back

अचानक बेपत्ता भएका गौतम ११ दिनपछि मृत फेला

वि.सं.२०७६ साउन ८ बुधवार

792 

shares


८ साउन, झापा । प्रेम सम्बन्ध गाँसेको २८ दिनपछि एक वर्षअघि मात्र २०७५ को असारमा कल्पना थापासँग विवाहबन्धनमा बाँधिएका ३० वर्षीय डिल्ली गौतम बेपत्ता भएको ११ दिनपछि शव फेला परेको छ ।

झापाको कनकाई नगरपालिका–७ मा स्थायी बसोबास भएपनि सिदार्थ बैंक शाखा विर्तामोडमा कार्यरत गौतम जागिरको सिलसिलामा विर्तामोडमै कोठा लिएर बस्दै आएका थिए । असार १७ गते मङ्गलबार बिहान ८ बजे सधैँझै कार्यालय जान भनी हिँडेका गौतम अचानक बेपत्ता भएका थिए ।

सोही दिनको दिउँसो करीब १ बजेको समयमा विर्तामोडबाट १२ किलोमिटर पश्चिमको सुरुङ्गादेखि दुई किलोमिटर उत्तर धनुषकोटीधामबाट आफ्नो अत्यन्तै मिल्ने साथी यामबहादुर रसाइलीलाई आँप लिएर आउन फोन गरेका गौतम आफ्नो साथी धनुषकोटी पुग्नुअघि नै सम्पर्कविहीन भएका थिए । आँप लिएर धनुषकोटी पुगेका रसाइलीले साथीलाई फोन गर्दा फोन सम्पर्क हुन नसकेपछि अन्य आफन्तजनलाई खबर गरेका थिए । स्थानीयवासीसहित आफन्तजनको खोजीकार्य निरन्तररूपमा चलिरहे पनि ११ दिनपछि असार २७ गते शुक्रबारका दिन कनकाई सामुदायिक वन क्षेत्रमा मृतावस्थामा गौतमको शव फेला परेको हो ।

दिउँसो १ बजेको समयमा घाँस काट्न आएका स्थानीयवासीले झाडीभित्र नचिनिने अवस्थामा रहेको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । सोही दिन घोपामा शव परीक्षण गरेर शनिबारको दिन मात्र कनकाई नदीमा गौतमको अन्त्येष्टि भएको हो ।

आर्थिक अवस्था कमजोर भएका गौतमका बाबु तुलसीप्रसाद गौतमको तीन वर्षअघि नै निधन भएको हो भने आमा ईश्वरा गौतम माइलो छोरा बासुदेवसँग कनकाई–७ कालीमुडास्थित आफ्नै घरमा बस्दै आएकी छिन् । कान्छो भाइ युवराज वैदेशिक रोजगारीमा छन् ।

“अघिल्लो दिन सोमबार बेलुकातिर घर आएको थियो, के छ आमा खबर, के गर्दै हुनुहुन्छ भनेर सोध्यो, अनि केही समय गफगाफ गरेर हिँडेको छोरो, आजसम्म देख्न पाएकी छैन, हामी कसैलाई पनि केही भनेन, भाइ कान्छासँग भने फोनबाट केही कुरा भएको भन्ने सुनेकी छु , के कसो भयो, केही पनि थाहा छैन”, स्व गौतमकी आमा ईश्वराले गहभरि आँशु पार्दै भनिन् “छोरो हराएको कुरा सुनेपछि विर्तामोडस्थित सिद्धार्थ बैंकमा गएँ, उसका साथीलाई सोधेँ, उनीहरुले चिन्ता नलिनु आमा हराएको छैन भनेर सम्झाए, अनि आउँछ होला भन्ने आशा लागेको थियो, यो के को बज्र प¥यो ।”

विर्तामोडस्थित कोठामा बस्दै आएका गौतम अघिल्लो दिन बेलुका आफ्नी श्रीमती कल्पना शारिरीकरूपमा केही अस्वस्थ भएपछि विर्तासिटी अस्पतालमा भर्ना गरेर रातभरि अस्पताल बसेका थिए । बिहान ७ बजेतिर बिरामी श्रीमतीलाई कोठामा पु¥याएको केही समयपछि ‘औषधि राम्ररी खाँदै गर्नु म अफिस हिँडेको’ भनेर ८ बजेतिर निस्कनुभएको श्रीमती कल्पना बताउछिन्।

बेपत्ता हुनुपर्ने कारणका बारेमा जिज्ञासा राख्दा कल्पनाले त्यस्तो नराम्रो केही नभएको तर कहिलेकाँही भने सामान्य ठाकठुक पर्ने गरेको प्रतिक्रिया दिइन् । बैंकको जागिरबाट पैसा कम्ती आउने, उहाँ आफू पनि मुटुको बिरामी, श्रीमती र आमाको उपचारका लागि पैसा खर्च गरिरहनुपर्ने भएपछि तनावमा परेर यस्तो निर्णय गरेको हुनसक्ने आफूलाई लागेको उनले बताइन् ।

मृत्युको कारण अनुत्तरीत

घटनाको अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय, विर्तामोडले गौतमकको शव छेउ ‘सुसाइड नोट’समेत भेटेको थियो । भिजेको अवस्थामा भेटिएको नोटमा परिवारसँग गुनासो पोखिएको अनुसन्धान अधिकृत बताउँछन् ।

झापाका प्रहरी प्रवक्ता महेन्द्रकुमार श्रेष्ठले शव छेउ सुसाइड नोट भेटिए पनि के लेखिएको थियो भन्नेबारे बताएनन् । हाल अनुसन्धानमै रहेकाले परीक्षणको रिपोर्ट आएपछि धेरै कुराको जानकारी आउनसक्ने प्रहरी प्रवक्ता श्रेष्ठले जानकारी दिए ।

गौतमको शवलाई परीक्षणका लागि धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो । तर, रिपोर्ट अझैसम्म आएको छैन । त्यहाँका चिकित्सकले शव सडेको अवस्थामा भेटिएकाले रिपोर्ट आउन ढिलो भएको बताउनुभयो । सामान्यतयाः मानिसको मृत्युको २४ घण्टापछिबाटै शव बिग्रिन थाल्छ । चिसो मौसममा लामो समयसम्म शव नबिग्रिने भए पनि गर्मीका कारण गौतमको शव पूर्णतः बिग्रिएको अवस्थामा भेटिएको थियो ।

सुसाइड नोटले आत्महत्या भएको हुनसक्ने आशङ्कालाई जोड दिए पनि घटनास्थल वरपर विष वा झुण्डिएको हुनसक्ने सबुत नभेटिनुले गौतमको मृत्यु रहस्यमय छ । रहस्यको पर्दा चिकित्सकले परीक्षण रिपोर्ट दिएपछि मात्रै खुल्नेछ । रिपोर्टमा गौतम मृत्युको प्रकृति र कारणबारे खुल्नेछ ।

वि.सं.२०७६ साउन ८ बुधवार ०९:५० मा प्रकाशित

Himalayan Life AD
सवारी दुर्घटनामा झापामा दुई जनाको मृत्यु

सवारी दुर्घटनामा झापामा दुई जनाको मृत्यु

दमक (झापा) । झापाको दमक र बिर्तामोडमा भएका सवारी दुर्घटनामा...

सबै राजनीतिक दल उत्साहका साथ निर्वाचनमा सहभागी हुनुपर्ने

सबै राजनीतिक दल उत्साहका साथ निर्वाचनमा सहभागी हुनुपर्ने

झापा । विघटित प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले देशलाई विषम परिस्थितिबाट...

बुद्ध एयरको विमान दुर्घटना : सहचालक सहित सात यात्रु सामान्य घाइते

बुद्ध एयरको विमान दुर्घटना : सहचालक सहित सात यात्रु सामान्य घाइते

चन्द्रकला भण्डारी,झापा । भद्रपुर विमानस्थलमा शुक्रवार राति ९ः१० बजे भएको...

ताप्लेजुङमा मतदाताको सङ्ख्या ९० हजार नाघ्यो

ताप्लेजुङमा मतदाताको सङ्ख्या ९० हजार नाघ्यो

ताप्लेजुङ । ताप्लेजुङमा कुल मतदाताको सङ्ख्या ९० हजार ३ सय...

त्रियुगा क्षेत्रका १२ घरमा हात्तीद्वारा क्षति

त्रियुगा क्षेत्रका १२ घरमा हात्तीद्वारा क्षति

गाईघाट (उदयपुर) । जिल्लाको त्रियुगा नगरपालिका क्षेत्रमा हात्तीले १२ भन्दा...

मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु

मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु

भद्रपुर (झापा) । दमक नगरपालिका–७ लालीगुराँस टोलस्थित भित्री सडकखण्डमा मङ्गलबार...