back
CTIZAN AD

कर्मचारीको आवश्यकता, दिने होइन त आवेदन

वि.सं.२०७६ साउन ९ बिहीवार

843 

shares


९ साउन, काठमाडौँ ।
नेपाल घरेलु तथा साना उद्योग महासंघ जस्तो ख्याती कमाएको संस्थाले विभिन्न पदको लागि योग्यता पुगेका हरुका लागि कर्मचारीहरुको माग गरेको छ । महासंघले ७ दिनभित्र दरखास्त आवेदन पेस गर्नुपर्ने र आवेदकहरुले निवेदनमा ऋख् सहित योग्यता र अनुभवको प्रमाण–पत्र संलग्न गरी महासंघको केन्द्रिय कार्यालयमा पेश गर्नुपर्नेछ ।
महासंघले एकजना कार्यकारी निर्देशकको माग गरेको छ । लघु घरेलु तथा साना उद्योगको क्षेत्रमा कम्तिमा ५ वर्ष काम गरेको अनुभव तथा प्रस्ताव–पत्र तयारी, प्रतिवेदन लेखन, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्था र सरकारी तथा गैरसरकारी निकायसँग सम्पर्क र समन्वय गर्न सक्ने एवम् उद्यमशिलता र विकास विषयमा मास्टर्स डिग्री पास गरेको हुनुपर्ने जनाएको छ ।
त्यसैगरी व्यवसाय विकास प्रबन्धकमा पनि संख्या एकको लागि व्यवस्थापन विषयमा मास्टर्स डिग्रीको योग्यता रहेको, व्यवसाय विकास योजना तयार गरी वाणिज्य बैँकहरुबाट उद्यमीहरुलाई कर्जा उपलब्ध र असुल गराएको अनुभव भएको कर्मचारीको आवश्यकता रहेको जनाएको छ ।
त्यस्तै महिला उद्यम अधिकृतमा एक जना महिला माग गरेको छ जहाँ महिला उम्मेदवारले मात्र आवेदन दिन सक्नेछन् र कार्यक्रम तथा सुचना अधिकृत क्ष्ऋत्र को संख्या एक को लागि सम्बन्धित विषयमा कम्तिमा स्नातक तह उतीर्ण भएको हुनुपर्ने सुचना जारी गरेको छ । महासंघ का अनुसार फोन नः ४२२२७५१ वा ई–मेल ालअकष्२लतअ।लभत।लउ मा सम्पर्क गरी विस्तृत जानकारी लिन सकिने जनाइएको छ ।
यसैगरी चरिकोटको च्छो–रोल्पा अस्पतालले मेडिकल अफिसर २ जना, वि.एन् ६, वि एस्सी नर्सीङ ४, स्टाफ नर्स ५, वि.एम. एल्.टी २, ल्याव टेक्निसिएन २, रेडियोग्राफर २ जना मागेको छ । उल्लेखित पदका लागि कम्तिमा २ वर्ष कार्य अनुभव भएकोलाई प्राथमिकता दिइने जनाउँदै साउन ३० गते सम्म आवेदन दिइसक्नु पर्ने जनाएको छ । विस्तृत जानकारीको लागि फोन नं. ०४९–४२१९०५ वा E-mail: tshorolpahospital063@ gmail.com मा सम्पर्क गर्न सकिने जनाइएको छ ।

वि.सं.२०७६ साउन ९ बिहीवार १५:०९ मा प्रकाशित

अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा रेडन स्कुलका २३ बालयोगी सम्मानित

अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा रेडन स्कुलका २३ बालयोगी सम्मानित

काठमाडौं । १२ औँ अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा सामाखुसीस्थित रेडन...

मारुत अभियानका अभियन्ताहरू ‘आयुष अन्तर्राष्ट्रिय राईजिङ अवार्ड’ बाट विभूषित

मारुत अभियानका अभियन्ताहरू ‘आयुष अन्तर्राष्ट्रिय राईजिङ अवार्ड’ बाट विभूषित

‎काठमाडौँ । पूर्वीय दर्शनको प्राण, मानव चेतनाको ऊर्ध्वगमनको वैज्ञानिक पद्धति...

एम्बार्क बिजनेस इन्कुबेसन सर्भिसको डेमो डे सम्पन्न

एम्बार्क बिजनेस इन्कुबेसन सर्भिसको डेमो डे सम्पन्न

काठमाडौं । एम्बार्क कलेज र औद्योगिक उद्यम विकास प्रतिष्ठान -आईईडीआई_...

अर्जुनचौपारीमा हरियाली अभियान : वृक्षारोपणदेखि संरक्षणको प्रतिबद्धता

अर्जुनचौपारीमा हरियाली अभियान : वृक्षारोपणदेखि संरक्षणको प्रतिबद्धता

स्याङ्जा । विश्व वातावरण दिवसको अवसरमा डिभिजन वन कार्यालय स्याङ्जा...

पोखरामा एकाउन्टिङ शिक्षक कार्यशाला हुने, ब्रिटिश प्रोफेसनल कलेज र ACCA बीच सहकार्य

पोखरामा एकाउन्टिङ शिक्षक कार्यशाला हुने, ब्रिटिश प्रोफेसनल कलेज र ACCA बीच सहकार्य

काठमाडौं । नेपालमा लेखा (एकाउन्टिङ) शिक्षाको गुणस्तर सुदृढ गर्ने उद्देश्यले...

छात्रवृत्तिका लागि २६ हजार बढी परीक्षार्थी सहभागी हुन योग्य, जेठ १७ गते परीक्षा

छात्रवृत्तिका लागि २६ हजार बढी परीक्षार्थी सहभागी हुन योग्य, जेठ १७ गते परीक्षा

काठमाडौँ । महानगरपालिकामा कक्षा ११ र १२ मा सिफारिस गर्ने...