back
CTIZAN AD

आफ्नै आमाले गराइन् १२ वर्षीय छोरीको यौन शोषण

वि.सं.२०७६ साउन ७ मंगलवार

987 

shares

७ साउन, गौशाला । आफ्नै आमाले १२ वर्षीय छोरीको यौन शोषण गराएकी छिन् ।

महोत्तरीको भङ्गहा नगरपालिका–६ का १२ वर्षीया किशोरीलाई उनको आफ्नै आमाले गाउँबाट दिल्ली लगेर १७ दिनसम्म यौन शोषण गराएको घटना सार्वजनिक भएको हो । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले आफ्नै आमाको सहयोगमा स्थानीयवासी ४० वर्षीय सीयाराम महतोले घरबाट दिल्ली पु¥याई ती किशोरीलाई १७ दिनसम्म यौन शोषण गरेको रहस्य खुलेको जानकारी दिए ।

काम लगाइदिने प्रलोभन दिएर किशोरी र उनकी आमा दुवैलाई गत जेठ २७ गते दिल्ली लगेर आमाकै अगाडि सीयारामले छोरीमाथि बारम्बार बलात्कार गरेको पीडित बालिकाले बयान दिएकी प्रहरी उपरीक्षक अधिकारीले बताउनुभयो ।

पहिलेदेखि नै आमासँग सीयारामको अनैतिक सम्बन्धमा रहेको थियो । घरमा कामकाज गर्दै आएको सीयारामले एक दिन छोरीसँग पनि सम्बन्ध कायम गराउन भनेपछि आमाले घरमा सम्भव नहुने बताइन् । आमाले छोरीलाई गाउँबाट बाहिर लगेपछि मात्रै सम्भव हुने भनेपछि सीयाराम र आमा दुबै मिलेर योजना बनाउन थालें । योजना अनुसार काम लगाइदिने भन्दै सियारामले आमासँगै किशोरीलाई गाउँबाट जनकपुर हुँदै भारतको जयनगर र त्यसपछि दरभङ्गा भएर दिल्ली पु¥याएको थियो ।

दिल्ली पु¥याएकै दिनदेखि आमाले सीयाराम र छोरीलाईसँगै एउटै कोठामा सुत्न लगाएको र पटक÷पटक बलात्कार गराएको किशोरीले बयान दिएकी छिन् । किशोरीलाई कोठामा कडा निगरानीका साथ राखेकी, शौचालय जाँदा पनि आमासँगै जाने गरेको र बाहिर निस्कन नदिएर चरम यौन शोषण गरेको किशोरीले बयान दिएकी छिन् ।

गाउँबाट जनकपुर काम गर्न गएकी बहिनीले एक दिन पनि फोनसम्म नगरेपछि किशोरीकी दिदीले गाउँमै बस्दै आएकी आफ्नी ठूली आमालाई लिएर बहिनीलाई आमासँगै कामको लागि बाहिर पठाउन सहयोग गरेका सीयारामका बुबा राम आशिष महतो र स्थानीय नेता भनिएका रामजतन महतोलाई आफ्नी बहिनी र आमाका बारेमा सुधखोज गरेका थिए । तर शुरुमा उनीहरु आलटाल गरेपछि आफू प्रहरीमा जाने, गाउँमा हो हल्ला गर्ने भनेपछि सीयारामका बुबा राम आशिष र नेता रामजतनले असार १६ गतेका दिन किशोरीलाई दिल्लीबाट घर मगाएका थिए ।

सत्र दिनसम्म यौन शोषणकी सिकार भएर आएकी किशोरीले सबै कुरा दिदी र ठूली आमालाई भनेपछि गाउँमा होहल्ला हुने र पक्राउ पर्ने डरले आफ्नै छोरीलाई यौन शोषण गराएकी आमा र यौन पिपासु सीयाराम दुवैजना पुनः भारतमै भागेका छन् । तर पीडित किशोरीले असार २२ गते आफूलाई काम गर्न बाहिर पठाएका सीयारामका बुबा राम आशिष महतो र स्थाीनय नेता रामजतन महतोमाथि जिल्ला प्रहरी कार्यालय महोत्तरीमा किटानी जाहेरी दर्ता गराएकी प्रहरीले जनाएको छ ।

प्रहरी उपरीक्षक अधिकारीले पीडित किशोरीको मेडिकल जाँच गराउँदा उनको यौन शोषण भएको प्रमाणित भइसकेको जानकारी दिए । घटनामा संलग्न हुनेले कुनै पनि हालतमा उन्मुक्ति नपाउने दाबी गर्दै उनले घटनाको विस्तृत अध्ययन अनुसन्धान भइरहेको र घटनामा संलग्न मुख्य आरोपी अझै फरार रहेकाले उनको खोजतलाश भइरहेको जानकारी दिए । “हामीले जसरी पनि पीडितालाई न्याय दिलाउने गरी काम कारवाही अगाडि बढाएका छौं”, उनले भने, “घटनामा संलग्नहरूलाई मानव बेचबिखन तथा जबरजस्ती करणीअन्तर्गत मुद्दा दर्ता गरी आवश्यक अनुसन्धान थालिएको छ ।”

वि.सं.२०७६ साउन ७ मंगलवार १३:४९ मा प्रकाशित

प्रदेशको समानुपातिक नतिजाः नयाँको उदयले पुराना दबाबमा

प्रदेशको समानुपातिक नतिजाः नयाँको उदयले पुराना दबाबमा

काठमाडौँ । समानुपातिकतर्फको पछिल्लो मत परिणामअनुसार सातै प्रदेशको नतिजा सार्वजनिक...

कालोसूचीमा पर्ने प्रावधानमा अध्ययन : राष्ट्र बैंक

कालोसूचीमा पर्ने प्रावधानमा अध्ययन : राष्ट्र बैंक

वीरगञ्ज (पर्सा) । नेपाल राष्ट्र बैंकका गर्भनर डा विश्वनाथ पौडेलले...

मृतकको पहिचान खुल्यो

मृतकको पहिचान खुल्यो

महेन्द्रनगर । कञ्चनपुरमा जीप र मोटरसाइकल दुर्घटना हुँदा मृत्यु भएका...

मिर्गाैला बचाउन बुटवलमा सचेतनामूलक साइकल -याली

मिर्गाैला बचाउन बुटवलमा सचेतनामूलक साइकल -याली

लुम्बिनी। विश्व मिर्गाैला दिवसका अवसरमा बुटवलमा आज सचेतनामुलक साइकल ¥याली...

यसवर्ष आँपमा राम्रो मञ्जरी, उत्पादन बढ्ने अपेक्षा

यसवर्ष आँपमा राम्रो मञ्जरी, उत्पादन बढ्ने अपेक्षा

सिरहा । यहाँको धनगढीमाई नगरपालिका—१३, ढुङ्गा टोलका आँपका बगैँचा यतिबेला...

जिप र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

जिप र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

महेन्द्रनगर । पुर्व–पश्चिम राजमार्गको महेन्द्रनगर–दैजी खण्डमा बुधबार दिउँसो जिप र...