back
CTIZAN AD

बिदेशी नम्बरहरुबाट फोन आयो ? उठाउनु भन्दा पहिले ख्याल गर्नुस् है

वि.सं.२०७६ साउन १० शुक्रवार

948 

shares

१० साउन, काठमाडौँ । विदेशका अपरिचित नम्बरहरुवाट नेपालमा मोबाइल÷टेलिफोन नम्बरहरुमा बारम्बार कल आउने समस्या बारम्बार देखिएकोे छ ।

यस्ता कलहरुबाट सेवाग्राहीहरु पटक पटक समस्यमा पर्ने गरेका छन् ।

यस विषयमा नेपाल दूरसञ्चार प्राधिकरणको ध्यानाकर्षण जनाउँदै Wangiri Scan (One Ring Scan) भनिने यस्तो मिसकल आएमा फोन नउठाउन र फोन नगर्न सर्वसाधारणमा सचेत गराएको छ ।

विगतमा पनि यस्ता समस्या देखिने गरेको र प्राधिकरणले ग्राहकहरुको जानकारीको लागि सूचना प्रकाशन गर्ने गरेको तथा दूरसंचार सेवाप्रदायकहरुलाई यस्ता समस्याको रोकथामको लागि आवश्यक व्यवस्था गर्न निर्देशन समेत दिएको थियो ।

अपरिचित विदेशी नम्बरहरुबाट नेपालका नम्बरहरुमा मिसकल आउने यस्ता समम्या फेरि पनि देखिएकोले त्यस्ता अपरिचित नम्बरहरुबाट आउने कलहरु नउठान तथा कलब्याक नगर्न र त्यस्ता नम्बरहरुबाट फोन कल आएको खण्डमा प्राधिकरणको ईमेल ठेगाना ntra@nta.gov.np मार्फत जानकारी गराउन सेवाग्राहि समक्ष प्राधिकरणले अनुरोध गरेको छ ।

वि.सं.२०७६ साउन १० शुक्रवार ११:१३ मा प्रकाशित

खाडीको जीवनभन्दा गाउँ प्यारो

खाडीको जीवनभन्दा गाउँ प्यारो

ढोरपाटन (बागलुङ) । हिजोआज तेजबहादुर घर्तीमगरलाई खाडीको जीवनभन्दा आफ्नै गाउँघरको...

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

रसुवा । गत वर्षको असार २४ गते ल्हेन्दे खोलामा आएको...

राष्ट्रियसभाः शोक प्रस्ताव पारित

राष्ट्रियसभाः शोक प्रस्ताव पारित

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा ‘विनियोजन विधेयक, २०८३’ का सम्बन्धमा...

अमेरिका खाडी मुलुकको सुरक्षा स्थिरता कायम गर्न प्रतिवद्ध : रुबियो

अमेरिका खाडी मुलुकको सुरक्षा स्थिरता कायम गर्न प्रतिवद्ध : रुबियो

। वासिङ्टनले अमेरिका–इरान समझदारीले खाडी सहयोग परिषद् (जीसीसी) राज्यहरूको सार्वभौमिकता,...

आँधीले जापानमा उडान प्रभावित

आँधीले जापानमा उडान प्रभावित

टोकियो । दुई शक्तिशाली उष्णकटिबन्धीय आँधी जापानतर्फ अघि बढेसँगै देशका...

भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु

भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु

ला गुआइरा (भेनेजुएला) । उत्तरी भेनेजुएलामा बुधबार राति एक मिनेटभन्दा...