back

निर्माणाधीन मन्दिरको छतले किच्दा दुईको मृत्यु

वि.सं.२०७६ साउन ६ सोमवार

762 

shares


६ साउन, फिदिम । पाँचथरको हिलिहाङ गाउँपालिका–७ भारपाको टारी भन्ने स्थानमा निर्माणाधीन मन्दिरको छतले किच्दा दुई जनाको मृत्यु भएको छ ।

स्थानीय अर्जुन रिजालका अनुसार आज बिहान करीब ९ बजे निर्माणाधीन मन्दिरको छतको सटिङ खुस्काउने क्रममा मन्दिरको पूरै छत खसेर किच्दा स्थानीय जगतबहादुर राई र रुद्र राईको चेपिएर मृत्यु भएको हो । घटनास्थल पुगेको प्रहरी टोलीले स्थानीयको सहयोगमा शव बाहिर निकाल्ने प्रयत्न गरिरहेको छ ।

प्रहरी निरीक्षक अनिलकुमार पौडेलका अनुसार ढलान गरिएको छत राम्रोसँग नअडिएका कारण सटिङ खुस्काउने क्रममा पूरै छत खसेर किच्दा उनीहरुको मृत्यु भएको हो । उक्त स्थानमा निर्माण गर्न लागिएको यलम्बर पार्कमा निर्माणाधीन मन्दिरको छत २० दिनअघि नै ढलान गरिएको भए पनि राम्रोसँग नअडिएको पाइएको उनको भनाइ छ ।

वि.सं.२०७६ साउन ६ सोमवार ११:२७ मा प्रकाशित

Himalayan Life AD
सबै राजनीतिक दल उत्साहका साथ निर्वाचनमा सहभागी हुनुपर्ने

सबै राजनीतिक दल उत्साहका साथ निर्वाचनमा सहभागी हुनुपर्ने

झापा । विघटित प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले देशलाई विषम परिस्थितिबाट...

बुद्ध एयरको विमान दुर्घटना : सहचालक सहित सात यात्रु सामान्य घाइते

बुद्ध एयरको विमान दुर्घटना : सहचालक सहित सात यात्रु सामान्य घाइते

चन्द्रकला भण्डारी,झापा । भद्रपुर विमानस्थलमा शुक्रवार राति ९ः१० बजे भएको...

ताप्लेजुङमा मतदाताको सङ्ख्या ९० हजार नाघ्यो

ताप्लेजुङमा मतदाताको सङ्ख्या ९० हजार नाघ्यो

ताप्लेजुङ । ताप्लेजुङमा कुल मतदाताको सङ्ख्या ९० हजार ३ सय...

त्रियुगा क्षेत्रका १२ घरमा हात्तीद्वारा क्षति

त्रियुगा क्षेत्रका १२ घरमा हात्तीद्वारा क्षति

गाईघाट (उदयपुर) । जिल्लाको त्रियुगा नगरपालिका क्षेत्रमा हात्तीले १२ भन्दा...

मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु

मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु

भद्रपुर (झापा) । दमक नगरपालिका–७ लालीगुराँस टोलस्थित भित्री सडकखण्डमा मङ्गलबार...

झापामा पुस १२ गते राप्रपाको जनजागरणसभा

झापामा पुस १२ गते राप्रपाको जनजागरणसभा

बनियानी (झापा) । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले झापाको बिर्तामोडमा...