back

महाभियोग प्रस्तावमा छलफल जारी

वि.सं.२०७३ मंसिर ५ आइतवार

597 

shares
IME Limited
NTC AD

५ मङ्सिर,काठमाडौँ । व्यवस्थापिका– संसद्को आजको बैठकमा पनि अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीविरुद्धको महाभियोग प्रस्तावमाथिको छलफल जारी रहेको छ ।

नेपालको संविधानको धारा १०१ को उपधारा (२) एवम् व्यवस्थापिका– संसद् नियमावली, २०७३ को नियम १६८ को उपनियम (१) बमोजिम प्रमुख आयुक्तमाथि एक सय ५७ सदस्यले उक्त प्रस्ताव दर्ता गर्नुभएको थियो ।

उक्त प्रस्तावमाथिको छलफलमा आज तीन सांसदले मात्र भाग लिनुभयो । सांसद टुकराज सिग्देल, जनकबहादुर बुढा र ममता गिरीले भ्रष्टाचार निवारण गर्न गठित संवैधानिक आयोगको प्रमुख नै विधिको शासनको बर्खिलाफ लागेको भन्दै त्यस्ता व्यक्ति उक्त निकायको प्रमुख हुन नसक्ने भएकाले महाभियोग प्रस्ताव दर्ता गरिएको बताउनुभयो ।

“यो धर्तीको कुनै पनि तागतले लोकमानलाई जोगाउन सक्दैन,” उहाँहरूको आशय थियो । व्यवस्थापिका– संसद्को अर्को बैठक यही मङ्सिर १४ गते अपराह्न १३ः०० बजे बस्नेछ । रासस

वि.सं.२०७३ मंसिर ५ आइतवार १०:२९ मा प्रकाशित

पाँच प्रदेशका एकदुई स्थानमा भारी वर्षा हुने पूर्वानुमान

पाँच प्रदेशका एकदुई स्थानमा भारी वर्षा हुने पूर्वानुमान

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको...

आजको लागि विदेशी मुद्राको विनिमयदर

आजको लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

मेयर बालेन्द्र शाहद्वारा कार्यपालिका बैंकक आह्वान

मेयर बालेन्द्र शाहद्वारा कार्यपालिका बैंकक आह्वान

काठमाडौं । काठमाडौं महानगरका मेयर बालेन्द्र शाहले कार्यपालिका बैठक बोलाएका...

वडा कार्यालयमा आगलागी, आठ लाखको क्षति

वडा कार्यालयमा आगलागी, आठ लाखको क्षति

दमौली । यहाँको शुक्लागण्डकी नगरपालिका–११ को वडा कार्यालयमा विद्युत् चुहिएर...

ट्राफिक प्रहरीद्वारा तीन करोड राजस्व सङ्कलन

ट्राफिक प्रहरीद्वारा तीन करोड राजस्व सङ्कलन

तानसेन । जिल्ला ट्राफिक कार्यालयले नियमविपरीत सवारी साधन चलाएका ५९...

पौडी सिक्न गएका बालक पोखरीमा बिलाए

पौडी सिक्न गएका बालक पोखरीमा बिलाए

वीरगञ्ज । पौडी सिक्न गएका यहाँका एक बालकको डुबेर मृत्यु...