back
CTIZAN AD

साना मिडिया हाउसहरुका लागि तत्काललाई केही राहत

वि.सं.२०७६ साउन ९ बिहीवार

894 

shares

९ साउन, काठमाडौँ । साना मिडिया हाउसहरुका लागि केही राहत मिलेको छ ।

साउन ८ बुधबारको मन्त्री स्तरीय बैठकले सञ्चार तथा सूचा प्रविधि मन्त्रालयले यसअघि न्यूनतम पारिश्रमिक कार्यान्वयन सम्बन्धमा सूचना तथा प्रसार विभागलाई निर्देशनका लागि पठाएको पत्र तत्काललाई स्थगन गर्ने निर्णय गरेपछि साना मिडिया हाउसहरुलाई तत्कालका लागि केही राहत मिलेको हो ।

यो सूचना अनुसार साना मिडिया अर्थात् ५ जना सम्म पत्रकार, कामदार तथा कर्मचारी सञ्चार प्रतिष्ठानले पनि कामदारको तलबी विवरण(पेरोल) बुझाउनु पर्ने बाध्यता हाललाई स्थगित गरिएको छ ।

मन्त्रालयको उक्त सूचनाका आधारमा सूचना तथा प्रसारण विभागले सूचना जारी गर्र्दै नेपाल सरकारबाट निर्धारण गरिएको न्यूनतम पारिश्रमिक कार्यान्वयन गर्न सञ्चार प्रतिष्ठानहरुलाई जानकारी गराएको छ ।

तर ५ जना भन्दा बढी पत्रकार, कर्मचारी तथा कामदार रहेका सञ्चार प्रतिष्ठानले ‘नेपाल सरकारबाट निर्धारण गरिएको न्यूतम पारिश्रमिक कार्यान्वयन गर्ने प्रतिबद्धता प्राप्त गरी सेवा उपलब्ध गराउने’ भनि गरेको प्रतिबद्धता पत्रसहित विभागमा उपस्थित हुन भनिएको छ । यो व्यवस्था कार्यान्वयन नगर्ने प्रतिष्ठानलाई विभागबाट प्राप्त हुने सेवासमेत उपलब्ध नहुने बताइएको छ ।
यसअघि पत्रकार तथा कामदार सबैको पेरोल बुझाउनु पर्ने बाध्यता रहँदा साना मिडिया हाउसहरुले यसको विरोध गरेका थिए ।

वि.सं.२०७६ साउन ९ बिहीवार १६:२१ मा प्रकाशित

देशैभरी मनसुन सक्रिय, आज यी स्थानमा भारी वर्षाको सम्भावना !

देशैभरी मनसुन सक्रिय, आज यी स्थानमा भारी वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।...

आज विश्व आदिवासी मनाइदै, अधिकार र पहिचान संरक्षणमा जोड

आज विश्व आदिवासी मनाइदै, अधिकार र पहिचान संरक्षणमा जोड

काठमाडौँ । विश्वका आदिवासी जनजातिको अधिकार, पहिचान, संस्कृति र जीवनपद्धतिको...

झापाका हात्तीपीडितले पाए दुई करोड क्षतिपूर्ति

झापाका हात्तीपीडितले पाए दुई करोड क्षतिपूर्ति

भद्रपुर (झापा) । झापामा मानव–हात्ती द्वन्द्वका कारण एक वर्षमा करिब...

नेत्रज्योति सङ्घलाई ‘पब्लिक हेल्थ अवार्ड’

नेत्रज्योति सङ्घलाई ‘पब्लिक हेल्थ अवार्ड’

काठमाडौँ । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) को दक्षिणपूर्वी एशिया क्षेत्रीय...

सत्तारुढ सांसदको दोहोरो भूमिकामाथि डा. आचार्यको प्रश्न

सत्तारुढ सांसदको दोहोरो भूमिकामाथि डा. आचार्यको प्रश्न

काठमाडाैँ ।  वरिष्ठ अधिवक्ता एवं संविधानविद् डा भीमार्जुन आचार्यले सत्तारुढ...

१० घण्टामा प्रधानमन्त्री बालेनका दुई स्टाटस, देशलाई आत्मनिर्भर बनाउने यात्रामा साथ दिन आग्रह

१० घण्टामा प्रधानमन्त्री बालेनका दुई स्टाटस, देशलाई आत्मनिर्भर बनाउने यात्रामा साथ दिन आग्रह

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ले करिब १० घण्टाको अन्तरालमा...