back
CTIZAN AD

हेमाले हालिन् छवि र शिल्पा विरुद्ध मुद्दा अव के होला ?

वि.सं.२०७६ साउन ६ सोमवार

834 

shares

फिल्म निर्माता छवि ओझाकी जेठी श्रीमती हेमाले छवि र नायिका शिल्पा पोखरेल विरुद्ध बहुबिवाहको मुद्दा हालेकी छन् ।

चारवटी श्रीमती भित्राएका छवि ओझाकी कान्छी श्रीमतीको रुपमा नायिका शिल्पा पोखरेल भित्रिएकी थिइन् । तर, विहे दर्ता गरेको १ वर्ष नपुग्दै छविले घरेलु हिंसा गरेको भन्दै प्रहरीमा उजुरी दिन गएकी थिइन् शिल्पा । उनले श्रीमान छवि ओझाले आफ्नो कानको जाली फुट्ने गरी झापड हानेको भन्दै छविले गरेको हिंसाबाट आफू पीडित भएको भन्दै न्याय मागेकी थिएन् ।
उता शिल्पाले छविले गरेको घरेलु हिंसा विरुद्ध प्रहरी गुहारेको केही साता नवित्दै छविकी जेठी श्रीमती हेमा ओझाले पनि छविमाथि बहुबिवाहको मुद्दा हालेकी हुन् । छविले यसअघिका सबै श्रीमतीसँग सम्बन्ध बिच्छेद गरेर मात्र शिल्पालाई भित्राएको बताउँदै आएपनि यतिबेला उनको झुट बाहिर आएको छ । हेमाले आइतबार मात्रै गौशाला प्रहरीमा बहुबिबाहको मुद्दा दायर गरेकी हुन् ।

हेमाले दिएको उजुरी अनुसार उनीहरुको बिहे २०४१ सालमा भएको थियो । हाल उनीहरुका राजीव र महेश नामका दुई छोरा छन् । आफूप्रति छविको व्यवहार ठिक नलागेर सोध्दा ‘केही होइन, किन शंका गछ्र्यौ’ भनेर छविले जवाफ दिएको हेमाले दायर गरेको मुद्दामा लेखिएको छ ।

उनले शिल्पासँग जोडिएको सम्बन्ध बारे छविलाई सोध्दा पनि ‘के छ तिमीसँग प्रमाण ?’ भनेर सोध्दा आफूसँग प्रमाण केही नभएकोले चुप लागेर बसेको बताएकी छन् । पछि छविकै कार्यालयका कर्मचारीको सहयोगमा शिल्पासँग विहे गरेको कानुनी कागजात फेला पारेपछि सोहि आधारमा बहुबिवाहको मुद्दा दायर गरेको पनि उनले उक्त पत्रमा उल्लेख गरेकी छन् । हेमाले छवि राज ओझा र शिल्पा पोखरेललाई विपक्षी बनाउँदै विरुद्ध मुद्दा दायर गरेकी हुन् ।

यदि हेमाले हालेको बहुविवाहको मुद्दाको फैसला भएमा कानुन अनुसार शिल्पा र छविलाई एकदेखि पाँचवर्षको जेल सजाय र १५ हजार सम्म जरिवाना तिर्नुपर्नेछ ।

वि.सं.२०७६ साउन ६ सोमवार ०८:५६ मा प्रकाशित

मदनकृष्ण श्रेष्ठको जीवनीमा फिल्म बनाउँदै निर्देशक चाम्स

मदनकृष्ण श्रेष्ठको जीवनीमा फिल्म बनाउँदै निर्देशक चाम्स

काठमाडौँ । कलाकार मदनकृष्ण श्रेष्ठको जीवनीमा आधारित चलचित्र ‘मदनकृष्ण’ बन्ने...

आइएमईको सांगितिक एम्वेष्डरमा प्रकाश सपुत नियूक्त

आइएमईको सांगितिक एम्वेष्डरमा प्रकाश सपुत नियूक्त

काठमाडौँ । आइएमई लिमिटेडको सांगीतिक दूतमा चर्चित गायक तथा अभिनेता...

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

काठमाडौं । गजलकार जिबी सुनारद्वारा लिखित गजल संग्रह ‘पार्शल’ शनिबार...

असामान्य जोडीको कथामा तयार गरिएको ‘गौँथली’

असामान्य जोडीको कथामा तयार गरिएको ‘गौँथली’

काठमाडौँ । असामान्य जोडीको कथामा आधारित रहेर चलचित्र ‘गौँथली’ तयार...