Logo
९ चैत्र २०७९, बिहीबार
     Thu Mar 23 2023
E-paper
  English Edition
   Unicode
Logo

चिनियाँ क्यापसहरूमा सूचना प्रविधिको पढाई लोकप्रिय



३ साउन, छेन्दु । चिनियाँ विभिन्न विश्वविद्यालयअन्तर्गतका क्याम्पसहरूमा सूचना प्रविधि (आईटी) सम्बन्धी विषय लोकप्रिय भएको पाइएको छ ।

पछिल्लो पाँच वर्षमा अन्य क्षेत्रको तुलनामा सूचना प्रविधि क्षेत्रमा रोजगारी पाउन सजिलो भएपछि यसको लोकप्रियता बढेको एक अध्ययनले देखाएको हो ।

चीनको एउटा मुख्य बजार परामर्शदाता कम्पनी माइकोसले गरेको अध्ययनको प्रतिवेदन बिहीबार सार्वजनिक गरिएको थियो ।

सन् २०१४ देखि २०१८ सम्ममा सूचना प्रविधिको क्षेत्रमा लाग्ने कलेजहरूको सङ्ख्या पनि अत्यधिक बढेको अध्ययन प्रतिवेदनमा उल्लेख छ ।

सूचना प्रविधिको अध्ययन गरेकामध्ये ८.५ प्रतिशतले इन्टरनेट कम्पनीमा रोजगारी पाएका छन् । व्यावसायिक अध्ययनका लागि पनि सूचना प्रविधिसम्बन्धी विषय धेरै विद्यार्थीको आकर्षणको विषय बनेको छ ।

सूचना प्रविधिको अध्ययन गरेका विद्यार्थीमध्ये सन् २०१४ मा १.२ प्रतिशतले रोजगारी पाएकोमा सन् २०१८ मा त्यो सङ्ख्या बढेर ४.९ प्रतिशत पुगेको छ ।

प्रतिवेदनमा उल्लेख भएअनुसार सूचना प्रविधि अध्ययन गरेका विद्यार्थीले इन्टरनेट सेवा, अनलाइन खोजी, तथ्याङ्क प्रशोधनलगायतका क्षेत्रमा रोजगारी पाउने गरेका छन् ।

बढ्दो क्रममा रहेको यस सूचना प्रविधि उद्योगमा काम गर्नेहरूलाई सेवा सुविधा पनि धेरै रहेको पाइएको छ ।

यस क्षेत्रमा काम गर्नेहरूको आम्दानी अन्य क्षेत्रमा काम गर्नेको भन्दा औसतमा २० प्रतिशत बढी रहेको पाइएको अध्ययन प्रतिवेदनमा उल्लेख छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको प्रभाव रहेको छ । मौसम तथा

काठमाडौं । लामो समयदेखि अमेरिकामा समाजसेवामा सक्रिय रहेका कृष्ण लामिछाने मृत भेटिएका छन् ।

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले लोकसेवा आयोगबाट सञ्चालित लिखित परीक्षा तथा अन्तरवार्ताबाट कोशी

काठमाडौं । निरन्तर बढ्दै आएको सुनको भाउ आजको बजारमा भने प्रतितोला ७ सय रुपैयाँले