back
CTIZAN AD

के गरिन् र यी महिलाले जहाजमा, जसका कारण १ लाख डलर जरिवाना तिर्नुपर्यो ?

वि.सं.२०७६ साउन ४ शनिवार

1.4K 

shares

एक महिलाकै कारण भरी जहाज जहाँबाट हिँड्यो त्यहि फिर्ता गर्नुपर्ने अवस्था आएको छ । यो घटना हो बेलायतको । लन्डन स्ट्यान्डस्टेड विमानस्थलबाट दक्षिण–पूर्वी टर्किको डालामातर्फ जाँदै गरेको हवाई जहाजलाई विचबाटोबाटै पुन ः सोहि ठाउँमै फर्काउनु परेको बताइएको छ ।

त्यसको कारण हुन् एक महिला । विमानमा यात्रा गरिरहेकी च्लोई हेन्स नामक महिला यात्रुका कारण बेलायती विमान जेट टूले ठूलो नोक्सानी समेत बेर्होनु परेको छ भने महिला स्वयम्लाई १ लाख ५ हजार डलर जरिवाना तिराउने भएको छ । ती महिलाले जहाजभित्र आक्रामक शैली देखाउने, उडिरहेको विमानको ढोका खोल्न खोज्ने, अन्य यात्रुहरुमाथि अपमानजनक व्यवहार गर्ने लगायतका हरकत गरेपछि उनलाई अन्य यात्रुको सहयोगमा नियन्त्रणमा लिएर विमानलाई दुर्घटना हुनबाट बचाईको विमान कम्पनीले जनाएको छ ।

उक्त विमानलाई संभावित दुर्घटनाबाट बचाउनका लागि रोयल एयरर्फोस (आरएएफ) को सहयोगमा लन्डन स्ट्यान्डस्टेडमै फिर्ता लगिएको विमानका क्रु सदस्यले जानकारी दिएका छन् ।

ती महिलालाई आजीवन विमानसेवाबाट प्रतिबन्ध लगाइएको र उनका कारण विमान गन्तव्यमा पुग्न नसकेको भन्दै उक्त जरिवाना तिराइने विमान कम्पनीले जनाएको छ । जेट टू का कार्यकारी प्रमुखले ती महिलाले गलत व्यवहारको परिणाम भोग्नुपर्ने बताउँदै आजसम्म त्यस्तो प्रकारको व्यवहार कुनैपनि यात्रुबाट नपाइएको पनि उनले जनाएका छन् । ऐजेन्सी

वि.सं.२०७६ साउन ४ शनिवार १२:०६ मा प्रकाशित

बुद्धिमान वृद्धको उत्तर

बुद्धिमान वृद्धको उत्तर

एक दिन एउटा गाउँमा निकै बुद्धिमान वृद्ध बस्थे। टाढा–टाढाबाट मानिसहरू...

मदनकृष्ण श्रेष्ठको जीवनीमा फिल्म बनाउँदै निर्देशक चाम्स

मदनकृष्ण श्रेष्ठको जीवनीमा फिल्म बनाउँदै निर्देशक चाम्स

काठमाडौँ । कलाकार मदनकृष्ण श्रेष्ठको जीवनीमा आधारित चलचित्र ‘मदनकृष्ण’ बन्ने...