Logo
१७ चैत्र २०७९, शुक्रबार
     Fri Mar 31 2023
E-paper
  English Edition
   Unicode
Logo

आयआर्जनका लागि बिरुवा वितरण



१० साउन, पोखरा । वातावरण संरक्षण एवं स्थानीय बासिन्दाको थप आयआर्जनमा सहयोग पु¥याउने उद्देश्यका साथ पोखरा महानगरपालिका–२४ स्थित बडरे क्षेत्रमा निःशुल्क बिरुवा वितरण गरिएको छ ।

लायन्स क्लब अफ पोखरा लेकसाइडद्वारा तरकारी, फलफूल तथा घाँसलगायत विभिन्न जातका एक हजार २५० वटा बिरुवा वितरण गरिएको हो । सो अवसरमा एभोकाडो, कागती, कफी, लप्सी, तेजपत्ता, निमारो, बकाइनो, अम्बा, कुरिलो, चाँप, कपुर, शीतल, चिनीलगायतका रु ५५ हजार बराबरका बिरुवा वितरण गरिएको क्लबका अध्यक्ष गोमा ढकालले जानकारी दिइन ।

सोही स्थानमा सञ्चालित इन्द्रेणी अर्गानिक तरकारी फर्मका सञ्चालकसमेत रहनुभएकी ढकालका अनुसार सो क्षेत्रमा बाँझिएको जमीनलाई उत्पादनमूलक बनाउँदै स्थानीय बासिन्दाको आयआर्जनमा सहयोग पुग्नेछ । चिप्लेटी कृषक समूहका उपाध्यक्ष माया तिमिल्सिनाले ‘सके तरकारी उत्पादन गरेर बिक्री गरौँ, नसके पनि किनेर नखाउँ’ भन्ने नाराका साथ गठन गरिएको समूहले यसअघिदेखि नै अभियानका रुपमा मौसमी तथा बेमौसमी तरकारीखेती गर्दै आएको बताइन ।

‘‘बाँझिएको जमीनमा सामूहिक तरकारी एवं फलफूल खेती गरी उत्पादित वस्तु पोखराको पर्यटकीयस्थल लेकसाइडमा बिक्री गरी आयआर्जन गर्ने अभियानका दिदीबहिनी जुटेका छौँ’’, उनले भनीन । पामे बजारमा आयोजित बिरुवा हस्तान्तरण समारोहमा लायन्स क्लब डिस्टिक भिडिसी विशेश्वर आचार्यले रोपिएका बिरुवाको उचित संरक्षण गर्दै त्यसबाट समूहले भरपुर फाइदा लिन सक्नुपर्नेमा जोड दिइन ।

पोखरा महानगरपालिकाका कृषि प्राविधिक सुरोज सिलवालले समूहका कृषकलाई बिरुवा रोप्ने र गोडमेलका बारेमा जानकारी गराएका थिए । कृषक समूहका सचिव रमेश केसीका अनुसार बिरुवा रोप्नका लागि आवश्यक खाडल तयार गरिएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सातौं पटक मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् । शुक्रबार

लिस्बन । युरोपेली मुलुक पोर्चुगलमा रहेका नेपालीलाई राहदानी सेवा प्रदान गर्नका लागि राहदानी विभाग

काठमाडौं । स्किल सेवा प्रालिले घर निर्माण सम्बन्धी निःशुल्क प्राविधिक परामर्श दिने भएको छ