back
CTIZAN AD

शिक्षक लाईसेन्स : यी पनि हुन् प्राथमिक तहमा सोधिने केही विषयगत प्रश्नहरु

वि.सं.२०७६ साउन ८ बुधवार

5.4K 

shares


८ साउन, काठमाडौँ । शिक्षक लाईसेन्सको तयारी गरिरहेकाहरुको आबश्यकतालाई मध्यनजर गर्दै हामीले विभिन्न विषयहरुको सम्भावित वस्तुगत\ विषयगत प्रश्नोत्तर तथा पश्नको संगालो ल्याउने गरेका छौँ र आज प्राथमिक तहका लागि उपयोगी हुने खण्ड (ख) र खण्ड (ग) अन्तर्गत शिक्षण सिकाइका तौरतरिका (विधि), सिकाइमा सूचना तथा सञ्चार प्रविधिको प्रयोगसम्बन्धी ज्ञान परिक्षणका केही प्रश्नहरु लिएर आएका छौँ ।
यी पनि हुन् अध्यापन अनुमतिपत्र प्राथमिक तहमा सोधिने केही प्रश्नहरु

तहः प्राथमिक

प्रश्न नं. १ भाषाका सिपहरु उल्लेख गरी प्राथमिक तहको नेपाली भाषा विषयमा लेखाइ सिप शिक्षण गर्दा प्रयोग गर्न सकिने तीनओटा कार्यकलापहरु उल्लेख गर्नुहोस् ।

प्रश्न नं २. “३६ ” मा दिएको अङ्कमध्ये कुन ठूलो छ ? भन्ने प्रश्न गर्दा जवाफमा ६ ठूलो भनी उत्तर दिने बालकको पूर्व सिकाई र त्रुटि क्षेत्रको विश्लेषण गरी ३६ मा ३ ठूलो हो भन्ने धारणा दिन के कस्ता कार्यकलापहरुद्वारा शिक्षण गर्नुहुन्छ ? स्पष्ट पार्नुहोस् ।

प्रश्न नं ३. कक्षा ५ मा सामाजिक समस्या र समाधान भन्ने पाठ शिक्षण गर्न कुनै दुईओटा विशिष्ट उद्देश्य तयार गरी कक्षा शिक्षण पश्चात विद्यार्थी मूल्याङ्कन गर्न तीनओटा प्रश्न तयार पार्नुहोस् ।

प्रश्न नं ४ सजीव र निर्जीव वस्तुहरुको वर्गीकरण गर्ने चारओटा आधारहरुको सूची बनाई सजीव बस्तुको बारेमा कक्षा ४ मा शिक्षण गर्दा प्रयोग गर्न सकिने कुनै तीनओटा स्थानीय शैक्षिक सामाग्रीहरुको उल्लेख गर्नुहोस् ।

प्रश्न नं ५. What are the difficulties english   language  teaching  in primary level ? How do you  solve  them ?

प्रश्न नं ६ स्वास्थ्य शिक्षा विषय शिक्षणका लागि कुनै ४ चार उपयोगी विधिहरु उल्लेख गर्नुहोस् र कक्षा ३ को खानेकुराको स्रेत भन्ने पाठ शिक्षण गर्दा प्रयोग गरिने कार्यकलापहरु लेख्नुहोस् ।

प्रश्न नं ७ नेपालको सन्दर्भमा प्राथमिक तहमा स्थानीयस्तरमा पाठ्यक्रम निर्माण गर्नु किन आवश्यक छ ? कारणहरु उल्लेख गर्नुहोस् ।

प्रश्न नं ८ प्राथमिक तहमा बालमैत्री सिकाइ वातावरण निमार्णका लागि सिर्जनात्मक कला विषय शिषणले खेल्न सक्ने भूमिकाबारे कुनै पाँचओटा बुँदाहरु लेख्नुहोस् ।

प्रश्न नं ९ नेपालजस्तो बहुभाषिक, सामाजिक, सांस्कृतिक र प्राकृतिक विविधता रहेको समाजमा एउटा विद्यालयले विविधता व्यवस्थापनमा खेल्नुपर्ने भूमिकामा आधारित भई समावेशी शिक्षाका लागि विद्यालयले सञ्चालन गर्न सक्ने ५ ओटा कार्यक्रमहरु र ती कार्यक्रमहरुबाट प्राप्त हुने सम्भावित उपलब्धिहरुसमेत उल्लेख गर्नुहोस ।

वि.सं.२०७६ साउन ८ बुधवार १०:०९ मा प्रकाशित

मारुत अभियानका अभियन्ताहरू ‘आयुष अन्तर्राष्ट्रिय राईजिङ अवार्ड’ बाट विभूषित

मारुत अभियानका अभियन्ताहरू ‘आयुष अन्तर्राष्ट्रिय राईजिङ अवार्ड’ बाट विभूषित

‎काठमाडौँ । पूर्वीय दर्शनको प्राण, मानव चेतनाको ऊर्ध्वगमनको वैज्ञानिक पद्धति...

एम्बार्क बिजनेस इन्कुबेसन सर्भिसको डेमो डे सम्पन्न

एम्बार्क बिजनेस इन्कुबेसन सर्भिसको डेमो डे सम्पन्न

काठमाडौं । एम्बार्क कलेज र औद्योगिक उद्यम विकास प्रतिष्ठान -आईईडीआई_...

अर्जुनचौपारीमा हरियाली अभियान : वृक्षारोपणदेखि संरक्षणको प्रतिबद्धता

अर्जुनचौपारीमा हरियाली अभियान : वृक्षारोपणदेखि संरक्षणको प्रतिबद्धता

स्याङ्जा । विश्व वातावरण दिवसको अवसरमा डिभिजन वन कार्यालय स्याङ्जा...

पोखरामा एकाउन्टिङ शिक्षक कार्यशाला हुने, ब्रिटिश प्रोफेसनल कलेज र ACCA बीच सहकार्य

पोखरामा एकाउन्टिङ शिक्षक कार्यशाला हुने, ब्रिटिश प्रोफेसनल कलेज र ACCA बीच सहकार्य

काठमाडौं । नेपालमा लेखा (एकाउन्टिङ) शिक्षाको गुणस्तर सुदृढ गर्ने उद्देश्यले...

छात्रवृत्तिका लागि २६ हजार बढी परीक्षार्थी सहभागी हुन योग्य, जेठ १७ गते परीक्षा

छात्रवृत्तिका लागि २६ हजार बढी परीक्षार्थी सहभागी हुन योग्य, जेठ १७ गते परीक्षा

काठमाडौँ । महानगरपालिकामा कक्षा ११ र १२ मा सिफारिस गर्ने...

अर्जुनचौपारी गाउँपालिकाले भन्यो: तपाईंको पार्टीमा आस्था राख्ने शिक्षकहरूको नाम पठाउनु, घरमै बसेर तलब खुवाउने व्यवस्था गर्छौं

अर्जुनचौपारी गाउँपालिकाले भन्यो: तपाईंको पार्टीमा आस्था राख्ने शिक्षकहरूको नाम पठाउनु, घरमै बसेर तलब खुवाउने व्यवस्था गर्छौं

स्याङ्जा । संघीय संसदमा प्रतिनिधिसभा सदस्य धनञ्जय रेग्मीले अर्जुनचौपारी गाउँपालिकामा...