
९ साउन, काठमाडौँ । आइएमई जनरल इन्स्योरेन्स कम्पनीले विभिन्न पदको लागि योग्यता पुगेका र कार्यानुभव भएका कर्मचारीहरुको माग गरेको छ ।
इन्स्योरेन्स ले एकजना उपप्रमुख कार्यकारी अधिकृत मागेको छ । जसमा स्नातक तह पास गरेको र कम्तीमा ३ वर्षको कार्यानुभव भएको तथा दावी विभाग मा एक जना योग्यता स्नातक पास र ५ वर्षको कार्यानुभव भएको एवम् कम्प्युटरमा अफिस प्याकेज, ईमेल र इन्टरनेट सँग राम्रो ज्ञान भएको हुनुपर्ने माग गरिएको छ । मार्केटिङ अफिसर मा केहि संख्यामा माग गरेको छ जसको योग्यता स्नातक तह पास र २ वर्ष कामको राम्रो अनुभव भएको, व्यापारमा राम्रो क्षमता भएको, सर्वसाधारण सँग राम्रो सम्बन्ध राख्ने सक्ने क्षमता भएको कर्मचारीको माग गरेको छ ।
सहायक तह को लागि १२ कक्षा पास गरेको योग्यता र कार्यानुभव भएको ३० वर्ष ननाघेको खुलाइएको छ ।
सो इन्स्योरेन्सले सूचना प्रकाशित मितिले १५ दिनभित्र दरखास्त आवेदन पेस गर्नुपर्ने र आवेदकहरुले निवेदनमा CV सहित योग्यता र अनुभवको प्रमाण–पत्र संलग्न गरी
hr1@iginepal.com मा इमेल मार्फत निवेदन दिन सकिने छ ।