back
CTIZAN AD

मैवाखोलाद्वारा किबीका बिरुवा वितरण

वि.सं.२०८२ फागुन १३ बुधवार

486 

shares

फुुङ्लिङ (ताप्लेजुङ) । मैवाखोला गाउँपालिकाले उन्नत जातका किबीका बिरुवा वितरण गरेको छ । ‘एक घर एक फलफूल बगैँचा विकास’ कार्यक्रमअन्तर्गत बिरुवा वितरण गरिएको हो ।

गाउँपालिकाका कृषि शाखा प्रमुख सुरेन्द्र राईका अनुसार इलाम जिल्लाबाट खरिद गरी हे–वार्ड जातका किबीका बिरुवा वितरण गरिएको हो । किबीखेती गर्न इच्छुक गाउँपालिकाभित्रका किसानबाट आवेदन माग गरी प्राप्त आवेदनका आधारमा बिरुवा खरिद गरेर वितरण गरिएको छ । उनका अनुसार किसानलाई आवश्यकता र उपलब्धताका आधारमा ३० देखि १०० वटासम्म बिरुवा उपलब्ध गराइएको छ । किबीखेतीका लागि ३३ किसानले आवेदन दिएका थिए र आवेदन दिने सबै किसानलाई बिरुवा वितरण गरिएको छ ।

गाउँपालिकाका अध्यक्ष विजयप्रकाश वनेमका अनुसार ‘एक घर एक फलफूल बगैँचा’ विकास गर्ने उद्देश्यले बिरुवा वितरण गरिएको हो । उनले किवीका बिरुवा प्राप्त गर्ने किसानलाई अन्य प्रजातिका बिरुवा नदिइने पनि स्पष्ट पारे । वितरण गरिएका बिरुवाको नियमित अनुगमन गर्नुका साथै आवश्यक प्राविधिक सहयोगसमेत गाउँपालिकाले उपलब्ध गराउने उनले बताए ।

त्यसैगरी, किसानले लगेको बिरुवाको उचित स्याहार सुसार नगरेमा वा समयमै नरोपेमा गाउँपालिकाबाट प्रदान गरिने सेवासुविधा रोक्का गर्न सकिने पनि उनले बताए । किसानले उत्पादन गरेको फलफूलको बजारीकरणका लागि समेत गाउँपालिकाले आवश्यक सहजीकरण गर्ने अध्यक्ष वनेमले जानकारी दिए । यस कार्यक्रमले स्थानीयस्तरमा व्यावसायिक किबीखेती विस्तार गर्नुका साथै किसानको आयआर्जन वृद्धि गर्न महत्त्वपूर्ण सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

वि.सं.२०८२ फागुन १३ बुधवार १०:५४ मा प्रकाशित

स्पेनी लगानीकर्ता र नेपाली निजी क्षेत्रबीच सहकार्य बढाउने प्रयास

स्पेनी लगानीकर्ता र नेपाली निजी क्षेत्रबीच सहकार्य बढाउने प्रयास

काठमाडौँ । स्पेनको राजधानी म्याड्रिडमा सोमबार आयोजित ‘नेपाल–स्पेन बिजनेस फोरम...

रास्वपा महाधिवेशनः मतदान भोलि

रास्वपा महाधिवेशनः मतदान भोलि

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को नयाँ नेतृत्व चयनका लागि...

पोखरा बसपार्कका व्यापारिक संरचना हटाइयो, सुकुमवासी बस्ती अझै बाँकी

पोखरा बसपार्कका व्यापारिक संरचना हटाइयो, सुकुमवासी बस्ती अझै बाँकी

कास्की । पोखरामा सुविधासम्पन्न बसपार्क निर्माणको योजनामा रहेको पोखरा महानगरपालिकाले...

रास्वपा महाधिवेशनः प्रतिनिधि तीन हजार ८४९

रास्वपा महाधिवेशनः प्रतिनिधि तीन हजार ८४९

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनका निम्ति तीन...

रास्वपा महाधिवेशन: बन्दसत्र १ बजेबाट सुरू हुने

रास्वपा महाधिवेशन: बन्दसत्र १ बजेबाट सुरू हुने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशन अन्तर्गत बन्दसत्र दिउँसो...

विष्णु पौडेल पक्राउ प्रकरणः एमाले संसदीय दल र सचिवालय बैठक बस्दै

विष्णु पौडेल पक्राउ प्रकरणः एमाले संसदीय दल र सचिवालय बैठक बस्दै

काठमाडौं । नेकपा एमालेले संसदीय दल र केन्द्रीय सचिवालय बैठक...