Logo
१० चैत्र २०७९, शुक्रबार
     Fri Mar 24 2023
E-paper
  English Edition
   Unicode
Logo

मेची भन्सारको राजश्व लक्ष्यभन्दा कम




३ साउन , भद्रपुर । मेची भन्सार कार्यालय झापाले गत आव २०७५\७६ मा लक्ष्यको तुलनामा १५ प्रतिशतले राजश्व सङ्कलनमा कमी भएको जनाएको छ । भारतको कोलकाताबाट आयात हुने कोइला, क्लिङ्कर गत चैतबाट ठप्प भएको र बङ्लादेशबाट आउने जुससमेत राजश्व वृद्धि भएको भन्दै व्यापारीहरुले ल्याउन बन्द गरेपछि राजश्व सङ्कलनमा कमी आएको प्रमुख भन्सार अधिकृत टेकनारायण अर्यालले बताए ।

भन्सारले गत आवका लागि रु ११ अर्ब ८२ करोड ६१ लाख एक हजार राजश्व सङ्कलन हुने लक्ष्य राखेको थियो । उक्त आवमा रु १० अर्ब नौ करोड ९५ लाख ७३ हजार मात्र राजश्व असुली गर्न भन्सार सफल भएको अधिकृत अर्यालले बताए । यो रकम लक्ष्यको तुलनामा १५ प्रतिशत कम हो ।

भन्सारले गत अघिल्लो वर्ष २०७४\७५ को तुलनामा भने राजश्व तीन दशमलव ६९ प्रतिशतले बढी सङ्कलन गरेको जनाएको छ । कार्यालय प्रमुख अर्यालका अनुसार अघिल्लो वर्षको लक्ष्य नौ अर्ब २० करोड ९१ लाख ४१ हजार रहेको थियो भने रु नौ अर्ब ७४ करोड तीन लाख ६१ हजार असुली गरेको थियो ।

भन्सार अधिकृत अर्यालले गत वर्षको तुलनामा राजश्व वृद्धि भएको बताउँदै भने , “पूर्वी नाकाबाट आयात हुने कोइला, पेट्रोलियम पदार्थ, क्लिङ्कर, टायल्सलगायतका सामग्रीमा कमी हुँदा गत आर्थिक वर्षको राजश्व प्रभावित भएको हो ।”


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मंगलबार एउटा अप्रत्यासित खबरले अमेरिकाका नेपाली स्तब्ध भए । अमेरिकाको नेपाली समाज मात्र नभएर

काठमाडौं । नेपाल राष्ट्र बैंकले २०८० सालका लागि बैंकहरुमा सार्वजनिक विदाको सूची सार्वजनिक गरेको

काठमाडौं । काठमाडौं महानगरपालिकाले १० वर्षका लागि काठमाडौं प्लाजा भाडामा लिएको छ । बुधबार

काठमाडौं । हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको प्रभाव रहेको छ । मौसम तथा

काठमाडौं । निरन्तर बढ्दै आएको सुनको भाउ आजको बजारमा भने प्रतितोला ७ सय रुपैयाँले