back
CTIZAN AD

इरानसँगको आणविक सम्झौता जोगाउन सहमति

वि.सं.२०७६ साउन ३ शुक्रवार

843 

shares

३ साउन, मस्को । इरानसँग सन् २०१५ मा गरिएको आणविक सम्झौतालाई रक्षा गर्न ‘सङ्गठित प्रयास’ को आवश्यकता रहेको प्रति रूसी राष्ट्रपति भ्लादिमिर पुटिन र उनका फ्रान्सेली समकक्षी इम्यानुयल म्याक्रोँ सहमत भएका छन् ।

इरानसँग विश्वका शक्ति राष्ट्रहरू, अमेरिका, बेलायत, रूस, चीन, जर्मनी र फ्रान्सका साथै युरोपेली सङ्घले गरेको आणविक सम्झौताबाट अमेरिका फिर्ता भएको र यसका कारण अमेरिका र इरानबीच बढेको तनावका कारण इरानले पनि सम्झौताबाट फिर्ता हुनेगरी लिनसक्ने घातक निर्णय विश्व समुदायको हितमा नहुने भन्दै सम्झौतालाई जोगाउने विषयमा सङ्गठित रूपमा लाग्नुपर्नेमा उनीहरूबीच सहमति भएको हो ।

पुटिन र म्याक्रोँबीच भएको फोन वार्तामा इरानसँगको आणविक सम्झौता भनेर चिनिने ‘संयुक्त बृहद् कार्यक्रम’ मध्यपूर्वको सुरक्षा र गैर–आणविक शासन स्थापनार्थ महत्वपूर्ण माध्यम भएकोमा दुवै नेताको ठहर रहेको छ, रूसी प्रशासनिक केन्द्र क्रेमलिनद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

विज्ञप्तिमा भनिएको छ, “दुवै पक्षबीच आणविक कार्यक्रमलाई जोगाउन चाहने सबै राष्ट्रबीच सङ्गठित तथा सल्लाह गर्न आवश्यक पहल गरिनुपर्नेमा जोड भएको छ ।”

अमेरिकी पूर्व राष्ट्रपति बाराक ओवामाको पहलमा विश्व शक्ति राष्ट्रहरूले गरेको सम्झौता अमेरिकी पक्षमा नरहेको भन्दै वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पले गत वर्षदेखि यसबाट फर्केको साथै इरानमाथि सम्झौता पहिले गरिएका आर्थिक नाकाबन्दी कायम रहने घोणणा गरेका थिए । ट्रम्प प्रशासनले इरानलाई नयाँ सम्झौताका लागि दबाब दिन नयाँ आर्थिक प्रतिबन्धको पनि घोषणा भएको छ ।

पछिल्लो समय अमेरिका इरान विवादले इन्धन कारोबारमा प्रयोग गरिने मध्यपूर्वी सामुद्रिक मार्गलाई प्रत्यक्ष प्रभावित पारेको छ ।

वि.सं.२०७६ साउन ३ शुक्रवार ११:४२ मा प्रकाशित

 अनशनरत भारतीय अभियन्ताको स्वास्थ्य अवस्थाबारे चिन्ता

 अनशनरत भारतीय अभियन्ताको स्वास्थ्य अवस्थाबारे चिन्ता

नयाँदिल्ल । नयाँदिल्लीको एक अदालतले बिहीबार भारतको परीक्षा प्रणालीविरुद्ध अनशनरत...

अमेरिकी महिलाको रिहाइमा ‘शुभेच्छाको इशारा’:  भन्दै राष्ट्रपति ट्रम्पद्धारा प्रशंसा

अमेरिकी महिलाको रिहाइमा ‘शुभेच्छाको इशारा’:  भन्दै राष्ट्रपति ट्रम्पद्धारा प्रशंसा

वाशिङटन, अमेरिका । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्थानीय समय अनुसार...

इङल्यान्डलाई पराजित गर्दै अर्जेन्टिना विश्वकप फाइनलमा प्रवेश

इङल्यान्डलाई पराजित गर्दै अर्जेन्टिना विश्वकप फाइनलमा प्रवेश

काठमाडौँ । इङल्यान्डलाई पराजित गर्दै अर्जेन्टिना ‘फिफा विश्वकप २०२६’ को...

न्युयोर्कमा नेपाली–अमेरिकन व्यापार तथा लागानी सम्मेलन हुने

न्युयोर्कमा नेपाली–अमेरिकन व्यापार तथा लागानी सम्मेलन हुने

काठमाडौँ । नेपाल र अमेरिकाबीच व्यापार, लगानी, उद्यमशीलता, नवप्रवर्तन तथा...

इरानबाट आएका चार क्षेप्यास्त्र जोर्डनको हवाई प्रतिरक्षाद्वारा निस्तेज

इरानबाट आएका चार क्षेप्यास्त्र जोर्डनको हवाई प्रतिरक्षाद्वारा निस्तेज

अम्मान । जोर्डनको हवाई प्रतिरक्षा प्रणालीले मङ्गलबार बिहान इरानी भू–भागबाट...

बैङ्ककको पबमा आगलागीः आधारभूत सुरक्षा उपायको अभाव रहेको विज्ञको दाबी

बैङ्ककको पबमा आगलागीः आधारभूत सुरक्षा उपायको अभाव रहेको विज्ञको दाबी

बैङ्कक । थाइल्यान्डको राजधानी बैङ्ककस्थित एक बारमा भएको भीषण आगलागीमा...