back
CTIZAN AD

मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले मुलुक सामन्तवाद अवशेषको अन्त्य गर्ने

वि.सं.२०७६ साउन ७ मंगलवार

1K 

shares

७ साउन, पोखरा ।नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० स्थायी कमिटी सदस्य एवं गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले मुलुक सामन्तवाद अवशेषको अन्त्य गर्ने चरणमा पुगेको बताउनुभएको छ । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलालको ४१औँ स्मृति दिवसको अवसरमा पोखरा–७ मासवारस्थित पुष्पलालको सालिकमा माल्यार्पण गर्दै उहाँले नेपाली कम्युनिष्ट आन्दोलनका अग्रणी व्यक्तित्व पुष्पलालको विचारको जगमा देश वर्तमान अवस्थासम्म आइपुगेको बताउनुभयो । नेपाली कम्युनिष्ट आन्दोलनले सफलता प्राप्त गर्दै राष्ट्रकै नेतृत्व गरिरहेको उल्लेख गर्दै उहाँले समाजवादोन्मुख हाम्रो देशलाई विकास र समृद्धिको मार्गमा लैजाने गहन जिम्मेवारीलाई वहन गर्नु वर्तमानको आवश्यकता रहेको औँल्याउनुभयो । नेपाल कम्युनिष्ट पार्टीलाई नेपाली जनताले विश्वास गरेर वर्तमान अवस्थामा पु¥याएको बताउँदै मुख्यमन्त्री गुरुङले अब देश र जनतालाई योगदान दिन सकेमा नै पुष्पलालप्रति सच्चा श्रद्धाञ्जलि हुने उल्लेख गर्नुभयो । पार्टीको गण्डकी प्रदेश इन्चार्जसमेत रहनुभएका गुरुङले समाजवादमा आधारित भएर उत्पादनमा लाग्न पार्टी कार्यकर्तालाई निर्देशन दिनुभयो । नेकपा कास्कीका अध्यक्ष एवं प्रदेशसभा सदस्य कृष्ण थापाले पुष्पलाल स्मृति उद्यानलाई व्यवस्थित बनाउन पार्टी कार्यकर्ता, जनप्रतिनिधि, समाजसेवी एवं सर्वसाधारणको महत्वपूर्ण सहयोग रहँदै आएको जानकारी दिनुभयो । कार्यक्रममा नेकपा स्थायी कमिटी सदस्य सोमनाथ अधिकारी ९प्यासी०, केन्द्रीय सदस्य तुलबहादुर गुरुङ, केन्द्रीय सदस्य एवं जिल्ला इन्चार्ज राजकाजी गुरुङलगायत पार्टीका केन्द्र र जिल्लास्तरका नेता तथा कार्यकर्ताले पुष्पलालको सालिकमा माल्यार्पण गर्नुभएको थियो ।

वि.सं.२०७६ साउन ७ मंगलवार ०९:५६ मा प्रकाशित

श्रीमानले जङ्गली जनावरका लागि राखेको विद्युतीय पासोमा परेर श्रीमतीको मृत्यु

श्रीमानले जङ्गली जनावरका लागि राखेको विद्युतीय पासोमा परेर श्रीमतीको मृत्यु

गुल्मी । यहाँको धुर्कोट गाउँपालिका–५ मन्टारीमा जङ्गली जनावर धपाउनका लागि...

तनहुँको सामुदायिक वनमा रुद्राक्षको बिरुवा रोपन

तनहुँको सामुदायिक वनमा रुद्राक्षको बिरुवा रोपन

डुम्रे (तनहुँ) । यहाँको शुक्लागण्डकी नगरपालिका–१० स्थित मालागिरि सामुदायिक वनलाई...

बागलुङ नगरपालिकाले बनायो कुकुरका लागि ‘होस्टेल’

बागलुङ नगरपालिकाले बनायो कुकुरका लागि ‘होस्टेल’

गलकोट (बागलुङ) । बागलुङ नगरपालिकाले सामुदायिक तथा समस्याग्रस्त कुकुरलाई आवासीय...

पर्यटकीय बसाइ लम्बाउन घोडेपानी–पुनहिलमा पूर्वाधार विस्तार

पर्यटकीय बसाइ लम्बाउन घोडेपानी–पुनहिलमा पूर्वाधार विस्तार

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा रहेको प्रमुख पर्यटकीयस्थल घोडेपानी–पुनहिलमा...

जमिन भासिएर बनेको भकासे, आरोग्य पर्यटनका लागि आकर्षक

जमिन भासिएर बनेको भकासे, आरोग्य पर्यटनका लागि आकर्षक

म्याग्दी । पहाडको उच्च स्थानमा समथर टापु । चारैतिरको भिरालो...

‘बजेट कार्यान्वयनमा स्रोतको कमी हुँदैन’

‘बजेट कार्यान्वयनमा स्रोतको कमी हुँदैन’

गण्डकी । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आगामी आर्थिक...