८ साउन, काठमाडौँ । नेकपाले साउन ३ शुक्रबार ७७ जिल्लाकै ईन्चार्ज र सहइन्चार्जको टुंगो लगाए लगत्तै विभागहरु, आयोगहरु, केन्द्रीय अन्य निकायहरु र प्रवास संगठनहरु एकिकरणको काम टुंगो लगाउने चरणमा छ । यतिबेला कार्यबिभाजन र जिम्मेवारी बाँडफाडका बारेमा बहस भईरहेको छ । यसै सन्दर्भलाई लिएर नेकपाका स्थायी समिति सदस्य योगेश भट्टराईले ५ बुँदामा आफ्नो सुझाव सार्वजनिक गरेका छन् । फेसबुकमार्फत उनले ५ बुँदामा आफ्नो सुझाव प्रस्तुत गर्दै नेतृत्वको ध्यानाकर्षण गरेका छन् ।
उनले लेखेका छन् :
नेकपामा कार्यबिभाजन र जिम्मेवारी बाँडफाडका बारेमा बहस भाईरहेको सन्दर्भमा निम्न बिषयमा नेत्रित्वको ध्यानाकर्षण गर्दछु ।
१. कुनै पनि ब्यक्तिलाई उसको योग्यता, क्षमता र रुचीका आधारमा जिम्मेवारी दिऊ ।
२. कुनै पनि ब्यक्तिलाई स्थायी रुपमा कुनै जिम्मेवरी नदिऊ । हरेक एक बर्षमा सबैको जिम्मेवारी हेरफेर गरौ ।
३. पार्टीमा भूगोल, बिभाग र फांट गरी कामका तीन क्षेत्र छन । रोटेसनका आधारमा एउटा ब्यक्तिलाई तीन वटै क्षेत्रमा काम गर्ने अबसर दिऊ ।
४. प्रत्येक ब्यक्तिको कार्य मुल्याङ्कनलाई बैज्ञानीक प्रणालीका आधारमा पारदर्शी बनाऊ । हरेक बर्ष ब्यक्तिको मुल्याङ्कन प्रतिबेदन सार्वजनिक गरौ । त्यसका आधारमा पुरस्कृत र दन्डित गर्ने पारीपाटी बसालौ ।
५. कुनै पनि ब्यक्तिलाई तोकिएको जिम्मेवारी उसलाई बिर्ताका रुपमा दिएको होईन भन्ने कुरा बुझौ र बुझाऔ ।