back
CTIZAN AD

ललितपुरमा नबिल बैंकको ए.टि.एम सञ्चालन

वि.सं.२०७६ साउन ९ बिहीवार

894 

shares

९ साउन, ललितपुर । नबिल बैंकले ललितपुर महानगरपालिका परिसरमा एक एटिएम सेवा सुरु गरेको छ ।

नबिल बैंकका अध्यक्ष शम्भु प्रसाद पौड्याल तथा नगरपालिकाका मेयर चिरिबाबु महर्जनले उक्त एटिएमको संयुक्त रुपमा उद्घाटन गरे । योसँगै नबिलको एटिएम संजाल उपत्यकाभित्र ७० वटा र उपत्यका बाहिर ६८ ओटा गरी यसको सङ्ख्या १३८ पुगेको छ ।

ग्राहकले भिषा कार्ड,माष्टर कार्ड,युनियन पे कार्ड र एससिसट (स्थानीय तथा अन्तराष्ट्रिय ) कुनै पनि कार्ड बाहकहरुले उक्त एटिएमहरुबाट नगद झिक्ने तथा अन्य सुविधाहरु उपभोग गर्न सकिने पनि बताइएको छ ।

बैंकका अध्यक्ष शम्भु प्रसाद पौड्यालले नयाँ एटिएमको उद्घाटन गर्दै ‘ग्राहक सुविधा उपलब्धताको लागि धेरै सेवा केन्द्र बिस्तार गर्ने प्रतिबद्धता अनुरुप १३८ औं एटिएम थप गर्दा खुशी व्यक्त गर्दै व्यवसायिक र प्रभावकारी बैंकिङ् सुविधाहरु प्रदान गर्न र समाजका बृहत एवं छरिएर बसेका समुदायको बैंकिङ् आबश्यकता घरदैलो परिपुर्ति गर्ने र तथा सधैँ उत्कृष्ट सेवा प्रदान गर्ने प्रतिबद्धता रहने विचार व्यक्त गरे ।

मेयर चिरीबाबु महर्जनले “नबिल बैंकको यस एटिएम शाखाले यस महानगरपालिकाका सेवाग्राही तथा कर्मचारीहरुलाई आर्थिक कारोबार गर्न धेरै सहयोग पुराएको बताए । बैंकले ७९ वटा शाखाहरु, १३८ वटा एटिएमहरुको विशाल संरचना र १,५०० भन्दा बढी नबिल रेमिट एजेन्टहरुका साथमा देशव्यापी रुपमा र विश्वभर धेरै एजेन्टहरु मार्फत् सेवा प्रदान गरेर आफ्ना सबै स्टेकहोल्डरहरु संगै अघि बढ्ने बताइएको छ ।

वि.सं.२०७६ साउन ९ बिहीवार ११:५७ मा प्रकाशित

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर ?

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (सोमबार)का लागि विदेशी मुद्राको...

सानिमा बैंकको ६० हजार कित्ता संस्थापक शेयर बिक्रीमा, न्यूनतम मूल्य कति तोकेको छ त ?

सानिमा बैंकको ६० हजार कित्ता संस्थापक शेयर बिक्रीमा, न्यूनतम मूल्य कति तोकेको छ त ?

काठमाडौँ । सानिमा बैंक लिमिटेडले आफ्नो संस्थापक शेयरधनी सुधिर कुमार...

महालक्ष्मी विकास बैंकद्धारा शिशु स्याहार कक्ष तथा डे केयर सञ्चालन

महालक्ष्मी विकास बैंकद्धारा शिशु स्याहार कक्ष तथा डे केयर सञ्चालन

काठमाडौँ । महालक्ष्मी विकास बैंकले आफ्ना महिला कर्मचारीहरुको शिशु मातृत्वलाई...

फेरि तीन लाख काट्यो सुनको मूल्यले, कति छ त प्रतितोला ?

फेरि तीन लाख काट्यो सुनको मूल्यले, कति छ त प्रतितोला ?

काठमाडौँ । आज पनि नेपाली बजारमा सुनको मूल्य बढेको छ...

नाईमा अटो एक्स्पोमा DONGFENG बस सार्वजनिक हुने

नाईमा अटो एक्स्पोमा DONGFENG बस सार्वजनिक हुने

काठमाडाैँ । हिमालयन अर्गनाइजेशन अन्तर्गत रहेको आयाम इन्टरकन्टिनेन्टलले चीनको बहुप्रतिष्ठित...

आजको बजारमा विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका (आइतबार)का लागि विदेशी मुद्राको...