back
CTIZAN AD

एकपटक अवस्य पढ्नुहोस्, क्यान्सर लाग्नबाट बचाउँछन् यी खानेकुरा

वि.सं.२०७६ साउन ६ सोमवार

1.5K 

shares

विश्वभरी नै जटिल रोग बन्दै गइरहेको छ क्यान्सर । विश्व स्वस्थ्य संगठनका अनुसार सन् २०१८ मा क्यान्सरबाट मृत्यु हुनेको संख्या मात्रै ९६ लाख रहेको छ ।

१८५ देशमा ३६ प्रकारका क्यान्सरको अनुसन्धानपछि विश्व स्वास्थ्य संगठनले जारी गरेको विज्ञप्तिमा क्यान्सरबाट पीडितको संख्या १ करोड ८१ लाख पुगेको छ भने मृत्यु हुनेको संख्या ९६ लाख रहेको छ । सो अनुसन्धानले ५ जना पुरुष मध्ये १ पुरुष र ६ जना महिला मध्ये १ महिलामा जीवनकालमा क्यान्सर हुने गरेको र ८ मध्येको १ पुरुष तथा ११ मध्येका १ महिलाको मृत्यु भएको जनाइएको छ ।

क्यान्सर वृद्धिको कारण जनसंख्या वृद्धि, उमेर तथा औद्योगिकरण लगायत पनि रहेको बताइएको छ । पूरा संसारको तथ्यांक हेर्दा ६० प्रतिशत जनसंख्या ओगटेको एसियामा ५० प्रतिशत हुने गरेको जनाइएको छ भने ९ प्रतिशत जनसंख्या रहेको युरोपमा प्रभाव मध्येको २३.४ प्रतिशत र क्यान्सरबाट मृत्यु मध्येको २०.३ प्रतिशत रहेको छ । १३.३ प्रतिशत जनसंख्या रहेको अमेरिकी महादेशमा २१ प्रतिशत प्रभाव र १४.४ प्रतिशत मृत्यु रहेको बताइएको छ ।
सन् २०१८ को यो अनुसन्धानले लंग, महिलाको स्तन र कलरेक्टम गरी तीन प्रकारका क्यान्सरलाई मुख्य ठानेको छ ।

विश्वभरी नै तिब्ररुपमा बढ्दै गएको क्यान्सरलाई दिनहुँको आहार विहारमा ध्यान दिएमा कम गर्न सकिने स्वास्थ्य विज्ञ सल्लाह दिन्छन् ।

आउनुहोस् हाम्रा यस्ता बानीले क्यान्सर लाग्न नदिन वा कम गराउन सकिन्छ कि ?
आजभोली बजारमा पाइने प्याकेटमा बन्द खाना, रेष्टुरेण्टमा खाइने स्वादिलो खाना खाने चलन बढ्दो छ । यस्ता खानाबाट कुनैपनि पोषक तत्व नपाइने र यसले फाइदा भन्दा बेफाइदा गर्ने स्वास्थ्य विज्ञ बताउँछन् । त्यसकारण पनि तपाई क्यान्सरबाट बच्नका लागि बढी भन्दा बढी प्राकृतिक खाद्यवस्तु खानु नै स्वास्थ्यका लागि फाइदाजनक हुन्छ । बजारमा धेरै प्रकारका फलफूल र सागसब्जी पाइन्छन् । यी फलफूल र तरकारीलाई सहि तरिकाबाट सफा गरेर दिनहुँको भान्सामा सामेल गर्दा तपाई धेरै प्रकारका क्यान्सर रोगबाट बच्न सक्नुहुन्छ । तर त्यो स्वस्थ्य र सफा हुनुपर्छ । तरकारी र फलफूलमा मिनरल्स र एन्टिअक्सिडेन्ट पाइन्छ । यसले रोगप्रतिरोधक क्षमता बढाउदछ । जस्तै हरियो सागसब्जी, काजू, तुलसी,बदाम, ओखर लगायतको सेवनले पनि क्यान्सरबाट बच्न सकिन्छ । यी खानेकुरामा बढी एन्टिअक्सिडेन्ट पाइन्छ ।

त्यस्तै तरकारीमा प्राकृतिक रुपमा विविध रंगका तरकारी खानु उपयुक्त मानिन्छ । अलग–अलग रंग भएका तरकारीमा अलग–अलग एन्टि अक्सिडेन्ट पाइन्छ । यसकारण पनि प्राकृतिक रुपमा पाइने विभिन्न कलरका तरकारी स्वाथ्यका लागि फाइदाजनक हुन्छ । त्यस्तै हाम्रो भान्समा दिनहुँ पाक्ने त्यस्ता तरकारी पनि छन् जसले क्यान्सरबाट बचाउँछन् ब्रोकाउली, बन्दागोबि, लसुन, टमाटर, गाजर, गेडागुडी लगायतका तरकारीले पनि क्यान्सरका जोखिम कमगर्ने बताइन्छ ।

त्यस्तै क्यान्सरलाई सहज रुपमा निम्त्याउनेमा मसालेदार खाना पनि मानिन्छ । हामीले बजारबाट किनेको रेडिमेड मसला पनि स्वास्थ्यका लागि हानिकारक मानिन्छ । त्यसकारण बजारबाट ल्याइएको मसला भन्दा पनि घरमै रहेको अदुवा, लसुन, टिमुर, ल्वाङ, सुकमेल, मरिच जिरा, धनिया, जाइफल, दालचिनी, राखेर घरमा तयार गरेको मसलाले एन्टिअक्सिडेन्टको काम पनि गर्ने र बाहिरको खराब मसला खानबाट पनि बच्न सकिन्छ । तर, धेरै मात्रामा यी मसला पनि खान नहुने स्वास्थ्यविज्ञको भनाई छ ।

त्यस्तै क्यान्सरको संक्रमणबाट बचाउनका लागि फलफूलमा कागती, सुन्तला, अंगुरलगायतका अमिला फल तथा एवोकाडो, किवी, स्याउ, नासपाती, पाइनापललगायतका फल पनि उपयुक्त हुन्छन् ।

वि.सं.२०७६ साउन ६ सोमवार ११:११ मा प्रकाशित

आजको मौसम पूर्वानुमान : तराईका केही क्षेत्रमा तातो हावा चल्ने

आजको मौसम पूर्वानुमान : तराईका केही क्षेत्रमा तातो हावा चल्ने

काठमाडौँ । हाल कोशी, मधेस र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र,...

महानगरमा मौन महामारीका रूपमा फैलिँदै मानसिक समस्या

महानगरमा मौन महामारीका रूपमा फैलिँदै मानसिक समस्या

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले पछिल्लो समय मानसिक समस्या मौन महामारीका...

रास्वपा महाधिवेशनः पदाधिकारी चयनका लागि बिहान ४ बजेदेखि मतदान

रास्वपा महाधिवेशनः पदाधिकारी चयनका लागि बिहान ४ बजेदेखि मतदान

भरतपुर । चितवनको भरतपुरमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को...

रास्वपा महाधिवेशनमा केन्द्रीय सदस्यको मतदान सकियो

रास्वपा महाधिवेशनमा केन्द्रीय सदस्यको मतदान सकियो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनको पहिलो चरणको...

रास्वपालाई बाबुरामको चेतावनी, ‘संघीयता भत्काउने निर्णय ठूलो भूल हुनसक्छ’

रास्वपालाई बाबुरामको चेतावनी, ‘संघीयता भत्काउने निर्णय ठूलो भूल हुनसक्छ’

काठमाडौं । पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो...

भक्तपुरमा ‘बर्डफ्लू’, देखिएपछि ४८ हजार कुखुरा नष्ट गरियो

भक्तपुरमा ‘बर्डफ्लू’, देखिएपछि ४८ हजार कुखुरा नष्ट गरियो

भक्तपुर । जिल्लामा पंक्षीमा लाग्ने ‘बर्डफ्लू’ पुष्टि भएको छ चाँगुनारायण...