back
CTIZAN AD

आयआर्जनका लागि बिरुवा वितरण

वि.सं.२०७६ साउन १० शुक्रवार

1.1K 

shares

१० साउन, पोखरा । वातावरण संरक्षण एवं स्थानीय बासिन्दाको थप आयआर्जनमा सहयोग पु¥याउने उद्देश्यका साथ पोखरा महानगरपालिका–२४ स्थित बडरे क्षेत्रमा निःशुल्क बिरुवा वितरण गरिएको छ ।

लायन्स क्लब अफ पोखरा लेकसाइडद्वारा तरकारी, फलफूल तथा घाँसलगायत विभिन्न जातका एक हजार २५० वटा बिरुवा वितरण गरिएको हो । सो अवसरमा एभोकाडो, कागती, कफी, लप्सी, तेजपत्ता, निमारो, बकाइनो, अम्बा, कुरिलो, चाँप, कपुर, शीतल, चिनीलगायतका रु ५५ हजार बराबरका बिरुवा वितरण गरिएको क्लबका अध्यक्ष गोमा ढकालले जानकारी दिइन ।

सोही स्थानमा सञ्चालित इन्द्रेणी अर्गानिक तरकारी फर्मका सञ्चालकसमेत रहनुभएकी ढकालका अनुसार सो क्षेत्रमा बाँझिएको जमीनलाई उत्पादनमूलक बनाउँदै स्थानीय बासिन्दाको आयआर्जनमा सहयोग पुग्नेछ । चिप्लेटी कृषक समूहका उपाध्यक्ष माया तिमिल्सिनाले ‘सके तरकारी उत्पादन गरेर बिक्री गरौँ, नसके पनि किनेर नखाउँ’ भन्ने नाराका साथ गठन गरिएको समूहले यसअघिदेखि नै अभियानका रुपमा मौसमी तथा बेमौसमी तरकारीखेती गर्दै आएको बताइन ।

‘‘बाँझिएको जमीनमा सामूहिक तरकारी एवं फलफूल खेती गरी उत्पादित वस्तु पोखराको पर्यटकीयस्थल लेकसाइडमा बिक्री गरी आयआर्जन गर्ने अभियानका दिदीबहिनी जुटेका छौँ’’, उनले भनीन । पामे बजारमा आयोजित बिरुवा हस्तान्तरण समारोहमा लायन्स क्लब डिस्टिक भिडिसी विशेश्वर आचार्यले रोपिएका बिरुवाको उचित संरक्षण गर्दै त्यसबाट समूहले भरपुर फाइदा लिन सक्नुपर्नेमा जोड दिइन ।

पोखरा महानगरपालिकाका कृषि प्राविधिक सुरोज सिलवालले समूहका कृषकलाई बिरुवा रोप्ने र गोडमेलका बारेमा जानकारी गराएका थिए । कृषक समूहका सचिव रमेश केसीका अनुसार बिरुवा रोप्नका लागि आवश्यक खाडल तयार गरिएको छ ।

वि.सं.२०७६ साउन १० शुक्रवार ११:१७ मा प्रकाशित

राष्ट्रिय कृषि नीति, २०८३ जारी, यस्तो छ पूर्ण पाठ

राष्ट्रिय कृषि नीति, २०८३ जारी, यस्तो छ पूर्ण पाठ

काठमाडौँ ।, वन तथा पर्यावरण मन्त्रालयले नेपालको कृषि क्षेत्रलाई आधुनिक,...

फेदीखोलाले मनायाे दोस्रो राष्ट्रिय कोदो दिवसः स्थानीय उत्पादन प्रवर्द्धनमा जोड

फेदीखोलाले मनायाे दोस्रो राष्ट्रिय कोदो दिवसः स्थानीय उत्पादन प्रवर्द्धनमा जोड

स्याङ्जा । नेपाल सरकारको मिति २०८३ साउन ६ गतेको निर्णयअनुसार...

‘साउन १ गतेदेखि बर्डफ्लुको सङ्क्रमण देखिएको छैन’

‘साउन १ गतेदेखि बर्डफ्लुको सङ्क्रमण देखिएको छैन’

चितवन । पन्छीमा देखिएको बर्डफ्लुको सङ्क्रमण नियन्त्रणमा आउन थालेको छ...

यस्तो छ आजका लागि समितिले तोकेको कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि समितिले तोकेको कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

वर्षाको असर मौरीपालनमा : चरन क्षेत्रका मौरीघार बगायो

वर्षाको असर मौरीपालनमा : चरन क्षेत्रका मौरीघार बगायो

नारायणगढ (चितवन) । अविरल वर्षापछि आएको बाढीका कारण चितवनको रत्ननगर...