंशबण्डा लगायतका पारिवारीक तनावमा समेत रहेको उनका परिवारका सदस्यले बताएका छन् । मृत्युको कारणबारे अनुन्धान भइरहेको काठमाण्डौं प्रहरी परिसरका एसएसपी उत्तमराज सुवेदीले बताए ।