मिति २०१९/०७/१७ का दिन रामेछाप दोहा सम्पर्क समाजले एक होनाहार युवा, तथा रामेछाप दोहा सम्पर्क समाजले पनि केही गर्नुपर्छ भन्ने सोच लिएर जहिले पनि अग्रपंक्तिमा निरन्तर अगाडी बढीरहेका सक्रिय सदस्य अमित लामालाई दोहाको एक होटेलमा कार्यक्रमको आयोजना गरी विधाई तथा सम्मान गरेको छ ।
यस कार्यक्रम समाजका अध्यक्ष ललितकुमार तामाङ्गको अध्यक्षता र कार्यक्रम सन्चालन समाजका सचिव निर्मल नेवा खडगीको रहेको थियो । कार्यक्रममा प्रथम उपाध्यक्ष उद्धव मगर, महासचिव नरबहादुर तामाङ्ग, सचिव निर्मल नेवा खडगी, सहकोषाध्यक्ष मान कुमार मोक्तान, सदस्यहरु : विक्रम योञ्जन, बुद्ध योञ्जन,अमित लामा, विनीता घिसिङ, रहेको कार्यक्रममा स्वागत मन्तव्य समाजका सह–कोषाध्यक्ष मान कुमार मोक्तानले राख्नु भएको थियो भने परस्पर शुभकामना तथा विधाइको सम्झना स्वरुप खादा ओढाई उपस्थित सम्पूर्णले सम्मान गरेको थियो ।
यसैक्रममा सम्मानीत कर्मठ युवा अमित लामाले पनि सबै साथीहरुसंग छुट्टीन पर्दाको पिडाबोध गर्दै आफू नेपालमा गएरपनि यस संस्थाप्रती निरन्तर गर्न सक्ने कामहरु अग्रज स्रष्ठाहरुसंग रायसुझाव लिएर काम गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।
अन्तमा कार्यक्रमका अध्यक्ष ललित कुमार तामाङ्गले पनि आफ्ना भनाईहरु राख्दै सम्मानीत अमित लामालाई अबको दिनहरुमा झनै यस्ता होनाहार युवाको खाँचो रहेको बताए । उनले छोटो बसाइमा नै उनको संस्थाप्रति लगाव झुकाव र क्रियाशीलले गर्दा नै उनी आज हामी माझ आँखाको नानी भएर घुमी रहेको बताउँदै आगामी दिनहरुमा विभिन्न आरोह अवरोहको बाबजुद पनि निरन्तर अगाडी बढीरहनेमा पूर्ण आशाका साथ संस्थाको तर्फबाट प्रमाणपत्र हस्तान्तरण गर्दै कार्यक्रम सौहद्रपुर्ण वातावरणमा समाप्त भएको घोषणा गरेका थिए ।
वि.सं.२०७६ साउन ५ आइतवार १६:३६ मा प्रकाशित
























