back
CTIZAN AD

छुट्टाछुट्टैस्थानमा पोखरीमा डुबेर ४ जनाको मृत्यु

वि.सं.२०७६ साउन ६ सोमवार

1.2K 

shares


६ साउन, काठमाडौं । धनुषा, क्षिरेश्वरनाथ नगरपालिकाका सुरेन्द्र यादवको १० वर्षीया छोरी खुश्वु यादवको गाँउ नजिकै रहेको पोखरीमा नुहाउने क्रममा डुबेर आइतबार दिउँसो मृत्यु भएको छ ।
उक्त पोखरीमा डुबेर अशक्त भएकी उनलाई उपचारको लागि जानकी मेडिकल कलेज रमदैया लैजाने क्रममा बाटोमै मृत्यु भएको हो।
त्यस्तै दाङ, घोराही उपमहानगरपालिका १८ का कटुवाखोला स्थित सिचाई गर्नको लागि निर्माण गरीएको पोखरीमा नुहाउने क्रममा डुबेर ३ जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेहरुमा सोही उपमहानगरपालिका१८ अम्बापुर बस्ने १९ वर्षीया बसन्ता बिक, सोही उपमहानगरपालिका सालघारी का १९ वर्षीया झरना बिक र १६ वर्षीया अमृता बिक रहेका छन् ।
खेत रोपाईपछि पोखरीमा नुहाउने क्रममा उनीहरु डुबेको भन्ने खबर प्राप्त हुनासाथ जि‍ल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले तीनै जनालाई उद्दार गरि उपचारको लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही दाङ पठाएकोमा उपचारको क्रममा उनीहरुको मृत्यु भएको थियो ।

यस सम्बन्धमा स्थानीय प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको बताइएको छ ।

वि.सं.२०७६ साउन ६ सोमवार १२:३६ मा प्रकाशित

भोटेकोशी बाढीः दुई युवा गुमाउँदा शोकमा लोकनगरवस्ती

भोटेकोशी बाढीः दुई युवा गुमाउँदा शोकमा लोकनगरवस्ती

राँझा (बाँके) । रसुवास्थित भोटकोशीका यही भदौ १० गते विहान...

नेपालगञ्जमा ‘दौडिन्छिन् हजुरआमा’ दोस्रो संस्करण हुँदै

नेपालगञ्जमा ‘दौडिन्छिन् हजुरआमा’ दोस्रो संस्करण हुँदै

बाँके । जेष्ठ नागरिकको स्वास्थ्य, सक्रिय जीवनशैली तथा मनोसामाजिक सुस्वास्थ्यप्रति...

कलमा लामो समयसम्म कुराकानी गर्दा श्रवण क्षमता कमजोर हुन्छ

कलमा लामो समयसम्म कुराकानी गर्दा श्रवण क्षमता कमजोर हुन्छ

बाँके । लामो समयसम्म मोबाइलमा गरिने कुराकानीले ध्वनि प्रदूषण हुँदा...

म्याग्दीमा ७३ करोडको आलु र सुन्तला बिक्री

म्याग्दीमा ७३ करोडको आलु र सुन्तला बिक्री

म्याग्दी । एक वर्षको अवधिमा म्याग्दीबाट रु ७३ करोड मूल्यबराबरको...

दाङमा अब ग्यासको लागि लाइनमा बस्नु नपर्ने

दाङमा अब ग्यासको लागि लाइनमा बस्नु नपर्ने

दाङ ।  खाना पकाउने ग्यासका लागि घण्टौँ लाइन बस्नुपर्ने अवस्थाको...

जबरजस्ती करणी गरेको अभियोगमा पाल्पामा एक पुरुष पक्राउ

जबरजस्ती करणी गरेको अभियोगमा पाल्पामा एक पुरुष पक्राउ

पाल्पा ।  १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा रम्भा...