back
CTIZAN AD

महाभियोग प्रस्तावमा छलफल जारी

वि.सं.२०७३ मंसिर ५ आइतवार

939 

shares

५ मङ्सिर,काठमाडौँ । व्यवस्थापिका– संसद्को आजको बैठकमा पनि अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीविरुद्धको महाभियोग प्रस्तावमाथिको छलफल जारी रहेको छ ।

नेपालको संविधानको धारा १०१ को उपधारा (२) एवम् व्यवस्थापिका– संसद् नियमावली, २०७३ को नियम १६८ को उपनियम (१) बमोजिम प्रमुख आयुक्तमाथि एक सय ५७ सदस्यले उक्त प्रस्ताव दर्ता गर्नुभएको थियो ।

उक्त प्रस्तावमाथिको छलफलमा आज तीन सांसदले मात्र भाग लिनुभयो । सांसद टुकराज सिग्देल, जनकबहादुर बुढा र ममता गिरीले भ्रष्टाचार निवारण गर्न गठित संवैधानिक आयोगको प्रमुख नै विधिको शासनको बर्खिलाफ लागेको भन्दै त्यस्ता व्यक्ति उक्त निकायको प्रमुख हुन नसक्ने भएकाले महाभियोग प्रस्ताव दर्ता गरिएको बताउनुभयो ।

“यो धर्तीको कुनै पनि तागतले लोकमानलाई जोगाउन सक्दैन,” उहाँहरूको आशय थियो । व्यवस्थापिका– संसद्को अर्को बैठक यही मङ्सिर १४ गते अपराह्न १३ः०० बजे बस्नेछ । रासस

वि.सं.२०७३ मंसिर ५ आइतवार १०:२९ मा प्रकाशित

रास्वपा महाधिवेशनः प्रतिनिधिहरुलाई झोला वितरण, के  छ त भित्र ?

रास्वपा महाधिवेशनः प्रतिनिधिहरुलाई झोला वितरण, के छ त भित्र ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जारी पहिलो ऐतिहासिक...

राहदानी विभागमा एक महिनालाई मात्र पुग्ने पासपोर्ट स्टक, नयाँ आपूर्तिमा अन्योल

राहदानी विभागमा एक महिनालाई मात्र पुग्ने पासपोर्ट स्टक, नयाँ आपूर्तिमा अन्योल

काठमाडौं । राहदानी विभागमा हाल करिब एक महिनालाई मात्र पुग्ने...

रास्वपासंग सीके राउत असन्तुष्ट भन्छन्, ‘मधेशी जनतालाई धोखा भयो’

रास्वपासंग सीके राउत असन्तुष्ट भन्छन्, ‘मधेशी जनतालाई धोखा भयो’

काठमाडौं । जनमत पार्टीका अध्यक्ष सीके राउतले राष्ट्रिय स्वतन्त्र पार्टी...

प्रधानमन्त्री शाह काठमाडौँ प्रस्थान

प्रधानमन्त्री शाह काठमाडौँ प्रस्थान

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशनमा सहभागी हुन यहाँ...

कूटनीतिमा महिला दिवसः विश्वव्यापी शान्ति र समावेशी शासनका लागि समान सहभागितामा जोड

कूटनीतिमा महिला दिवसः विश्वव्यापी शान्ति र समावेशी शासनका लागि समान सहभागितामा जोड

काठमाडौँ । आज अन्तरराष्ट्रिय कूटनीतिमा महिला दिवस विश्वका विभिन्न देशमा...

आजको मौसम विवरण : यी दुई प्रदेशमा तातो दिनको सम्भावना

आजको मौसम विवरण : यी दुई प्रदेशमा तातो दिनको सम्भावना

काठमाडौँ । हाल कोशी, मधेस र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र,...