back
CTIZAN AD

उन्नतीले माग्यो धेरै कर्मचारी

वि.सं.२०७६ साउन ९ बिहीवार

744 

shares


८ साउन, काठमाडौँ । उन्नति माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले धेरै संख्यामा कर्मचारी मागेको छ ।
उन्नती माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेड रुपन्देहीको देवकोटा चोकमा प्रधान कार्यलय रहेको संस्थाले योग्यता पुगेका इच्छुक योग्य, प्रतिबद्ध, मेहनती र परिणाममुखी कार्य शैली भएका आवेदकहरुका लागि सूचना प्रकाशित मितिले १५ दिन भित्र तोकिएको ठेगानामा आवेदन दिइसक्नु पर्ने जनाएको छ ।
संस्थाले एकजना सहायक प्रबन्धक माग गरेको छ । बैँक तथा वित्तीय संस्थामा अधिकृत पदमा कम्तिमा ५ बर्षको कार्यानुभव भएको, कम्तिमा स्नातकोत्तर तह उतीर्ण भएको र २१ वर्ष पुरा भई ४५ वर्ष ननाघेको माग गरेको छ ।
अधिकृतको लागि केही कर्मचारी, सि.ए.(अधिकृत स्तर) मा एक, आई. टि. (अधिकृत ÷ कनिष्ठ अधिकृत स्तर) मा एक, कनिष्ठ अधिकृत मा केही, कम्तिमा २१ वर्ष पुरा भई ४५ वर्ष ननाघेको स्नातक तह उतीर्ण र सोही विषयमा कार्यानुभव भएको हुनु पर्ने भनेको छ ।
बरिष्ठ सहायक मा केही र १८ वर्ष पूरा भई ३५ बर्ष ननाघेको न्यूनतम प्रमाणपत्र तह वा १२ कक्षा उर्तीण । सहायक मा पनि केहि संख्यामा कर्मचारी मागेको छ कम्तीमा १२ कक्षा उत्तीर्ण र कनिष्ठ सहायकमा केहि र एस.एल.सी पास वा सो सरहको उतीर्ण भएको, महिलाको हकमा माथिल्लो उमेरको हदमा पाँच वर्ष थप हुने बताइएको छ ।
संस्थाका अनुसार दरखास्त साथ पेश गर्नुपर्ने कागजातहरु नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, लघुवित्त कार्यक्रमको सन्दर्भ सहितको १ पेज हस्त लिखित आलेख तथा निवेदन, हालसालै खिचेको पासपोर्ट साइजको फोटो १ प्रति सहितको वायोडाटा र शैक्षिक योग्यताका प्रमाणपत्र र अनुभव तथा लालिमका प्रमाणपत्रको प्रतिलिपि चाहिने बताइएको छ ।
संस्था का अनुसार फोन नं. ०७१–५२११२६ मा सम्पर्क गरी थप जानकारी लिन सकिने जनाइएको छ ।

वि.सं.२०७६ साउन ९ बिहीवार १५:१२ मा प्रकाशित

अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा रेडन स्कुलका २३ बालयोगी सम्मानित

अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा रेडन स्कुलका २३ बालयोगी सम्मानित

काठमाडौं । १२ औँ अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा सामाखुसीस्थित रेडन...

मारुत अभियानका अभियन्ताहरू ‘आयुष अन्तर्राष्ट्रिय राईजिङ अवार्ड’ बाट विभूषित

मारुत अभियानका अभियन्ताहरू ‘आयुष अन्तर्राष्ट्रिय राईजिङ अवार्ड’ बाट विभूषित

‎काठमाडौँ । पूर्वीय दर्शनको प्राण, मानव चेतनाको ऊर्ध्वगमनको वैज्ञानिक पद्धति...

एम्बार्क बिजनेस इन्कुबेसन सर्भिसको डेमो डे सम्पन्न

एम्बार्क बिजनेस इन्कुबेसन सर्भिसको डेमो डे सम्पन्न

काठमाडौं । एम्बार्क कलेज र औद्योगिक उद्यम विकास प्रतिष्ठान -आईईडीआई_...

अर्जुनचौपारीमा हरियाली अभियान : वृक्षारोपणदेखि संरक्षणको प्रतिबद्धता

अर्जुनचौपारीमा हरियाली अभियान : वृक्षारोपणदेखि संरक्षणको प्रतिबद्धता

स्याङ्जा । विश्व वातावरण दिवसको अवसरमा डिभिजन वन कार्यालय स्याङ्जा...

पोखरामा एकाउन्टिङ शिक्षक कार्यशाला हुने, ब्रिटिश प्रोफेसनल कलेज र ACCA बीच सहकार्य

पोखरामा एकाउन्टिङ शिक्षक कार्यशाला हुने, ब्रिटिश प्रोफेसनल कलेज र ACCA बीच सहकार्य

काठमाडौं । नेपालमा लेखा (एकाउन्टिङ) शिक्षाको गुणस्तर सुदृढ गर्ने उद्देश्यले...

छात्रवृत्तिका लागि २६ हजार बढी परीक्षार्थी सहभागी हुन योग्य, जेठ १७ गते परीक्षा

छात्रवृत्तिका लागि २६ हजार बढी परीक्षार्थी सहभागी हुन योग्य, जेठ १७ गते परीक्षा

काठमाडौँ । महानगरपालिकामा कक्षा ११ र १२ मा सिफारिस गर्ने...