
८ साउन, काठमाडौँ । उन्नति माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले धेरै संख्यामा कर्मचारी मागेको छ ।
उन्नती माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेड रुपन्देहीको देवकोटा चोकमा प्रधान कार्यलय रहेको संस्थाले योग्यता पुगेका इच्छुक योग्य, प्रतिबद्ध, मेहनती र परिणाममुखी कार्य शैली भएका आवेदकहरुका लागि सूचना प्रकाशित मितिले १५ दिन भित्र तोकिएको ठेगानामा आवेदन दिइसक्नु पर्ने जनाएको छ ।
संस्थाले एकजना सहायक प्रबन्धक माग गरेको छ । बैँक तथा वित्तीय संस्थामा अधिकृत पदमा कम्तिमा ५ बर्षको कार्यानुभव भएको, कम्तिमा स्नातकोत्तर तह उतीर्ण भएको र २१ वर्ष पुरा भई ४५ वर्ष ननाघेको माग गरेको छ ।
अधिकृतको लागि केही कर्मचारी, सि.ए.(अधिकृत स्तर) मा एक, आई. टि. (अधिकृत ÷ कनिष्ठ अधिकृत स्तर) मा एक, कनिष्ठ अधिकृत मा केही, कम्तिमा २१ वर्ष पुरा भई ४५ वर्ष ननाघेको स्नातक तह उतीर्ण र सोही विषयमा कार्यानुभव भएको हुनु पर्ने भनेको छ ।
बरिष्ठ सहायक मा केही र १८ वर्ष पूरा भई ३५ बर्ष ननाघेको न्यूनतम प्रमाणपत्र तह वा १२ कक्षा उर्तीण । सहायक मा पनि केहि संख्यामा कर्मचारी मागेको छ कम्तीमा १२ कक्षा उत्तीर्ण र कनिष्ठ सहायकमा केहि र एस.एल.सी पास वा सो सरहको उतीर्ण भएको, महिलाको हकमा माथिल्लो उमेरको हदमा पाँच वर्ष थप हुने बताइएको छ ।
संस्थाका अनुसार दरखास्त साथ पेश गर्नुपर्ने कागजातहरु नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, लघुवित्त कार्यक्रमको सन्दर्भ सहितको १ पेज हस्त लिखित आलेख तथा निवेदन, हालसालै खिचेको पासपोर्ट साइजको फोटो १ प्रति सहितको वायोडाटा र शैक्षिक योग्यताका प्रमाणपत्र र अनुभव तथा लालिमका प्रमाणपत्रको प्रतिलिपि चाहिने बताइएको छ ।
संस्था का अनुसार फोन नं. ०७१–५२११२६ मा सम्पर्क गरी थप जानकारी लिन सकिने जनाइएको छ ।