back
CTIZAN AD

चिनियाँ क्यापसहरूमा सूचना प्रविधिको पढाई लोकप्रिय

वि.सं.२०७६ साउन ३ शुक्रवार

801 

shares

३ साउन, छेन्दु । चिनियाँ विभिन्न विश्वविद्यालयअन्तर्गतका क्याम्पसहरूमा सूचना प्रविधि (आईटी) सम्बन्धी विषय लोकप्रिय भएको पाइएको छ ।

पछिल्लो पाँच वर्षमा अन्य क्षेत्रको तुलनामा सूचना प्रविधि क्षेत्रमा रोजगारी पाउन सजिलो भएपछि यसको लोकप्रियता बढेको एक अध्ययनले देखाएको हो ।

चीनको एउटा मुख्य बजार परामर्शदाता कम्पनी माइकोसले गरेको अध्ययनको प्रतिवेदन बिहीबार सार्वजनिक गरिएको थियो ।

सन् २०१४ देखि २०१८ सम्ममा सूचना प्रविधिको क्षेत्रमा लाग्ने कलेजहरूको सङ्ख्या पनि अत्यधिक बढेको अध्ययन प्रतिवेदनमा उल्लेख छ ।

सूचना प्रविधिको अध्ययन गरेकामध्ये ८.५ प्रतिशतले इन्टरनेट कम्पनीमा रोजगारी पाएका छन् । व्यावसायिक अध्ययनका लागि पनि सूचना प्रविधिसम्बन्धी विषय धेरै विद्यार्थीको आकर्षणको विषय बनेको छ ।

सूचना प्रविधिको अध्ययन गरेका विद्यार्थीमध्ये सन् २०१४ मा १.२ प्रतिशतले रोजगारी पाएकोमा सन् २०१८ मा त्यो सङ्ख्या बढेर ४.९ प्रतिशत पुगेको छ ।

प्रतिवेदनमा उल्लेख भएअनुसार सूचना प्रविधि अध्ययन गरेका विद्यार्थीले इन्टरनेट सेवा, अनलाइन खोजी, तथ्याङ्क प्रशोधनलगायतका क्षेत्रमा रोजगारी पाउने गरेका छन् ।

बढ्दो क्रममा रहेको यस सूचना प्रविधि उद्योगमा काम गर्नेहरूलाई सेवा सुविधा पनि धेरै रहेको पाइएको छ ।

यस क्षेत्रमा काम गर्नेहरूको आम्दानी अन्य क्षेत्रमा काम गर्नेको भन्दा औसतमा २० प्रतिशत बढी रहेको पाइएको अध्ययन प्रतिवेदनमा उल्लेख छ ।

वि.सं.२०७६ साउन ३ शुक्रवार ११:५० मा प्रकाशित

अमेरिका खाडी मुलुकको सुरक्षा स्थिरता कायम गर्न प्रतिवद्ध : रुबियो

अमेरिका खाडी मुलुकको सुरक्षा स्थिरता कायम गर्न प्रतिवद्ध : रुबियो

। वासिङ्टनले अमेरिका–इरान समझदारीले खाडी सहयोग परिषद् (जीसीसी) राज्यहरूको सार्वभौमिकता,...

आँधीले जापानमा उडान प्रभावित

आँधीले जापानमा उडान प्रभावित

टोकियो । दुई शक्तिशाली उष्णकटिबन्धीय आँधी जापानतर्फ अघि बढेसँगै देशका...

भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु

भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु

ला गुआइरा (भेनेजुएला) । उत्तरी भेनेजुएलामा बुधबार राति एक मिनेटभन्दा...

भेनेजुएला भूकम्प अपडेट : ३२ जनाको मृत्यु, ७०० जना घाइते

भेनेजुएला भूकम्प अपडेट : ३२ जनाको मृत्यु, ७०० जना घाइते

काराकास । भेनेजुएलामा बुधबार साँझ आएको शक्तिशाली भूकम्पमा कम्तीमा ३२...

द्वन्द्व सुरु भएयता ‘स्टेट अफ हर्मुज’ हुँदै ३६ वटा वस्तुवाहक जहाज आवतजावत

द्वन्द्व सुरु भएयता ‘स्टेट अफ हर्मुज’ हुँदै ३६ वटा वस्तुवाहक जहाज आवतजावत

पेरिस । इरानसँग सम्बन्धित द्वन्द्व सुरु भएयता सोमबार ‘स्टे«ट अफ...

केन्यामा इबोला क्वारेन्टाइन सुविधासम्बन्धी तयारीका काम तत्काल रोक्न आदेश

केन्यामा इबोला क्वारेन्टाइन सुविधासम्बन्धी तयारीका काम तत्काल रोक्न आदेश

नैरोबी  ।  केन्याले अमेरिकी सहयोगमा निर्माणाधीन इबोला क्वारेन्टाइन सुविधासम्बन्धी तयारीका...