Logo
१४ चैत्र २०७९, मंगलवार
     Tue Mar 28 2023
E-paper
  English Edition
   Unicode
Logo

जडीबुटी उत्पादनमा लगानी




८ साउन, काठमाँडौ । तराखोला गाउँपालिका–५ मा रहेको जनएकता बहुउद्देश्यीय सहकारी संस्थाले जडीबुटी खेती विस्तार तथा भण्डारण कार्यक्रम सञ्चालनमा ल्याएको छ । डिभिजन वन कार्यालय बागलुङको रु २० लाख अनुदान र सहकारीको रु छ लाख गरी रु २६ लाखको लगानीमा जडीबुटी खेती विस्तार तथा भण्डारण शुरु भएको कार्यालयका नायब सुब्बा नारायणराज सापकोटाले जानकारी दिए् ।

सहकारीका शेयर सदस्यले तारखोलामा तीन हजार केजी सतुवा, चार हजार केजी चिराइतो, चार हजार केजी लौठसल्ला उत्पादन गरेका छन् । झण्डै १० हजार केजी जडीबुटी उत्पादन गरिसकेका उनीहरुले अझै उत्पादन बढाउने तयारी गरेका छन् । 

चिराइतो र लौठसल्लालाई विभिन्न रोगविरुद्धको औषधि बनाउन प्रयोग गरिन्छ । जडीबुटी विकासअन्तर्गत पाँच वटा सामुदायिक वन उपभोक्ता समूहलाई जडीबुटी प्रशोधन केन्द्र स्थापनाका लागि डिभिजन वन कार्यालयले रु १५ लाख बजेट दिएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ मन्त्रिपरिषद् विस्तारको अन्तिम तयारीमा जुटेका छन् । सत्तारूढ

काठमाडौं । अमेरिकामा रहेर नेपाली समाजका लागि निरन्तररुपमा आर्थिक तथा सामाजिक रुपमा कलम चलाउँदै

जनकपुरधाम । आन्तरिक राजस्व कार्यालय जनकपुरधामले बक्यौता रकम दाखिलाका लागि अटेर गर्ने करदाताको नाम