back
CTIZAN AD

विवादित अमेरिकी अल्पसङ्ख्यक महिला सांसदले ‘राष्ट्रसँग माफी माग्नुपर्छ’ – ट्रम्प

वि.सं.२०७६ साउन ६ सोमवार

843 

shares

६ साउन, वाशिङ्टन । डेमोक्रेटिक पार्टीको तर्फबाट अमेरिकी कङ्ग्रेस (संसद्)मा प्रतिनिधित्व गर्ने चार जना सांसदले उनीहरूले व्यक्त गरेका ‘घृणाजन्य कुरा’लाई लिएर अमेरिकासँग क्षमा माग्नुपर्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बताएका छन् ।

आइतबार सामाजिक सञ्जाल ट्वीटरमार्फत राष्ट्रपति ट्रम्पले भनेका छन् , “मेरो विचारमा ती चार सांसदले अमेरिकी राष्ट्रियतालाई सम्मान गर्न सकेका छैनन् ।”

ट्रम्पको डेमोक्रेटिक पार्टीका सांसदहरू, अलेक्जेड्रिया ओकासियो–कोर्टेज, रसिदा त्लाइब, इल्हान ओमार र आयन्ना प्रेस्लीतर्फ सङ्केत गर्दै उनीहरू जहाँबाट आएका हुन् त्यतै फर्किनु उचित भएको भन्ने भनाइलाई थप सान्दर्भिक तुल्याउन पुनः नयाँ अभिव्यक्ति दिएका हुन् ।

उनले भने , “उनीहरूले डेमोक्रेटिक पार्टीलाई विनास गर्दैछन् । तर समृद्ध अमेरिकालाई विनास गर्न उनीहरूको कुनै सामथ्र्य रहने छैन । उनीहरू कमजोर र असुरक्षित छन् ।”

वामपन्थी विचारको पक्षधर अमेरिकी अल्पसङ्ख्यक ती सांसदहरूको भनाइप्रति आक्रोश व्यक्त गर्दै राष्ट्रपति ट्रम्पले उनीहरू जहाँबाट आएका हुन् त्यही जान भनेकोे एक हप्ता पछि पुनः अर्को अभिव्यक्ति आएको हो ।

हिस्पानिक, अरबी, सोमानियाली, र अफ्रिकी मुलका सांसदमध्ये तीन अमेरिकामा नै जन्मेहुर्केका अमेरिकी नागरिक हुन् । ओमारसहितका ती सांसदलाई ट्रम्पले अमेरिकालाई दुष्टहरूको शक्ति देख्ने वामपन्थी विचारका प्रशंसक भएको भनी दिएको अभिव्यक्तिले ट्रम्पका हजारौँ समर्थक तथा सहयोगीलाई हौसला प्रदान गरेको थियो । उनीहरूले अमेरिकी रिपब्लिकनको प्रभाव क्षेत्र मानिने कतिपय ठाउँमा प्रदर्शनसमेत गरेका थिए ।

तर अमेरिकी राष्ट्रपतिको उक्त भनाइप्रति अमेरिकी डेमोक्रेट्स नेतासँगै बेलायती प्रधानमन्त्री टरिजा मे, जर्मन चान्सलर एन्जेला मर्केलसहितका केही युरोपेली नेताहरूले समेत आलोचना गरेका थिए ।

वि.सं.२०७६ साउन ६ सोमवार ०९:१९ मा प्रकाशित

अमेरिका खाडी मुलुकको सुरक्षा स्थिरता कायम गर्न प्रतिवद्ध : रुबियो

अमेरिका खाडी मुलुकको सुरक्षा स्थिरता कायम गर्न प्रतिवद्ध : रुबियो

। वासिङ्टनले अमेरिका–इरान समझदारीले खाडी सहयोग परिषद् (जीसीसी) राज्यहरूको सार्वभौमिकता,...

आँधीले जापानमा उडान प्रभावित

आँधीले जापानमा उडान प्रभावित

टोकियो । दुई शक्तिशाली उष्णकटिबन्धीय आँधी जापानतर्फ अघि बढेसँगै देशका...

भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु

भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु

ला गुआइरा (भेनेजुएला) । उत्तरी भेनेजुएलामा बुधबार राति एक मिनेटभन्दा...

भेनेजुएला भूकम्प अपडेट : ३२ जनाको मृत्यु, ७०० जना घाइते

भेनेजुएला भूकम्प अपडेट : ३२ जनाको मृत्यु, ७०० जना घाइते

काराकास । भेनेजुएलामा बुधबार साँझ आएको शक्तिशाली भूकम्पमा कम्तीमा ३२...

द्वन्द्व सुरु भएयता ‘स्टेट अफ हर्मुज’ हुँदै ३६ वटा वस्तुवाहक जहाज आवतजावत

द्वन्द्व सुरु भएयता ‘स्टेट अफ हर्मुज’ हुँदै ३६ वटा वस्तुवाहक जहाज आवतजावत

पेरिस । इरानसँग सम्बन्धित द्वन्द्व सुरु भएयता सोमबार ‘स्टे«ट अफ...

केन्यामा इबोला क्वारेन्टाइन सुविधासम्बन्धी तयारीका काम तत्काल रोक्न आदेश

केन्यामा इबोला क्वारेन्टाइन सुविधासम्बन्धी तयारीका काम तत्काल रोक्न आदेश

नैरोबी  ।  केन्याले अमेरिकी सहयोगमा निर्माणाधीन इबोला क्वारेन्टाइन सुविधासम्बन्धी तयारीका...