
९ साउन, ललितपुर । नबिल बैंकले ललितपुर महानगरपालिका परिसरमा एक एटिएम सेवा सुरु गरेको छ ।
नबिल बैंकका अध्यक्ष शम्भु प्रसाद पौड्याल तथा नगरपालिकाका मेयर चिरिबाबु महर्जनले उक्त एटिएमको संयुक्त रुपमा उद्घाटन गरे । योसँगै नबिलको एटिएम संजाल उपत्यकाभित्र ७० वटा र उपत्यका बाहिर ६८ ओटा गरी यसको सङ्ख्या १३८ पुगेको छ ।
ग्राहकले भिषा कार्ड,माष्टर कार्ड,युनियन पे कार्ड र एससिसट (स्थानीय तथा अन्तराष्ट्रिय ) कुनै पनि कार्ड बाहकहरुले उक्त एटिएमहरुबाट नगद झिक्ने तथा अन्य सुविधाहरु उपभोग गर्न सकिने पनि बताइएको छ ।
बैंकका अध्यक्ष शम्भु प्रसाद पौड्यालले नयाँ एटिएमको उद्घाटन गर्दै ‘ग्राहक सुविधा उपलब्धताको लागि धेरै सेवा केन्द्र बिस्तार गर्ने प्रतिबद्धता अनुरुप १३८ औं एटिएम थप गर्दा खुशी व्यक्त गर्दै व्यवसायिक र प्रभावकारी बैंकिङ् सुविधाहरु प्रदान गर्न र समाजका बृहत एवं छरिएर बसेका समुदायको बैंकिङ् आबश्यकता घरदैलो परिपुर्ति गर्ने र तथा सधैँ उत्कृष्ट सेवा प्रदान गर्ने प्रतिबद्धता रहने विचार व्यक्त गरे ।
मेयर चिरीबाबु महर्जनले “नबिल बैंकको यस एटिएम शाखाले यस महानगरपालिकाका सेवाग्राही तथा कर्मचारीहरुलाई आर्थिक कारोबार गर्न धेरै सहयोग पुराएको बताए । बैंकले ७९ वटा शाखाहरु, १३८ वटा एटिएमहरुको विशाल संरचना र १,५०० भन्दा बढी नबिल रेमिट एजेन्टहरुका साथमा देशव्यापी रुपमा र विश्वभर धेरै एजेन्टहरु मार्फत् सेवा प्रदान गरेर आफ्ना सबै स्टेकहोल्डरहरु संगै अघि बढ्ने बताइएको छ ।