back
CTIZAN AD

नगरप्रमुखविरुद्ध कार्यालयमा धर्ना

वि.सं.२०७६ साउन ८ बुधवार

1K 

shares


८ साउन, खोटाङ । हलेसी तुवाचुङ नगरपालिकाका प्रमुख इवन राईदेखि रुष्ट बनेका चार वडाध्यक्षसहितका स्थानीयवासीले मङ्गलबार नगरपालिका कार्यालयमा धर्ना दिएका छन् । नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०बाट निर्वाचित चार वडाध्यक्षको मागलाई नगरप्रमुख राईले बेवास्ता गरी नगरसभा गरेको विरोधमा उत्रिएका वडाध्यक्षसँगै २६ जनप्रतिनिधिसहितको स्थानीयवासीले दुर्छिमस्थित नगरपालिकाको कार्यालय अगाडि धर्ना दिएका हुन् ।

केन्द्रबाट बजेट बढेर आए पनि वडालाई अघिल्लो वर्षको तुलनामा कम बजेटको सिलिङ दिएको तथा टोलबस्तीबाट प्राथमिकीकरण गर्दै ल्याइएका वडास्तरीय योजनालाई लत्याइएको भन्दै वडा नं २ डिकुवाका वडाध्यक्ष हरिकुमार खड्का, वडा नं ३ च्यास्मिटारका वडाध्यक्ष भलाराज राई, वडा नं ५ दुर्छिमका वडाध्यक्ष रमेश तिवारी र वडा नं ७ महादेवस्थानका वडाध्यक्ष चइन्द्र राईले नगरसभा बहिष्कारको घोषणा गरेका थिए । उनीहरुले नगरसभा बहिष्कार गरेको हप्ता दिनपछि मङ्गलबार दिउँसो करीब एक घण्टा धर्ना दिएका हुन् ।

चार वडाध्यक्षले आर्थिक वर्ष २०७४÷७५ को लेखा परीक्षण प्रतिवेदन सार्वजनिक गर्न, आव २०७५÷७६ को वार्षिक प्रगति समीक्षा गर्न, एकमुष्टमा बजेट विनियोजन गर्ने परिपाटी अन्त्य गर्नलगायतका माग राखे पनि बेवास्ता गरिएकाले धर्ना दिइएको वडा नं ७ का वडाध्यक्ष राईले बताए । सम्बन्धित वडाको जनप्रतिनिधिलाई थाहै नदिई कतिपय योजनाको उपभोक्ता समिति गठन गरिएको, हालसम्मको आन्तरिक राजश्व चुस्तदुरुस्त नदेखाइएको, योजनालाई कार्यकर्ता लक्षित गरिएको उनीहरुको जिकिर छ ।

आफ्नो मागलाई बेवास्ता गरेपछि आफूहरु असार ३१ गतेको चौथो नगरसभा टुङ्गिनुअगावै बाहिरिएको दुर्छिमका वडाध्यक्ष तिवारीले बताए । चरणबद्ध आन्दोलनमा उत्रिएका उनीहरुले आज बिहान ६ बजेदेखि ७ बजेसम्म हलेसीमा र दिउँसो १ बजेदेखि २ बजेसम्म च्यास्मिटारमा एक÷एक घण्टा चक्काजाम गर्ने जनाएका छन् ।

नगरप्रमुख राईले वडाको सिलिङमा उल्लेख भएअनुसारको योजना हुबहु पास गरिएकाले विरोध गर्नुको औचित्य नभएको बताएका छन् । “विरोधका लागि विरोध हो भने त्यसको कुनै औचित्य छैन”, उनले भने, “महालेखा परीक्षकको प्रतिवेदन प्रमुख प्रशासकीय अधिकृत र लेखा शाखाले सार्वजनिक गर्ने हो । तत्काल सार्वजनिक गर्न निर्देशन दिएको छु । रह्यो वार्षिक प्रगति समीक्षा । उहाँहरुसमेतको सहभागितामा बसिएको कार्यपालिकाको बैठकले साउन महीनाभित्र गर्ने निर्णय भएको छ ।”

नगरप्रमुख राई र उपप्रमुख विमला राई नेपाली काङ्ग्रेसबाट निर्वाचित हुनुहुन्छ । जिल्लाको प्रमुख धार्मिक तथा पर्यटकीयस्थल हलेसी रहेको उक्त नगरपालिकामा नेपाली काङ्ग्रेसबाट निर्वाचित जनप्रतिनिधिको बहुमत रहेको छ ।

वि.सं.२०७६ साउन ८ बुधवार १०:०८ मा प्रकाशित

ट्याक्टर दुर्घटनामा चालकको मृत्यु

ट्याक्टर दुर्घटनामा चालकको मृत्यु

मोरङ । मिक्लाजुङ गाउँपालिका–१ सुके–जौवारी सडकमा ट्याक्टर दुर्घटना हुँदा एक...

 कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा

 कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा

फिक्कल (इलाम) । धेरैजसो युवाहरु वैदेशिक रोजगारका लागि परदेश जान्छन्...

वैदेशिक रोजगारीबाट फर्केका युवा सुकुटी व्यवसायमा आकर्षित

वैदेशिक रोजगारीबाट फर्केका युवा सुकुटी व्यवसायमा आकर्षित

मोरङ। कुनै समय रोजगारीका लागि कतार र मलेसियामा पसिना बगाएका...

वैदेशिक रोजगारीबाट फर्केका युवा सुकुटी व्यवसायमा आकर्षित

वैदेशिक रोजगारीबाट फर्केका युवा सुकुटी व्यवसायमा आकर्षित

मोरङ । कुनै समय रोजगारीका लागि कतार र मलेसियामा पसिना...

पूर्वी नाकाबाट २४ अर्बको कृषिजन्य वस्तु आयात

पूर्वी नाकाबाट २४ अर्बको कृषिजन्य वस्तु आयात

  झापा । पूर्वी नाका काँकरभिट्टाबाट गत आर्थिक वर्षमा रु...

सम्बन्ध विच्छेदका मुद्दा उच्च, बिखण्डनले समाजमा जटिलता

सम्बन्ध विच्छेदका मुद्दा उच्च, बिखण्डनले समाजमा जटिलता

पाँचथर । जिल्ला अदालतमा दर्ता भएका मुद्दामध्ये सबैभन्दा बढी मुद्दा...